काठमाडौं– मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ।
भारी वर्षा र हावाहुरीका कारण खेल हुन नसकेपछि मात्र तीन दशमलव १ ओभरमै खेल रद्द भएको छ। भारत र नेपालले अंक बाँडेका छन्।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको हो।
नेपाल यसअघि नै पाकिस्तानलाई हराएर सुफर फोरमा पुगिसकेको छ। भारत पनि पाकिस्तानलाई हराउँदै सुपर फोरमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।