काठमाडौं- यशोदा फुड्स प्राइभेट लिमिटेड कम्पनीको उत्पादन ‘करेन्ट हट एण्ड स्पाइसी नुडल्सको सामाजिक संजालमा भइरहेको भ्रामक विज्ञापनबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अध्ययन गर्ने भएको छ।
पछिल्लो समय विश्वभर फैलिएको कारोना भाइरससँग जोडिएर सार्वजनिक भएको उक्त विज्ञापनबारे अध्ययन भइरहेको विभागका सहप्रवक्ता दीपकराज पोखरेलले बताए। ‘बढी तापक्रममा कोरोना संक्रमणको सम्भावना कम हुने यो चाउचाउ खाँदा शरीरको तापक्रम बढ्ने’ व्यहोराको विज्ञापन सामाग्री सामाजिक संजालमा भेटिन्छ।
यशोदा फुड्सले आफूले त्यो विज्ञापन नगरेको भन्दै सार्वजनिक सूचना जारी गरेको भएपनि उक्त भ्रामक विज्ञापनबारे अध्ययन गरिने पोखरेल बताउँछन्।
‘हामीले उक्त कम्पनीलाई यो भ्रामक विज्ञापनबारे सोधेका थियौं। तर उसले त्यो आफूले गरेको नभई अरु कोही सामाजिक संजाल प्रयोगकर्ताले गरेको हुनसक्ने जवाफ विभागलाई दिएको छ। तर हामी विस्तृत अध्ययन गर्छौ,’ पोखरेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।