काठमाडौं–निजी हवाई सेवा प्रदायक बुद्ध एयरलाइन्सले आइतबारदेखि भारतको वाराणसी उडान बन्द गर्ने भएको छ। विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारी घोषित गरेपछि नेपाल सरकारले १४ मार्चदेखि अप्रिल ३० सम्म विदेशी नागरिकका हकमा भिसा रद्द गर्ने निर्णय गरेसँगै बुद्धले पनि उडान स्थगित गर्ने निर्णय गरेको हो।
एयरलाइन्सले मार्च १५ देखि अप्रिल १५ सम्म उडान बन्द गर्ने निर्णय गरेको हो। त्यसैगरी, छिमेकी मुलुक भारतले पनि अप्रिल १५ सम्म भिसा नस्विकार्ने भएपछि उडान बन्द गर्न लागेको बुद्ध एयरलाइन्सले जनाएको छ।
टिकट लिइसकेका सेवाग्राहीलाई टिकट सार्न वा रिफण्डका लागि सम्बन्धित ट्राभल एजेन्सी र सेल्स काउण्टरमा सम्पर्क गर्नसमेत बुद्धले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।