एजेन्सी- कोरोना भाइरस संक्रमणको सुरुवातको विषयलाई लिएर चीनले नयाँ नयाँ धारणाहरू प्रस्तुत गरिरहेको छ। बिहीबार चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले उक्त संक्रमण अमेरिकी सैनिकका माध्यमबाट अक्टूबरमा चीनको वुहान भित्रिएको बताएका हुन्।
तर‚ यस कुरालाई पुष्टि गर्ने कुनै प्रमाण भने दिइएको छैन। चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ता चाओ लिजियानले ट्वीटमार्फत उक्त आरोप लगाएका हुन्।
कोरोनाको विषयलाई लिएर यस्ता धेरै अफवाहहरु पहिला पनि आउने गरेका थिए। यसअघि अमेरिकी सिनेटर टोम कोटनले पनि कोरोना भाइरस‚ जसलाई चीनले आफ्नो ल्याबमा परीक्षण गरिरहेको चीनको जैविक हतियार हुनसक्ने आरोप लगाएका थिए।
‘सुरुदेखि नै चीनको जुन किसिमको छद्मभेषी व्यवहार छ‚ त्यसलाई ध्यानमा राख्दै भाइरसको सुरुवात कहाँबाट भयो भनी सोध्नु जरुरी हुन्छ तर‚ यस विषयलाई लिएर चीनले अहिलेसम्म कुनै पनि प्रमाण दिएको छैन‚’ कोटनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।