काठमाडौं- वायुसेवा सञ्चालकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेको छ। शुक्रबार संघले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण हुने जोखिम बढेकाले यात्रु घटेकाले हवाइ इन्धनको मूल्य कम घटाउन माग गरेको हो।
अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्यमा कमी आएकाले पनि हवाई ईन्धनमा सहुलियत दिइनुपर्ने माग संघले अघि सारेको छ। संघले हवाइ इन्धनमा १० रुपैयाँभन्दा बढी नाफा नलिई हवाइ इन्धन उपलब्ध गराउन माग गरिएको व्यवसायी सुमन पाण्डेले बताए।
यसअघि संघले कर्मचारीको तलब कटौती गर्ने निर्णय गरेको थियो। २० देखि ४० प्रतिशतसम्म तलब घटाउने र कर्मचारीलाई फोर्स लिभ, पेड लिभ र नन पेड लिभसमेत आवश्यकताअनुसार गराउने निर्णय गरेको थियो। २० हजार रूपैयाँभन्दा कम तलब खाने कर्मचारीको भने कटौती नहुने निर्णय गरेको संघले २० हजारदेखि ३० हजारसम्म मासिक पारिश्रमिक बुझ्ने कर्मचारीको २० प्रतिशत तलब कटौती गर्ने निर्णय भएका थियो।
यसैगरी, ३० हजारभन्दा बढी १ लाखसम्म पारिश्रमिक पाउने कर्मचारीको ४० प्रतिशत र १ लाखभन्दा बढी पारिश्रमिक पाउने कर्मचारीको तलब तथा सुविधा ५० प्रतिशत कटौती गर्ने निर्णय संघको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।