काठमाडाैं- नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। शुक्रबार देशकाे पश्चिमी तथा मध्य भूभागमा सामन्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज अन्य भूभागमा समेत आंशिक बदलीको अवस्था रहेको छ।
महाशाखाले जारी गरेको बुलेटिनमा तीन दिन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना भएकाले उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। भोली देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ।
यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।