काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कोरोना भाइरसको उपचारार्थ छुट्टै अस्पतालको आवश्यकता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ, ५० देखि १०० बेडको छुट्टै अस्पताल जरुरत पर्नसक्ने सुझाव ।
२) पूर्वराज्यमन्त्रीलाई अनुशासनको कारबाही गर्ने पत्रले कांग्रेसमा विवाद, कैलालीका पुष्करनाथ ओझालाई दोस्रोपटक स्पष्टिकरण सोधिएपछि संस्थापन र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद उत्पन्न ।
३) बारम्बार मन्त्री हेरफेर भइरहने स्वास्थ्य मन्त्रालयको असर बिपी प्रतिष्ठानका सुत्केरीदेखि शिशुसम्म, भौतिक संरचनाको अभावमा प्रसुति तथा बालरोग विभागमा शय्या अभाव ।
४) मनाङलाई १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि, टाइब्रेकरमा नेपाल पुलिस क्लब ४–३ गोल अन्तरले पराजित ।
५) र, विश्वमा कोरोना भाइरसको असरः अमेरिकाद्वारा राष्ट्रिय संकटकालको घोषणा, इटलीमा एकै दिन २५० जनाको मृत्यु, भारत–बंगलादेशबीच रेल र बस सेवा एक महिना बन्द ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।