• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाँस्कोटासँग कमिसन डिल गर्ने मिश्र कसरी आइपुगेका थिए लेखा समितिको सम्पर्कमा ?

64x64
हेमन्त जोशी शुक्रबार, फागुन ३०, २०७६  २०:२१
1140x725

काठमाडौं- सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) खरिद प्रक्रियासँग जोडिएर तत्कालीन संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिसन डिल गरेको भनिएको अडियो फागुन ७ गते सार्वजनिक भयो। उक्त अडियोमा बाँस्कोटासँग बोलिरहेका र त्यो सार्वजनिक गर्ने एउटै व्यक्ति थिए- विजयप्रकाश मिश्र। 

अडियोमार्फत संचारमन्त्री बाँस्कोटाको कमिसन प्रकरण छताछुल्ल भएपछि उनले पदबाट राजीनामा गरे। त्योसँगै विजयप्रकाश मिश्र को हुन् र उनले आफैंले कमिसन डिल गरेको अडियो किन सार्वजनिक गरे भन्ने विषयमा पनि सार्वजनिक चासो देखियो। सञ्चार माध्यमहरुमार्फत उनको विगत, व्यवसायिक सम्बन्ध र त्योसँग जोडिने विविध विषयहरु बाहिर आए।

संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले सुरक्षण मुद्रणको विज्ञका रुपमा बोलाएका व्यक्ति कसरी कमिसन प्रकरणमा मुछिए र स्वयं उनैले किन अडियो सार्ववनिक गरे भन्ने कुरा मा विभिन्न लख काटियो। तर मिश्रको लेखा समितिको ‘इन्ट्री’ भने बडो रोचक शैलीको देखिन्छ। 

मन्त्रिपरिषद्ले गत पुस ७ गतेको सेक्युरिटी प्रिन्टिङ मेसिन सरकार-सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्ने र त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई रकम निकासा गर्ने निर्णय गर्‍यो। मन्त्रिपरिषदको उक्त निर्णयसँगै त्यसमा अनियमितता भएको भन्दै प्रवेश श्रेष्ठका नामबाट लेखा समितिमा उजुरी पर्‍यो। उक्त उजुरीमाथि थप छानबिन गर्ने उद्देश्यले समितिको गत पुस २१ गतेको बैठकमा सुरक्षित मुद्रण विज्ञका रुपमा विजयप्रकाश मिश्रलाई बोलाइयो। 

सांसद प्रेम आले मिश्रलाई विज्ञका रुपमा भन्दा पनि उनले समितिका सभापति भरत शाहलगायत केही सदस्यहरुसँग अनियमितता भएको प्रमाण आफूसँग रहेको बताएका कारण त्यो प्रमाण पेश गर्न उनलाई समितिमा बोलाएको बताउँछन्। ‘लेखा समितिबाट तल झर्ने बेलामा हामीले विजयप्रकाश मिश्रलाई भेटेका हौं। हामीले भेट्दा समिति सभापति भरत शाह, समितिका सदस्य राजन केसीलगायत हामी सँगै थियौं,’ सांसद आले भन्छन्। 

पुस तेश्रो सातातिर भएको त्यही अनपेक्षित भेटमा विजय मिश्रले शाह, आले, केसीलगायत सांसदहरुलाई सुरक्षण मुद्रण खरिदमा ५ अर्ब रुपैयाँ बराबरको भष्ट्राचार भएको पहिलोपटक बताएका थिए। ‘राज्यलाई यत्रो ठूलो घात हुँदैछ। तपाईंहरुले तुरुन्तै यसलाई रोक्नुपर्‍यो भनेका थिए हामीसँग मिश्रले,’ आले भन्छन्। 

विगतका दिनमा लेखा समितिले वाइडबडी विमान घोटाला काण्डलगायतका आर्थिक अनियमितताको अध्ययनमा कायम गरेको सकारात्मक छवि यो प्रकरणमा पनि देखिनुपर्ने भन्दै मिश्रले समिति सभापति शाह र अरु सांसदहरुलाई आग्रह गरेका थिए। 

उनले त्यति भनेपछि लेखा समिति सभापति शाहले सुरक्षण मुद्रणमा भएको भष्ट्राचारको आधिकारिक प्रमाणसहित आउन भनेको सांसद आले सम्झन्छन्। ‘डिटेल डकुमेन्टसहित तपाईं आउनुहोस्। हामी समितिको बैठकमा त्यस विषयमा छलफल गर्छौं। तपाईं आफ्नो त्यहाँ पेश गर्नुहोस् भन्यौं,’ उनले भने। यति भनेपछि अरु सांसदहरुले पनि यसलाई चासोका रुपमा हेरे। 

nimb
nimb
Ncell 2
Ncell 2

‘यत्रो ठूलो, व्यापक भष्ट्राचार भएको रहेछ भने किन सार्वजनिक नगर्ने? किन यसलाई नरोक्ने? भनेर हामीले पनि यो सोच बनायौं। त्यो दिन मिश्रसँग समितिका सभापति र अरु सदस्यहरुको त्यतिमात्रै कुरा भएको हो,’ आले सम्झन्छन्। 

त्यसको केही दिनपछि (पुस २१ गते) लेखा समितिले सुरक्षण मुद्रण खरिदमा भष्ट्राचार भएको विषयमा छलफल गर्न बैठक बोलायो। समितिले यही विषयमा छलफल गर्न बैठक बोलाएको चाल पाएपछि समिति बैठकको दुई दिनअघि (पुस १९ गते) मिश्रले सांसद आलेलाई फोन गरे। आलेले मिश्रलाई आफूसँग उनका कुरा सुन्न समय नभएको भन्दै सबै कुरा समितिको बैठकमा आएर भन्न भने।

‘फोनमा पनि मैले उनलाई साँच्चै ५ अर्ब रुपैयाँ घोटाला भएको हो त भनेर सोधें। तर उनले ५ अर्ब नै नभएपनि ४ अर्ब रुपैयाँ त भएकै हो भनेर ठोकुवा गरे। त्यसो भए ४ अर्ब रुपैयाँ बराबरकै घोटाला भएको डकुमेन्ट ल्याउनुहोस् र बैठकमा पेश गर्नुहोस् भनें मैले फोनमा,’ आले भन्छन्।

तर बैठकको दिन भने त्यसो भएन। मिश्रले पुस २१ गतेको लेखा समितिमा भ्रष्टाचार भएको हो भन्ने प्रमाण के हो त? भन्ने सांसदहरुको प्रश्नमा विश्वासयोग्य जवाफ नै दिन सकेनन्? उनले भष्ट्राचार भएको छ भनिरहे तर त्यसको आधिकारिकता खुलाउन सकेनन्। त्यही कारण सांसदहरुले उनलाई कुन प्रयोजनका लागि समितिमा बोलाएको हो भनेर सभापति शाहको आलोचनासमेत गरे। समिति गरिमामय स्थान भएका कारण त्यहाँ जो पायो त्यही व्यक्तिलाई बोलाउने र जसका पनि कुरा सुन्न नहुने अधिकांश सांसदहरुको धारणा थियो त्यो दिनको बैठकमा। समितिको बैठकमा मिश्रले प्रमाण पेश गर्न नसकेको बताउँछन् सांसद आले।

यो पनि पढ्नुहोस

सञ्चारमन्त्रीले कमिसन डिल गर्ने मिश्र को हुन्?बिहिबार, फागुन ८, २०७६

‘उनले आफूसँग ल्याएका विज्ञ भनेका व्यक्ति पनि विज्ञ रहेनछन्। उनले हामीले मागेको जस्तो डकुमेन्ट पनि पेश गर्न सकेनन्,’ आले भन्छन्। समितिका अर्का सांसद विरोध खतिवडा समितिको बैठकमा मिश्र आइपुग्नु, कमिसन प्रकरणमा उनी आफैं जोडिनु र उनैले कमिसन डिल गरेको अडियो सार्वजनिक गर्नुलाई एउटा कहानकसँग तुलना गर्छन्।

‘एउटा गार्डले आफ्नो मालिकलाई सपनामा हवाइजहाज दुर्घटनामा उसको मृत्यु भएको सुनायो। गार्डको सपनालाई मानेर मालिक भोलिपल्ट हवाइजहाज यात्रामा गएन। तर त्यही दिन त्यो हवाईजहाज साँच्चिकै दुर्घटना भयो। मालिकले गार्डलाई पुरस्कृत गर्‍यो। र जागिरबाट पनि निकाल्यो। किनकी उ आफ्नो ड्युटी समयमा सुतेका कारण सपना देखेको थियो। हो यो प्रकरण पनि यस्तै हो,’ खतिवडा भन्छन्। 

सांसद पुष्पा कुमारी कर्ण मिश्र आफ्नो स्वार्थ पूर्ति गर्ने उद्देश्य पुरा नभएपछि रन्थनिएर लेखा समिति पुगेको बताउँछिन्। ‘मिश्र समितिमा आफ्नो आक्रोश लिएर प्रवेश गरेका थिए। तर उनलाई हामीले विज्ञका रुपमा बोलायौं। यो प्रकरणले हामीले कस्ता व्यक्तिलाई समितिमा बोलाउन हुने र कस्तालाई नहुने भन्ने कुरासमेत सिकाएको छ,’ उनले भनिन्।

‘उनको आक्रोश पोखाइ जायज थियो वा थिएन म केही भन्दिन। तर लेखा समितिले विज्ञका रुपमा कसैलाई बोलाउँदा कस्ता व्यक्तिलाई बोलाउने भन्ने कुरा ख्याल गर्नुपर्छ,’ कर्ण भन्छिन्। सांसद पार्वता डिसी चौधरी विजय मिश्रले त्यो अडियो सार्वजनिक गर्नुलाई समितिले सकारात्मक रुपमा लिएको भएपनि उनले समितिमा आएर आफैं विज्ञ हुँ भनेर उपस्थित हुनु लेखा समितिकै कमजोरी रहेको बताउँछिन्। समितिले विषय र व्यक्तिको छनौटमा आफ्नो गरिमा बचाउन सक्नुपर्ने उनको भनाइ छ। 

अर्का सांसद डा. मीनेन्द्र रिजाल समिति व्यक्ति (मिश्र) का पछि नभई उनले बोकेको सूचनाका पछि लागेको बताउँछन्। ‘हामी व्यक्तिका पछि लाग्न सक्दैनौं। तर‚ आवश्यक र उपयुक्त सूचना प्राप्त गर्नका लागि हामीले जस्तोसुकै कदम उठाउन सक्नुपर्छ,’ रिजाल भन्छन्।

मिश्रसँग विषयको जानकारी थियो, त्यसकारण उनी विज्ञ नै हुन् : समिति सभापति भरत शाह

लेखा समिति सभापति भरत कुमार शाह लेखा समितिको बैठकमा विजय मिश्रलाई आफूले नै बोलाएको र उनी विषयका पनि जानकार रहेकाले उनलाई विशेषज्ञ नै मान्नुपर्ने बताउँछन्।

‘मिश्रलाई समितिमा मैले नै बोलाएको हुँ। सेक्युरिटी प्रिन्टिङ प्रेशका विषयमा उनलाई धेरै कुरा जानकारी छ त उनी विज्ञ नै हुन्,’ शाह भन्छन्। समितिका सदस्यहरुले मिश्रलाई बोलाउनु समितिको गल्ती भएको भन्ने आशयको अभिव्यक्ति दिनु पनि स्वभाविक नरहेको उनको भनाइ छ।

‘समितिले उनलाई किन र केका लागि बोलाएको भन्नतिर हामी लाग्नु हुँदैन। मिश्रसँग केही सूचना थियो, हामीले खोजेको विषयको जानकारी थियो,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरीत भर्ना प्रक्रिया अघि बढाइएकोप्रति ध्यानाकर्षण गराउँ... आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति अनुसन्धानको लागी उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडाैँ जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले बताए । आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । आइतबार, चैत २२, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्