• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाँस्कोटासँग कमिसन डिल गर्ने मिश्र कसरी आइपुगेका थिए लेखा समितिको सम्पर्कमा ?

64x64
हेमन्त जोशी शुक्रबार, फागुन ३०, २०७६  २०:२१
1140x725

काठमाडौं- सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) खरिद प्रक्रियासँग जोडिएर तत्कालीन संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिसन डिल गरेको भनिएको अडियो फागुन ७ गते सार्वजनिक भयो। उक्त अडियोमा बाँस्कोटासँग बोलिरहेका र त्यो सार्वजनिक गर्ने एउटै व्यक्ति थिए- विजयप्रकाश मिश्र। 

अडियोमार्फत संचारमन्त्री बाँस्कोटाको कमिसन प्रकरण छताछुल्ल भएपछि उनले पदबाट राजीनामा गरे। त्योसँगै विजयप्रकाश मिश्र को हुन् र उनले आफैंले कमिसन डिल गरेको अडियो किन सार्वजनिक गरे भन्ने विषयमा पनि सार्वजनिक चासो देखियो। सञ्चार माध्यमहरुमार्फत उनको विगत, व्यवसायिक सम्बन्ध र त्योसँग जोडिने विविध विषयहरु बाहिर आए।

संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले सुरक्षण मुद्रणको विज्ञका रुपमा बोलाएका व्यक्ति कसरी कमिसन प्रकरणमा मुछिए र स्वयं उनैले किन अडियो सार्ववनिक गरे भन्ने कुरा मा विभिन्न लख काटियो। तर मिश्रको लेखा समितिको ‘इन्ट्री’ भने बडो रोचक शैलीको देखिन्छ। 

मन्त्रिपरिषद्ले गत पुस ७ गतेको सेक्युरिटी प्रिन्टिङ मेसिन सरकार-सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्ने र त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई रकम निकासा गर्ने निर्णय गर्‍यो। मन्त्रिपरिषदको उक्त निर्णयसँगै त्यसमा अनियमितता भएको भन्दै प्रवेश श्रेष्ठका नामबाट लेखा समितिमा उजुरी पर्‍यो। उक्त उजुरीमाथि थप छानबिन गर्ने उद्देश्यले समितिको गत पुस २१ गतेको बैठकमा सुरक्षित मुद्रण विज्ञका रुपमा विजयप्रकाश मिश्रलाई बोलाइयो। 

सांसद प्रेम आले मिश्रलाई विज्ञका रुपमा भन्दा पनि उनले समितिका सभापति भरत शाहलगायत केही सदस्यहरुसँग अनियमितता भएको प्रमाण आफूसँग रहेको बताएका कारण त्यो प्रमाण पेश गर्न उनलाई समितिमा बोलाएको बताउँछन्। ‘लेखा समितिबाट तल झर्ने बेलामा हामीले विजयप्रकाश मिश्रलाई भेटेका हौं। हामीले भेट्दा समिति सभापति भरत शाह, समितिका सदस्य राजन केसीलगायत हामी सँगै थियौं,’ सांसद आले भन्छन्। 

पुस तेश्रो सातातिर भएको त्यही अनपेक्षित भेटमा विजय मिश्रले शाह, आले, केसीलगायत सांसदहरुलाई सुरक्षण मुद्रण खरिदमा ५ अर्ब रुपैयाँ बराबरको भष्ट्राचार भएको पहिलोपटक बताएका थिए। ‘राज्यलाई यत्रो ठूलो घात हुँदैछ। तपाईंहरुले तुरुन्तै यसलाई रोक्नुपर्‍यो भनेका थिए हामीसँग मिश्रले,’ आले भन्छन्। 

विगतका दिनमा लेखा समितिले वाइडबडी विमान घोटाला काण्डलगायतका आर्थिक अनियमितताको अध्ययनमा कायम गरेको सकारात्मक छवि यो प्रकरणमा पनि देखिनुपर्ने भन्दै मिश्रले समिति सभापति शाह र अरु सांसदहरुलाई आग्रह गरेका थिए। 

उनले त्यति भनेपछि लेखा समिति सभापति शाहले सुरक्षण मुद्रणमा भएको भष्ट्राचारको आधिकारिक प्रमाणसहित आउन भनेको सांसद आले सम्झन्छन्। ‘डिटेल डकुमेन्टसहित तपाईं आउनुहोस्। हामी समितिको बैठकमा त्यस विषयमा छलफल गर्छौं। तपाईं आफ्नो त्यहाँ पेश गर्नुहोस् भन्यौं,’ उनले भने। यति भनेपछि अरु सांसदहरुले पनि यसलाई चासोका रुपमा हेरे। 

Ncell 2
Ncell 2
nimb
nimb

‘यत्रो ठूलो, व्यापक भष्ट्राचार भएको रहेछ भने किन सार्वजनिक नगर्ने? किन यसलाई नरोक्ने? भनेर हामीले पनि यो सोच बनायौं। त्यो दिन मिश्रसँग समितिका सभापति र अरु सदस्यहरुको त्यतिमात्रै कुरा भएको हो,’ आले सम्झन्छन्। 

त्यसको केही दिनपछि (पुस २१ गते) लेखा समितिले सुरक्षण मुद्रण खरिदमा भष्ट्राचार भएको विषयमा छलफल गर्न बैठक बोलायो। समितिले यही विषयमा छलफल गर्न बैठक बोलाएको चाल पाएपछि समिति बैठकको दुई दिनअघि (पुस १९ गते) मिश्रले सांसद आलेलाई फोन गरे। आलेले मिश्रलाई आफूसँग उनका कुरा सुन्न समय नभएको भन्दै सबै कुरा समितिको बैठकमा आएर भन्न भने।

‘फोनमा पनि मैले उनलाई साँच्चै ५ अर्ब रुपैयाँ घोटाला भएको हो त भनेर सोधें। तर उनले ५ अर्ब नै नभएपनि ४ अर्ब रुपैयाँ त भएकै हो भनेर ठोकुवा गरे। त्यसो भए ४ अर्ब रुपैयाँ बराबरकै घोटाला भएको डकुमेन्ट ल्याउनुहोस् र बैठकमा पेश गर्नुहोस् भनें मैले फोनमा,’ आले भन्छन्।

तर बैठकको दिन भने त्यसो भएन। मिश्रले पुस २१ गतेको लेखा समितिमा भ्रष्टाचार भएको हो भन्ने प्रमाण के हो त? भन्ने सांसदहरुको प्रश्नमा विश्वासयोग्य जवाफ नै दिन सकेनन्? उनले भष्ट्राचार भएको छ भनिरहे तर त्यसको आधिकारिकता खुलाउन सकेनन्। त्यही कारण सांसदहरुले उनलाई कुन प्रयोजनका लागि समितिमा बोलाएको हो भनेर सभापति शाहको आलोचनासमेत गरे। समिति गरिमामय स्थान भएका कारण त्यहाँ जो पायो त्यही व्यक्तिलाई बोलाउने र जसका पनि कुरा सुन्न नहुने अधिकांश सांसदहरुको धारणा थियो त्यो दिनको बैठकमा। समितिको बैठकमा मिश्रले प्रमाण पेश गर्न नसकेको बताउँछन् सांसद आले।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस

सञ्चारमन्त्रीले कमिसन डिल गर्ने मिश्र को हुन्?बिहिबार, फागुन ८, २०७६

‘उनले आफूसँग ल्याएका विज्ञ भनेका व्यक्ति पनि विज्ञ रहेनछन्। उनले हामीले मागेको जस्तो डकुमेन्ट पनि पेश गर्न सकेनन्,’ आले भन्छन्। समितिका अर्का सांसद विरोध खतिवडा समितिको बैठकमा मिश्र आइपुग्नु, कमिसन प्रकरणमा उनी आफैं जोडिनु र उनैले कमिसन डिल गरेको अडियो सार्वजनिक गर्नुलाई एउटा कहानकसँग तुलना गर्छन्।

‘एउटा गार्डले आफ्नो मालिकलाई सपनामा हवाइजहाज दुर्घटनामा उसको मृत्यु भएको सुनायो। गार्डको सपनालाई मानेर मालिक भोलिपल्ट हवाइजहाज यात्रामा गएन। तर त्यही दिन त्यो हवाईजहाज साँच्चिकै दुर्घटना भयो। मालिकले गार्डलाई पुरस्कृत गर्‍यो। र जागिरबाट पनि निकाल्यो। किनकी उ आफ्नो ड्युटी समयमा सुतेका कारण सपना देखेको थियो। हो यो प्रकरण पनि यस्तै हो,’ खतिवडा भन्छन्। 

सांसद पुष्पा कुमारी कर्ण मिश्र आफ्नो स्वार्थ पूर्ति गर्ने उद्देश्य पुरा नभएपछि रन्थनिएर लेखा समिति पुगेको बताउँछिन्। ‘मिश्र समितिमा आफ्नो आक्रोश लिएर प्रवेश गरेका थिए। तर उनलाई हामीले विज्ञका रुपमा बोलायौं। यो प्रकरणले हामीले कस्ता व्यक्तिलाई समितिमा बोलाउन हुने र कस्तालाई नहुने भन्ने कुरासमेत सिकाएको छ,’ उनले भनिन्।

‘उनको आक्रोश पोखाइ जायज थियो वा थिएन म केही भन्दिन। तर लेखा समितिले विज्ञका रुपमा कसैलाई बोलाउँदा कस्ता व्यक्तिलाई बोलाउने भन्ने कुरा ख्याल गर्नुपर्छ,’ कर्ण भन्छिन्। सांसद पार्वता डिसी चौधरी विजय मिश्रले त्यो अडियो सार्वजनिक गर्नुलाई समितिले सकारात्मक रुपमा लिएको भएपनि उनले समितिमा आएर आफैं विज्ञ हुँ भनेर उपस्थित हुनु लेखा समितिकै कमजोरी रहेको बताउँछिन्। समितिले विषय र व्यक्तिको छनौटमा आफ्नो गरिमा बचाउन सक्नुपर्ने उनको भनाइ छ। 

अर्का सांसद डा. मीनेन्द्र रिजाल समिति व्यक्ति (मिश्र) का पछि नभई उनले बोकेको सूचनाका पछि लागेको बताउँछन्। ‘हामी व्यक्तिका पछि लाग्न सक्दैनौं। तर‚ आवश्यक र उपयुक्त सूचना प्राप्त गर्नका लागि हामीले जस्तोसुकै कदम उठाउन सक्नुपर्छ,’ रिजाल भन्छन्।

मिश्रसँग विषयको जानकारी थियो, त्यसकारण उनी विज्ञ नै हुन् : समिति सभापति भरत शाह

लेखा समिति सभापति भरत कुमार शाह लेखा समितिको बैठकमा विजय मिश्रलाई आफूले नै बोलाएको र उनी विषयका पनि जानकार रहेकाले उनलाई विशेषज्ञ नै मान्नुपर्ने बताउँछन्।

‘मिश्रलाई समितिमा मैले नै बोलाएको हुँ। सेक्युरिटी प्रिन्टिङ प्रेशका विषयमा उनलाई धेरै कुरा जानकारी छ त उनी विज्ञ नै हुन्,’ शाह भन्छन्। समितिका सदस्यहरुले मिश्रलाई बोलाउनु समितिको गल्ती भएको भन्ने आशयको अभिव्यक्ति दिनु पनि स्वभाविक नरहेको उनको भनाइ छ।

‘समितिले उनलाई किन र केका लागि बोलाएको भन्नतिर हामी लाग्नु हुँदैन। मिश्रसँग केही सूचना थियो, हामीले खोजेको विषयको जानकारी थियो,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्