काठमाडौं– महिला यू १९ एसिया कपको सुपर फोर अन्तरगत नेपाल र श्रीलंकाबीचको म्याच वर्षाका कारण रद्द भएको छ।
खेल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका छन्।
टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। नेपालकी कप्तान पूजा महतोले पहिलो ओभरमा विकेट लिएर श्रीलंकालाई झट्का दिएकी थिइन्।
तर बर्षाका कारण दोस्रो ओभरको खेल हुन सकेन। वर्षा नरोकिएपछि खेल स्थगित गरिएको छ। नेपालले सुपर फोरको अर्को खेल बंगलादेशविरुद्ध भोलि खेल्नेछ।
सुपर फोमा नेपाल, श्रीलंका, भारत र बंगलादेश छन्। प्रत्येकले दुई–दुई खेल्नेछन्। अंकतालीकाको शीर्षस्थानमा रहने दुई टीम फाइनलमा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।