• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कोरोनाको 'चेन इफेक्ट' बैंकिङ क्षेत्रमा, राहतका प्याकेज नल्याए समस्यामा पर्ने

64x64
अरुण सापकोटा आइतबार, चैत २, २०७६  १०:१०
1140x725

काठमाडौं- विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको 'चेन इफेक्ट' बैंकिङ क्षेत्रमा देखिन थालेको छ। निकट भविष्यमा बैंकिङ क्षेत्र अझ बढी प्रभावित हुन सक्ने संकेत देखिएको छ। बैंकहरूमा नयाँ निक्षेप आउन छाडिसकेको छ। 

कर्जा परिचालनको मुख्य स्रोत निक्षेप नै हो। निक्षेपको स्रोत रेमिट्यान्स हो। रेमिट्यान्समा कमी आउने बित्तिकै बैंकिङ क्षेत्रमा ठूलो दबाब पर्छ। रेमिट्यान्सका साथै अन्य क्षेत्रले पनि अर्बौं रुपैयाँको व्यापार गुमाइसकेका छन्। विदेशी तथा स्वदेशी पर्यटकको आवागमनमा कमी आएसँगै नेपाली वायु सेवा कम्पनीहरूले अर्बौंको व्यापार गुमाएका छन्।

पर्यटक आउने मुख्य मौसम पनि यही हो। उड्डयन तथा होटल क्षेत्र पूर्ण रूपमा सञ्चालन हुन्थे। उनीहरूका अनुसार अहिले ५० प्रतिशतले व्यावसाय कम भैसकेको छ। व्यवसाय कम हुने बित्तिकै ब्याज र सावा तिर्न सकस परेको बताउँदै आएका छन्। उनीहरूले बैंक कर्जाका लागि राहत माग गरिसकेका छन्। 

सरकारले भ्रमण वर्ष २०२० घोषणापछि व्यवसायीहरूले होटल, ट्रेकिङ र एयरलाइन्स व्यवसायका लागि लगानी बढाएका थिए। उनीहरूले बैंकबाट लिएको कर्जा भुक्तानी निकट भविष्यमा निकै सकसपूर्ण हुने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए। 

स्वास्थ्य क्षेत्रमा कोरोनाले प्रभाव पार्दै गर्दा यसको प्रत्यक्षअप्रत्यक्ष प्रभाव बैंकिङ क्षेत्रमा पनि पर्ने बैंकिङ एसोसिएनका अध्यक्ष तथा सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए। रेमिट्यान्स, होटल, पर्यटन क्षेत्रमा स्लो डाउन हुने बितिकै निक्षेपमा असर गर्ने उनको भनाइ छ। निक्षेपमा कमी आएसँगै कर्जाको माग पनि घटिरहेको उनले बताए। पुराना सम्झौता भएका कर्जाबाहेक नयाँ कर्जाको लागि माग नै आउन छाडेको दाहालले जानकारी दिए। 

समग्र अर्थतन्त्र चलायमान हुन सकेन भने बैंकिङ क्षेत्र प्रभावित हुँदै जाने कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी बताउछन्। कर्जा लगानी तथा निक्षेप संकलन प्रभावित हुने बित्तिकै यसको असर बैंकिङ क्षेत्रमा पर्छ। 'कोरोनाको प्रभावले कन्ट्रक्सनका काम रोकिएका छन्। विदेशबाट आउने कच्चा पदार्थको आयात हुन सकेको छैन। यसले विकास निर्माणका गतिविधिलाई असर पुर्‍याएको छ,' उनी भन्छन्, 'विकास निर्माणका काम अगाडि नबढ्ना साथ यसको प्रत्यक्ष असर विकास निर्माणमा पर्नेछ। विकास खर्च ‍हुन नसक्दा बजारमा पैसा आउन सक्दैन।' एकातिर रेमिट्यान्स आउन नसक्ने अर्को तर्फ विकास खर्च पनि नहुने हो भने निक्षेप सिर्जना हुन नसक्ने भण्डारीको तर्क छ। 

सबै क्षेत्रको व्यवसाय खस्कँदै गर्दा कसैले पनि समयमा बैंकको व्याज तथा सावा भुक्तानी गर्न सक्दैनन्। ब्याज तथा किस्ता भुक्तानी गर्न नसक्ने अवस्थाले खराब कर्जा बढ्ने अध्यक्ष दाहालले बताए। 

सबै क्षेत्रका गतिविधि 'स्लो डाउन' हुने बित्तिकै बैंकिङ क्षेत्रको वृद्धिमा कमी आउने वाणिज्य बैंकका प्रमुख श्रेष्ठ बताउँछन्। 'विगत सात/आठ वर्षदेखि बैंकिङ क्षेत्रमा देखिँदै आएको सकारात्मक वृद्धिलाई यसले प्रभाव पार्ने देखिन्छ,' उनले भने, 'अर्थतन्त्रका विविध क्षेत्रमा यसले प्रभाव पार्दै गर्दा बैंकिङ क्षेत्र सबैभन्दा पहिलो निसानामा पर्ने देखियो।' 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले नै कति असर पर्ला भनेर अंकमा भन्न नसकिए पनि धेरै लामो समयसम्मका लागि बैंकिङ क्षेत्र प्रभावित हुने श्रेष्ठले बताए। समयमा सावा/ब्याज भुक्तानी गर्न नसक्दा खराब कर्जा बढ्छ र यसले नाफा घट्नेछ।

यस्तो अवस्थामा केन्द्रीय बैंकले बेलैमा राहतका प्याकेज ल्याउनुपर्ने बैंकहरू बताउँछन्। त्यसो भएन भने बैंकहरूको वासलातमा समेत प्रत्यक्ष असर पर्ने देखिन्छ। कर्जाको पुनर्तालिकीकरण र ब्याज भुक्तानीमा विशेष व्यवस्था हुन सकेन भने कर्जा जोखिमका कारण अर्बौं रुपैयाँ जोखिम कोषमा राख्नुपर्ने हुन्छ। आयातमा भर पर्नु पर्ने उद्यम व्यवसायको लागि नीतिगत राहतको आवश्यकता पर्नेछ। 

भूकम्पको बेलामा पनि यस्तै बहस भएको थियो। 'हामीले त्यसलाई फेस गरिसेका हौं। अहिलेको अवस्थामा धेरै आत्तिने भन्दा पनि संयमित भएर अगाडि बढ्नु पर्छ,' अध्यक्ष दाहालले भन्छन्। बैंकको खराब कर्जा बढ्दै गर्दा नेपाल राष्ट्र बैंक र नेपाल सरकारले मिलेर छलफल गर्नु पर्ने उनले बताए। 

कमसेकम १ वर्षका लागि यो क्षेत्रको सीमामा अनिवार्य नहुने र जरीवाना नलाग्ने नीतिगत व्यवस्था केन्द्रीय बैंकले गर्नुपर्ने बैंकरहरू बताउँछन्। एकातिर लगानी नहुने अवस्था छ भने अर्कातिर जरिवाना तिर्नुपर्ने स्थिति आउनु नहुने बहस पनि चल्न थालेको छ। अहिलेको व्यवस्थाअनुसार प्राथमिकता क्षेत्रमा लगानी नपुर्‍याउने वित्तीय संस्थाहरूले बैंकको उच्चतम ब्याजदरको जरिवाना केन्द्रीय बैंकलाई तिर्नुपर्छ। कोरोनाको प्रभावले वातावरण असहज बन्दै गयो भने नेपाल राष्ट्र बैंकले यसमा केही लचिलो हुन सक्नु पर्छ। 

Xtrem

Xtrem

यतिखेर कस्ने भन्दा पनि राहत, प्रोत्साहन र संरक्षण गर्नु पर्ने बैंकरहरू बताउँछन्। विश्वका धेरै देशमा यसले ठूलो प्रभाव पारिसकेको छ। धेरै ठूलो अर्थतन्त्र भएका देशले समेत नाकाबन्दी गर्न बाध्य भएका छन्। 

विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले विश्व अर्थतन्त्रमा नै मन्दी आउने भनेर आँकलन गरिसकेका छन्। यसका लागि विश्व बैंकले १२ खर्ब डलरको राहत घोषणा पनि गरिसकेको छ। 

कोरोनाले विश्वव्यापी रूपमा ठूलो प्रभाव पारिसकेको हुँदा नेपाल राष्ट्र बैंकले पनि नजिकबाट नियालिरहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। उनले भने, 'धेरै ठूला प्रभावशाली राष्ट्रले समेत सीमा बन्द गरेका छन्। अब हाम्रोमा पनि जीवन साधारण रूपमा चल्न सक्ने र अत्यावश्यक सामग्रीको अभाव हुन नदिनु नै प्रमुख चुनौती हो।' 

यो पनि पढ्नुहोस्

कोरोनाले आर्थिक वृद्धिको लक्ष्यमा असर गर्छ तर अर्थतन्त्र कोल्याप्स नै हुन्छ भन्ने होइन : डा मीनबहादुर श्रेष्ठआइतबार, चैत २, २०७६

ठूला विकास निर्माणको काम रोकिएका छन्। आन्तरिक रूपमा हामी त्यति धेरै प्रभावित छैनौं। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिरहेको छ। यसको अवसरलाई नेपाल सरकारले क्यास गर्न सक्नु पर्ने भट्ट बताउँछन्। यदि यस अवसरलाई उपयोग गरेर निर्माणका कामलाई अगाडि बढायौं भने बैंकिङ क्षेत्रले अलिकति राहात पाउन सक्ने उनको विश्लेषण छ। 

पर्यटन क्षेत्रमा नेपाली आफैले धान्न सक्दैन। त्रासले गर्दा सभासम्मेलन रोक्न नेपाल सरकारले नै अनुरोध गर्दै आएको छ। कोरोनाले अर्थतन्त्रमा कत्तिको प्रभाव पार्छ भने अझै एक महिना जति हेर्नैपर्ने भट्ट बताउँछन्। 'सरकार, नेपाल राष्ट्र बैंकको काम अपेक्षा जगाइराख्ने हो। अर्थतन्त्रमा आउने धक्कालाई कम गर्ने। धक्कालाई सोस्न सक्ने हिसाबले अपेक्षा जगाउने हो,' उनले थपे, 'हामीले मध्यावधि समीक्षामा कोरोनाको कारणले ठूलो जोखिम देखिएको छ भने संकेत गरेका छौं। राष्ट्र बैंकले आर्थिक वृद्धिदरको विषयमा नबोले पनि वृद्धिदर घट्न सक्ने संकेत प्रदान गरेको छ।'

यस्तो अवधिमा विभिन्न औजार प्रयोग गर्न सकिने उनले बताए। 'कर्जाको रिस्ट्रक्चरिङ रि-सेडुलिङ गराइदिने। यसका लागि नेपाल राष्ट्र बैंकले ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था गर्ने एउटा उपाय हुन सक्छ। ब्याज तिर्नका लागि अर्को त्रैमासमा सारिदिने व्यवस्थाले केही राहत हुनेछ।'

बैंकहरूलाई कडाइ गर्ने भन्दा पनि राहात प्रदान गर्ने गरी अगाडि बढ्न सकिने भट्टले बताए। यस्तो अवस्थामा बैंकिङ क्षेत्र आक्रामक रूपमा अगाडि जान त्यति धेरै स्पेस छैन। सबै क्षेत्र संयमित भएर अगाडि बढ्नु पर्ने देखिन्छ। 

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्