• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
पर्यटन क्षेत्रमा कोरोनाको प्रभाव देखिइसक्यो
अशोक शेरचन आइतबार, चैत २, २०७६  १३:२९
1140x725

विश्वका हरेक देशको अर्थतन्त्रले सानो वा ठूलो जेस्तो रूपमा भएपनि कोरोना भाइरसको नकारात्मक असर व्यहोर्नुपर्ने भएको छ। विश्वका सबैजसो देश र अर्थतन्त्र प्रभावित हुने भएपछि हाम्रो देश र अर्थतन्त्र भने अछुतो रहने कुरा भएन। अर्थतन्त्रका विविध क्षेत्रमध्ये पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव र यसका असरबारेमा यो आलेखमा संक्षिप्त रूपमा विश्लेषण गर्न खोजिएको छ। 

सन् २०१८ मा नेपालको अर्थतन्त्रमा पर्यटन उद्योगको योगदान करिब ६८ अर्ब रुपैयाँ बराबरको थियो। यो कूल ग्रार्ह्स्थ्य उत्पादनका अनुपातमा २ दशमलव २ प्रतिशत हो। विश्वकै पर्यटकहरूका लागि आर्कषक गन्तव्य नेपालको प्राकृतिक सुन्दरताबाट नलठ्ठिने कम मात्र हुन्छन् भन्नु अतिशयोक्ति हुँदैन।

कुनै मानिसले आफ्नो देशबाहिर २४ घण्टाभन्दा बढी समय व्यतीत गर्दछ भने ऊ पर्यटक मानिन्छ। यसरी पुग्ने आफ्नो देशबाहिर पुग्ने र रहने क्रममा उसले विभिन्न स्रोत र साधन‍ उपयोग गर्दछ। जस्तै- हरेक पर्यटकले सामान्यतया हवाई, जल वा स्थलमार्ग भएर यात्रा तय गर्दछन्। गन्तव्यमा रहेको होटल, रिसोर्ट वा अन्य बासस्थानमा बस्ने गर्दछन्। आफ्नो कामको सिलसिलामा स्थानीय सवारीका साधन प्रयोग गर्दछ। भोक मेटाउनका रेष्टुरेन्ट र क्याफे पुग्छ। आवश्यक पर्दा ट्राभल्स, टुर र पथप्रर्दशकको सहायता लिन्छ। स्थानीय चीजबीज खरिद गर्दछ। यात्राका क्रममा भेटिने अन्य सेवा तथा सविधाको पनि उपभोग गर्दै ऊ फर्कन्छ। अर्थात् माथि जोडिएका सवारी साधन कम्पनी, होटल, रेष्टुरेन्ट, टाभल्स र टुर कम्पनी, खरीदकेन्द्र र अन्य सेवा तथा सुविधा प्रदान गर्ने निकायलगायतका निकाय पर्यटन उद्योग मानिन्छन्। 

सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित शुरु गरिएको भिजिट नेपाल २०२० कोरोना भाइरसकै कारण रद्द गरिसकिएको छ। भिजिट नेपाल मात्र स्थगित भएको होइन कोरोना भायरसका कारण पर्यटन उद्योगको योगदान कम हुने निश्चित प्राय देखिएको छ। विगत वर्षमा पर्यटक आगमनको आँकडा हेरौं।

सन् २०१९ मा पनि करिब ११ लाख ५० हजारको हाराहारीमा पर्यटकको आगमन भएको जनाइएको छ। सन् २०२० को प्रारम्भमा नै करोना भाइरस महामारीको रूपमा फैलिएको छ। औसतमा १२ दिनको बसाई रहने पर्यटकबाट देशले विगतका वर्षमा गरेको आम्दानी जस्तो यसवर्ष हुन सक्ने संभावना कम छ। मुख्य पर्यटकीय मौसममा नै विश्वभर फैलिएको कोरोनाको त्रासले नेपालको पर्यटन क्षेत्रमा प्रतिकूल असर पार्ने निश्चित छ। तर कति असर पर्छ भनेर अंकमै भनिहाल्ने अवस्था भने छैन।

सन् २०१८ मा करिब ६८ अर्ब रूपैयाँ आम्दानी गरेको पर्यटन क्षेत्र सन् २०२० मा के होला त भन्ने अडकलबाजी सबै तहमा गर्न थालिएको छ। करिब १२ लाख पर्यटकलाई सेवा दिइसकेको नेपालको पर्यटन क्षेत्रमा पनि ठूलै लगानी भएको छ। लगानी मात्र होइन पर्यटन क्षेत्रसँग जोडिएको जनशक्तिको जीवनयापनमा पनि समस्या पर्ने देखिएको छ। भौतिक पूर्वाधारका संरचना, पुँजी, रोजगारदाता र कर्मचारी भविष्य जोडिएको यो क्षेत्रमा भएको लगानीको एक झलक हेर्न होटलको संख्याको ग्राफ हेरौं।

Ncell 2
Ncell 2

सन् २०१८ सम्म करिब १३ सयको संख्यामा रहेका होटलमा हाल करिब ४१ हजार शय्या क्षमता छ। अहिले करीब ७० प्रतिशतको हाराहारीमा यी शय्या भरिपूर्ण हुन पर्ने समय हो। तर करोना भाइरसका कारण यी होटलको अवस्था कन्तबिजोग छ। करिब ४ सय अर्ब रुपैयाँ बराबर लगानी भएका होटल क्षेत्रमा नकारात्मक असर परिसकेको छ। यसका साथै पछिल्लो समय ठूला होटलका परियोजना देशैभर निर्माणका चरणमा छन्। निर्माणका क्रममा रहेका होटलमा समेत कोरोना भाइरसको असरले काम प्रभावित हुन थालिसकेको छ।  

यसैगरी, हवाई उड्डयन क्षेत्रमा पनि कोरोना भाइरसको असर देखिइसकेको छ। कोरोना सरुवा रोग भएका कारण अन्तर्राष्ट्रिय मात्र होइन, आन्तरिक हवाई कम्पनीलाई पनि ठूलो असर परेको छ। नेपालका ४९ वटा हवाई मैदान मध्ये हाल ३५ वटा संचालनमा छन्। ३१ वटा बाह्रैमास संचालन हुने खालका छन्। सन् २०१८ सम्म यी हवाईमैदानबाट विगत ५ वर्षमा भएका आन्तरिक उडान संख्या र यात्रुको संख्या निम्न रहेको छ। हाल यो संख्या झन् थपिएको अवस्थामा पुगेको थियो। तर कोरोनाका कारण यो संख्या पनि ह्वात्तै घटेको समाचार प्रकाशन भइसकेका छन्। 

५ वर्षको अन्तरालमा आन्तरिक हवाई उडानको संख्या करिब ४० प्रतिशत र यात्रुहरूको संख्या करिब ९७ प्रतिशत बढेको छ। यसबाट भन्न सकिन्छ नेपालीले हवाई सेवालाई प्राथमिकता दिन थालेका छन। क्रयशक्ति बढेकाले पनि यस्तो भएको हो। करिब २० वटा आन्तरिक वायुसेवा कम्पनीले हाल सेवा दिइरहेकोमा करिब ७० प्रतिशत बुद्ध र यतिको बजार हिस्सा छ। तर यो व्यापार पनि घट्न थालिसकेको छ भने आन्तरिक वायुसेवा प्रदायकले कर्मचारीलाई फोर्स लिभमा पठाउने देखि तलबभत्ता कटौतीसम्मको निर्णय गरिसकेका छन्। 

अन्तर्राष्ट्रिय हवाई उडानको संख्या र यात्रुको संख्या पनि हरेक वर्ष वृद्धि भएको थियो। एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले पनि उडान संख्या र यात्रुको आगमनमा सीमितता आएको हुन सक्छ। ३९ वटा देशसँग नागरिक उड्डयन सम्झौता गरेको नेपालले विगत ५ वर्षको अन्तर्राष्ट्रिय हवाई उडान संख्या र यात्रुको संख्या बढ्दै गएको देखिन्छ। तर यस वर्ष कोरोनाका कारण यो संख्या पनि घट्ने देखिएको छ। २०२० को फेब्रुअरीमा नै यात्रुको संख्या घटेको अन्तर्राष्ट्रिय उडानमा मार्चमा अझ बढी घट्ने निश्चित छ। 

अन्तर्राष्ट्रिय उडान संख्यामा विगत ५ बर्षमा करीव २८ प्रतिशतल वृद्धि भएको देखिएको छ भने यात्रुसंख्यामा पनि करिब २५ प्रतिशतको बढोत्तरी देखिएको छ। निर्माणाधीन २ वटा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि यो संख्या अझ बढ्ने छ।

संख्याको हिसाबले ५ वटा देशका पर्यटकले करिब ५० प्रतिशत ओगटेको देखिन्छ भने बाँकी ५० प्रतिशत अन्य देशको पोल्टामा जान्छ। भारत, चीन, अमेरिका, श्रीलंका र बेलायतबाट सन् २०१८ मा क्रमशः १ लाख ९४ हजार ३ सय २३, १ लाख ५३ हजार ६ सय ३३, ९१ हजार ८ सय ९५, ६९ हजार ६ सय ४० र ६३ हजार ४ सय ६६ पर्यटक नेपाल आएका थिए। यसरी आउने पर्यटकमध्ये सन् २०१८ मा बिदा तथा मनोरञ्चनका लागि ७ लाख ३ हजार, तीर्थयात्राका लागि १ लाख ८६ हजार ६ सय ९२, पदयात्रा तथा हिमाल आरोहणका लागी १ लाख ६९ हजार १ सय ८० र अन्यका लागि १ लाख १२ हजार ३ सय ५७ को आगमन भएको देखिन्छ।

होटल र वायुसेवा कम्पनी जस्तै करोनाका कारणले असर पार्ने पर्यटनसँग प्रत्यक्ष जोडिएका अन्य निकाय यी पनि रहेका छन्।

पर्यटन क्षेत्रको जनशक्ति

इकाइ/वर्ष

 सन् २०१७

सन् २०१८

ट्राभल एजेन्सी

३२२४

३५०८

ट्रेकिङ एजेन्सी

२६३७

४१२६

पर्यटक गाइड

३८७६

४१२६

ट्रेकिङ गाइड

१३८३१

१६२४८

यसबाहेक विदेशी मात्र प्रवेश पाउने क्यासिनो, खरीदकेन्द्र, पर्यटक लक्षित सडक व्यापार र व्यापारी, पोखराको प्यारग्लाइडिड, लुम्बिनी, पदयात्रामार्ग, चितवनको जंगल सफारी, र्‍याफटिङ, रेस्टुरेन्टलगायतका अन्य धेरै इकाइ यसपाली समान रुपले प्रभावित र प्रताडित हुने निश्चित छ। 

नेपालको अर्थतन्त्रमा करिब २ दशमलव २ प्रतिशत बराबर योगदान दिइरहेको क्षेत्रले यस वर्ष ठूलो मन्दीको मार खेप्नपर्ने प्रस्ट देखिन्छ। यस क्षेत्रमा रोजगार पाइरहेका लाखौं मानिसले यस वर्ष कष्ट भोग्नुपर्नेछ। करोनाको प्रभाव पक्कै पनि अझै केही समय रहनेछ। छिमेकी देश चीनपछि भारतमा पनि यसको प्रकोप बढदै गएको छ। युरोप र अमेरिकासम्मले आपत्कालीन अवस्था घोषणा गरिसकेका छन्। व्यापारमा हामी भारतसँग बढी निर्भर छौं। विदेशी मुद्राको स्रोतका रूपमा रहेको खाडीका देशले पनि आफूलाई बन्द अवस्थामा राख्न थालिसकेका छन्। 

समग्रमा भन्दा, कोरोनाको ठूलो असर हाम्रो देश र हामीलाई परिसकेको नभएपनि हाम्रो व्यापार व्यवसायसंँग जोडिएका देशमा देखिइसकेको प्रभावले अर्थतन्त्र र रोजीरोटीसम्मलाई असर गरेको कुरामा दुईमत छैन। यदि यस वर्ष अघिल्लो वर्षको तलनामा पर्यटन क्षेत्रको आँकडामा ५० प्रतिशत मात्र पनि असर पर्‍यो भने हामीले लिएको आर्थिक वृद्धिको लक्ष्यमा आघात पग्न जानेछ। यो बेला हाम्रा राजनीतिज्ञ र अर्थतन्त्र डोर्‍याउने निकायका जिम्मेवारहरूको परीक्षाको घडी पनि हो। 

प्रार्थना गरौं, तयारी गरौं, कोरोनाबाट कमभन्दा कम क्षति होस् र शीघ्र नियन्त्रण होस्। हामी सबै नेपालीले धैर्यता, संयमता र सहकार्यको नमुना पेस गर्ने बेला आएको छ।

(शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।)

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १३:२९
  • #Novel Corona Virus
  • #Corona Virus
  • #tourismindustry

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्