• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

पर्यटन क्षेत्रमा कोरोनाको प्रभाव देखिइसक्यो

अशोक शेरचन आइतबार, चैत २, २०७६  १३:२९
1140x725

विश्वका हरेक देशको अर्थतन्त्रले सानो वा ठूलो जेस्तो रूपमा भएपनि कोरोना भाइरसको नकारात्मक असर व्यहोर्नुपर्ने भएको छ। विश्वका सबैजसो देश र अर्थतन्त्र प्रभावित हुने भएपछि हाम्रो देश र अर्थतन्त्र भने अछुतो रहने कुरा भएन। अर्थतन्त्रका विविध क्षेत्रमध्ये पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव र यसका असरबारेमा यो आलेखमा संक्षिप्त रूपमा विश्लेषण गर्न खोजिएको छ। 

सन् २०१८ मा नेपालको अर्थतन्त्रमा पर्यटन उद्योगको योगदान करिब ६८ अर्ब रुपैयाँ बराबरको थियो। यो कूल ग्रार्ह्स्थ्य उत्पादनका अनुपातमा २ दशमलव २ प्रतिशत हो। विश्वकै पर्यटकहरूका लागि आर्कषक गन्तव्य नेपालको प्राकृतिक सुन्दरताबाट नलठ्ठिने कम मात्र हुन्छन् भन्नु अतिशयोक्ति हुँदैन।

कुनै मानिसले आफ्नो देशबाहिर २४ घण्टाभन्दा बढी समय व्यतीत गर्दछ भने ऊ पर्यटक मानिन्छ। यसरी पुग्ने आफ्नो देशबाहिर पुग्ने र रहने क्रममा उसले विभिन्न स्रोत र साधन‍ उपयोग गर्दछ। जस्तै- हरेक पर्यटकले सामान्यतया हवाई, जल वा स्थलमार्ग भएर यात्रा तय गर्दछन्। गन्तव्यमा रहेको होटल, रिसोर्ट वा अन्य बासस्थानमा बस्ने गर्दछन्। आफ्नो कामको सिलसिलामा स्थानीय सवारीका साधन प्रयोग गर्दछ। भोक मेटाउनका रेष्टुरेन्ट र क्याफे पुग्छ। आवश्यक पर्दा ट्राभल्स, टुर र पथप्रर्दशकको सहायता लिन्छ। स्थानीय चीजबीज खरिद गर्दछ। यात्राका क्रममा भेटिने अन्य सेवा तथा सविधाको पनि उपभोग गर्दै ऊ फर्कन्छ। अर्थात् माथि जोडिएका सवारी साधन कम्पनी, होटल, रेष्टुरेन्ट, टाभल्स र टुर कम्पनी, खरीदकेन्द्र र अन्य सेवा तथा सुविधा प्रदान गर्ने निकायलगायतका निकाय पर्यटन उद्योग मानिन्छन्। 

सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित शुरु गरिएको भिजिट नेपाल २०२० कोरोना भाइरसकै कारण रद्द गरिसकिएको छ। भिजिट नेपाल मात्र स्थगित भएको होइन कोरोना भायरसका कारण पर्यटन उद्योगको योगदान कम हुने निश्चित प्राय देखिएको छ। विगत वर्षमा पर्यटक आगमनको आँकडा हेरौं।

सन् २०१९ मा पनि करिब ११ लाख ५० हजारको हाराहारीमा पर्यटकको आगमन भएको जनाइएको छ। सन् २०२० को प्रारम्भमा नै करोना भाइरस महामारीको रूपमा फैलिएको छ। औसतमा १२ दिनको बसाई रहने पर्यटकबाट देशले विगतका वर्षमा गरेको आम्दानी जस्तो यसवर्ष हुन सक्ने संभावना कम छ। मुख्य पर्यटकीय मौसममा नै विश्वभर फैलिएको कोरोनाको त्रासले नेपालको पर्यटन क्षेत्रमा प्रतिकूल असर पार्ने निश्चित छ। तर कति असर पर्छ भनेर अंकमै भनिहाल्ने अवस्था भने छैन।

सन् २०१८ मा करिब ६८ अर्ब रूपैयाँ आम्दानी गरेको पर्यटन क्षेत्र सन् २०२० मा के होला त भन्ने अडकलबाजी सबै तहमा गर्न थालिएको छ। करिब १२ लाख पर्यटकलाई सेवा दिइसकेको नेपालको पर्यटन क्षेत्रमा पनि ठूलै लगानी भएको छ। लगानी मात्र होइन पर्यटन क्षेत्रसँग जोडिएको जनशक्तिको जीवनयापनमा पनि समस्या पर्ने देखिएको छ। भौतिक पूर्वाधारका संरचना, पुँजी, रोजगारदाता र कर्मचारी भविष्य जोडिएको यो क्षेत्रमा भएको लगानीको एक झलक हेर्न होटलको संख्याको ग्राफ हेरौं।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१८ सम्म करिब १३ सयको संख्यामा रहेका होटलमा हाल करिब ४१ हजार शय्या क्षमता छ। अहिले करीब ७० प्रतिशतको हाराहारीमा यी शय्या भरिपूर्ण हुन पर्ने समय हो। तर करोना भाइरसका कारण यी होटलको अवस्था कन्तबिजोग छ। करिब ४ सय अर्ब रुपैयाँ बराबर लगानी भएका होटल क्षेत्रमा नकारात्मक असर परिसकेको छ। यसका साथै पछिल्लो समय ठूला होटलका परियोजना देशैभर निर्माणका चरणमा छन्। निर्माणका क्रममा रहेका होटलमा समेत कोरोना भाइरसको असरले काम प्रभावित हुन थालिसकेको छ।  

यसैगरी, हवाई उड्डयन क्षेत्रमा पनि कोरोना भाइरसको असर देखिइसकेको छ। कोरोना सरुवा रोग भएका कारण अन्तर्राष्ट्रिय मात्र होइन, आन्तरिक हवाई कम्पनीलाई पनि ठूलो असर परेको छ। नेपालका ४९ वटा हवाई मैदान मध्ये हाल ३५ वटा संचालनमा छन्। ३१ वटा बाह्रैमास संचालन हुने खालका छन्। सन् २०१८ सम्म यी हवाईमैदानबाट विगत ५ वर्षमा भएका आन्तरिक उडान संख्या र यात्रुको संख्या निम्न रहेको छ। हाल यो संख्या झन् थपिएको अवस्थामा पुगेको थियो। तर कोरोनाका कारण यो संख्या पनि ह्वात्तै घटेको समाचार प्रकाशन भइसकेका छन्। 

Xtrem

Xtrem

५ वर्षको अन्तरालमा आन्तरिक हवाई उडानको संख्या करिब ४० प्रतिशत र यात्रुहरूको संख्या करिब ९७ प्रतिशत बढेको छ। यसबाट भन्न सकिन्छ नेपालीले हवाई सेवालाई प्राथमिकता दिन थालेका छन। क्रयशक्ति बढेकाले पनि यस्तो भएको हो। करिब २० वटा आन्तरिक वायुसेवा कम्पनीले हाल सेवा दिइरहेकोमा करिब ७० प्रतिशत बुद्ध र यतिको बजार हिस्सा छ। तर यो व्यापार पनि घट्न थालिसकेको छ भने आन्तरिक वायुसेवा प्रदायकले कर्मचारीलाई फोर्स लिभमा पठाउने देखि तलबभत्ता कटौतीसम्मको निर्णय गरिसकेका छन्। 

अन्तर्राष्ट्रिय हवाई उडानको संख्या र यात्रुको संख्या पनि हरेक वर्ष वृद्धि भएको थियो। एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले पनि उडान संख्या र यात्रुको आगमनमा सीमितता आएको हुन सक्छ। ३९ वटा देशसँग नागरिक उड्डयन सम्झौता गरेको नेपालले विगत ५ वर्षको अन्तर्राष्ट्रिय हवाई उडान संख्या र यात्रुको संख्या बढ्दै गएको देखिन्छ। तर यस वर्ष कोरोनाका कारण यो संख्या पनि घट्ने देखिएको छ। २०२० को फेब्रुअरीमा नै यात्रुको संख्या घटेको अन्तर्राष्ट्रिय उडानमा मार्चमा अझ बढी घट्ने निश्चित छ। 

अन्तर्राष्ट्रिय उडान संख्यामा विगत ५ बर्षमा करीव २८ प्रतिशतल वृद्धि भएको देखिएको छ भने यात्रुसंख्यामा पनि करिब २५ प्रतिशतको बढोत्तरी देखिएको छ। निर्माणाधीन २ वटा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि यो संख्या अझ बढ्ने छ।

संख्याको हिसाबले ५ वटा देशका पर्यटकले करिब ५० प्रतिशत ओगटेको देखिन्छ भने बाँकी ५० प्रतिशत अन्य देशको पोल्टामा जान्छ। भारत, चीन, अमेरिका, श्रीलंका र बेलायतबाट सन् २०१८ मा क्रमशः १ लाख ९४ हजार ३ सय २३, १ लाख ५३ हजार ६ सय ३३, ९१ हजार ८ सय ९५, ६९ हजार ६ सय ४० र ६३ हजार ४ सय ६६ पर्यटक नेपाल आएका थिए। यसरी आउने पर्यटकमध्ये सन् २०१८ मा बिदा तथा मनोरञ्चनका लागि ७ लाख ३ हजार, तीर्थयात्राका लागि १ लाख ८६ हजार ६ सय ९२, पदयात्रा तथा हिमाल आरोहणका लागी १ लाख ६९ हजार १ सय ८० र अन्यका लागि १ लाख १२ हजार ३ सय ५७ को आगमन भएको देखिन्छ।

होटल र वायुसेवा कम्पनी जस्तै करोनाका कारणले असर पार्ने पर्यटनसँग प्रत्यक्ष जोडिएका अन्य निकाय यी पनि रहेका छन्।

पर्यटन क्षेत्रको जनशक्ति

इकाइ/वर्ष

 सन् २०१७

सन् २०१८

ट्राभल एजेन्सी

३२२४

३५०८

ट्रेकिङ एजेन्सी

२६३७

४१२६

पर्यटक गाइड

३८७६

४१२६

ट्रेकिङ गाइड

१३८३१

१६२४८

यसबाहेक विदेशी मात्र प्रवेश पाउने क्यासिनो, खरीदकेन्द्र, पर्यटक लक्षित सडक व्यापार र व्यापारी, पोखराको प्यारग्लाइडिड, लुम्बिनी, पदयात्रामार्ग, चितवनको जंगल सफारी, र्‍याफटिङ, रेस्टुरेन्टलगायतका अन्य धेरै इकाइ यसपाली समान रुपले प्रभावित र प्रताडित हुने निश्चित छ। 

नेपालको अर्थतन्त्रमा करिब २ दशमलव २ प्रतिशत बराबर योगदान दिइरहेको क्षेत्रले यस वर्ष ठूलो मन्दीको मार खेप्नपर्ने प्रस्ट देखिन्छ। यस क्षेत्रमा रोजगार पाइरहेका लाखौं मानिसले यस वर्ष कष्ट भोग्नुपर्नेछ। करोनाको प्रभाव पक्कै पनि अझै केही समय रहनेछ। छिमेकी देश चीनपछि भारतमा पनि यसको प्रकोप बढदै गएको छ। युरोप र अमेरिकासम्मले आपत्कालीन अवस्था घोषणा गरिसकेका छन्। व्यापारमा हामी भारतसँग बढी निर्भर छौं। विदेशी मुद्राको स्रोतका रूपमा रहेको खाडीका देशले पनि आफूलाई बन्द अवस्थामा राख्न थालिसकेका छन्। 

समग्रमा भन्दा, कोरोनाको ठूलो असर हाम्रो देश र हामीलाई परिसकेको नभएपनि हाम्रो व्यापार व्यवसायसंँग जोडिएका देशमा देखिइसकेको प्रभावले अर्थतन्त्र र रोजीरोटीसम्मलाई असर गरेको कुरामा दुईमत छैन। यदि यस वर्ष अघिल्लो वर्षको तलनामा पर्यटन क्षेत्रको आँकडामा ५० प्रतिशत मात्र पनि असर पर्‍यो भने हामीले लिएको आर्थिक वृद्धिको लक्ष्यमा आघात पग्न जानेछ। यो बेला हाम्रा राजनीतिज्ञ र अर्थतन्त्र डोर्‍याउने निकायका जिम्मेवारहरूको परीक्षाको घडी पनि हो। 

प्रार्थना गरौं, तयारी गरौं, कोरोनाबाट कमभन्दा कम क्षति होस् र शीघ्र नियन्त्रण होस्। हामी सबै नेपालीले धैर्यता, संयमता र सहकार्यको नमुना पेस गर्ने बेला आएको छ।

(शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।)

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १३:२९
  • #Novel Corona Virus
  • #Corona Virus
  • #tourismindustry

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्