एजेन्सी- कोभिड-१९ (कोरोना भाइरस) संक्रमणका कारण अहिलेसम्म ५ हजार ७ सय जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या डेढ लाख कटेको छ। शनिबारमात्रै ५ हजार नयाँ संक्रमित थपिएका छन् भने २ सय जनाको मृत्यु भएको छ। यसैगरी मृत्युदर ७ प्रतिशत पुगेको छ।
संक्रमित भएकामध्ये ७३ हजार ७ सय ३१ जना पूर्णरुपमा निको भएर घर फर्किएका छन्। डेढ लाखमध्ये ६५ हजार ४ सय ७४ जना मध्यम अवस्थाका संक्रमित छन् भने ५ हजार ७ सय २९ जनामा गम्भीर प्रकारको संक्रमण भेटिएको छ।
अहिलेसम्म १ सय ४८ देशमा कोरोनाको संक्रमण देखिएको छ। चीन‚ इटाली‚ इरान‚ दक्षिण कोरिया‚ स्पेन‚ जर्मनी‚ फ्रान्स‚ अमेरिका‚ स्वीजरल्याण्ड‚ बेलायतलगायतका देशहरू कोरोनाबाट बढी प्रभावित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।