एजेन्सी-इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४४१ पुगेको छ।
शनिबार एकैदिन २५२ जनाको मृत्यु भएसँगै मृतकको संख्या बढेको हो। इटलीमा संक्रमितको संख्या २१ हजार १ सय ५७ पुगेको छ। स्वास्थ्य मन्त्रालयले १ हजार ९ सय ६६ जना निको भएर फर्किएको र ८ हजार ३ सय ७२ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ। संक्रमितमध्ये १ हजार ५ सय १८ आइसीयुमा रहेको जनाइएको छ।
कोरोना भाइरसका कारण चीनपछि इटली सबैभन्दा बढी प्रभावित देश भएको छ। शनिबार एकैदिनमा २ हजार ५ सय ४७ जनामा संक्रमण भएको पुष्टि भएको थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट विश्वभर १ लाख ५२ हजार ४ सय २८ जनामा संक्रमण देखिएको छ भने ५ हजार ३ सय ९३ जनाको मृत्यु भइसकेको छ। यो भाइरसको संक्रमण विश्वका १४१ देशमा फैलिएको छ। चीनमा यसबाट संक्रमितको संख्या ८१ हजार ४८ जना पुगेको छ। चीनमा नयाँ संक्रमितको संख्या भने घट्दै गएको छ।
यस्तै, इरानमा १२ हजार ७ सय जनामा संक्रमण देखिएको छ भने शनिबारयता १ हजार जनामा संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।