• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरोना तयारी : समन्वय समिति गठन भएनन् सप्तरीका स्थानीय तहमा 

64x64
दिनेश शर्मा सोमबार, चैत ३, २०७६  १३:३५
1140x725

राजविराज–सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा आवश्यक तयारीका लागि प्रत्येक स्थानीय तहमा ‘समन्वय समिति’ गठन गर्न निर्देशन दिए पनि सप्तरीमा भने त्यसको कार्यान्वयन भएको छैन। ९ नगरपालिकासहित १८ स्थानीय तहमध्ये हालसम्म सुरुङ्गा र कञ्चनरुप नगरपालिकाले मात्रै समिति गठन गरेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २८ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर स्थानीय तह र वडास्तरमा समन्वय समिति गठनको व्यवस्था मिलाउन आग्रह गरेको थियो। स्थानीय तहमा सम्बन्धित स्थानीय तहका प्रमुख र वडास्तरमा वडाध्यक्ष वा निजले तोकेको जनप्रतिनिधि संयोजक रहने गरी समिति गठन गर्ने व्यवस्था छ।

शम्भुनाथ नगरपालिकाले आज सोमबार वस्ने कार्यपालिकाको बैठकबाट समन्वय समिति गठन गर्ने तयारी गरेको छ भने अग्निसाईर कृष्णा सवरण गाउँपालिकाले मंगलबारको गाउँसभावाट समिति गठन गर्ने गाउँपालिका अध्यक्ष पर्शुराम यादवले बताए। यसैगरी राजगढ गाउँपालिकाले बुधबार समिति गठन गर्ने तयारी गरेको अध्यक्ष परमानन्द यादवले जानकारी दिए।

अन्य स्थानीय तहमा भने समिति गठनको विषय प्राथमिकतामा परेको छैन।

प्रचारप्रसार र जनचेतना

स्थानीय तहहरुमा कोरोना भाईरस सर्न सक्ने अवस्था र रोकथामका उपायका विषयमा प्रचारप्रसार सुरु भएका छन्। जानकारीमुलक पोस्टर टाँस्ने तथा पम्प्लेटहरु वितरण गर्ने कार्यक्रम चलाईएको छ।

कञ्चनरुप नगरपालिकाले गत शुक्रबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ भने सोमबारदेखि वडास्तरीय कार्यक्रम सुरु गरिने मेयर वसन्त मिश्रले बताए। वडा समन्वय समिति गठन र चेतनामुलक कार्यक्रम एकसाथ अघि बढाउने नगरपालिकाको स्वास्थ्य शाखाका डम्वर गुप्ताले वताए।

यसैगरी सप्तकोसी नगरपालिकाले ११ वटै वडाका मुख्य चोकमा पोष्टर टाँगेको छ भने विद्यालयहरुमा पम्प्लेट वितरण गर्ने योजना बनाएको छ। नगरका सम्पूर्ण स्वास्थ्यकर्मी परिचालन गरिएको र गाउँ–गाउँमा गएर चेतनामुलक कार्यक्रम गर्ने तयारी भईरहेको स्वास्थ्य शाखा संयोजक महेशकुमार यादवले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी राजविराज, हनुमाननगर कंकालिनी, वोदेवरसाईन, खडक नगरपालिकासहित अधिकांश स्थानीय तहले प्रचार प्रसारलाई अघि वढाएका छन् ।

तर, कतिपय सरोकारवालाले भने विश्वब्यापी समस्याको रुपमा रहेको कोरोनाका विषयमा स्थानीय तहहरु सम्वेदनशिल हुन नसेको आरोप लगाएका छन् । गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले शनिवारसम्म १ सय ४९ देशमा फैलिएको र ५ हजार ७ सय ९८ जनाको मृत्युको कारण वनेको कोरोनाका विषयमा स्थानीय तहले अपेक्षित काम गर्न नसकेको वताए । ‘नागरिकको सुरक्षाका सवालमा जनप्रतिनिधिहरु जसरी जागरुक हुनु पर्ने हो, त्यो देखिएको छैन’ उनले भने, ‘स्थानीय तहको सम्वेदनशीलता अपेक्षा गरेअनुसार छैन। समय छँदै आवश्यक तयारी गर्नु पर्ने हो, त्यो देखिएको छैन ।’

जिल्ला विपद व्यवस्थापन समितिको बैठक बस्दै

नोवल कोरोना भाईरस संक्रमण रोकथाम तथा आवश्यक तयारीका लागि मंगलवार जिल्ला विपद ब्यवस्थापन समितिको बैठक बोलाईएको छ। बैठकले संक्रमण रोकथाम र सम्भावित समस्या सामाधानका लागि आवश्यक निर्णय गर्ने समितिका संयोजक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताए ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोरोना भाईरसकै विषयमा सोमबार जनकपुरमा प्रदेशस्तरीय बैठक परेकाले जिल्लास्तरीय बैठक मंगलबारका लागि बोलाईएको उनले बताए। सीमा क्षेत्रका अत्यावश्यक ठाउँमा स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा हेल्थ डेस्क स्थापना भएकाले त्यसको प्रभावकारीताका विषयमा पनि अनुगमन र मुल्यांकन भईरहेको उनको भनाई छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा आइसोलेसन वार्ड

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २ वटा आइसोलेसन बेड स्थापना गरिएको छ। कोरोनाका शंकास्पद संक्रमितलाई राखेर निगरानी गर्न आइसोलेसन बेड स्थापना गरिएको अस्पतालले जनाएको छ। शिशु वार्ड खाली गरी बनाईएको आइसोलेसन बेडका कारण केही स्वास्थ्यकर्मी भने त्रसित भएका छन् ।
बिरामी, कुरुवा र स्वास्थ्यकर्मी ओहोरदोहोर गर्ने बाटोमै आईसोलेसन बेड तयार गरिएकाले संक्रमण फैलन सक्ने उनीहरुको आशंका छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्