• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तिलोत्तमा अब पोलिथिनमुक्त नगर

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ३०, २०७६  ०९:५०
1140x725

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपालमै पहिलो शून्य पोलिथिनँमुक्त नगरपालिका हुन लागेको छ। चालु आर्थिक वर्षको सुरुवातदेखि नै नगरलाई सुन्दरीकरण गर्ने योजनाका साथ विभिन्न अभियान चलाएको नगरपालिकाले बिगत ४ महिनादेखि शून्य पोलिथिनमुक्त नगरपालिका बनाउनका लागि अभियान नै चलाएको थियो।
रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये कामका दृष्टिले निकै फड्को मारेको तिलोत्तमा नगरपालिकाले ४ महिनाको अभियानमा नगरका १७ वटा वडालाई शून्य पोलिथिनमुक्त वडा घोषणा गरिसकेको छ। नगरवासीको सहभागितामा बिगत चार महिनादेखि सिंगो नगरभरी शून्य पोलिथिन अभियान चलाइएकोमा शुक्रबार औपचारिक समारोहका बीच शून्य पोलिथिनमुक्त नगर घोषणा गर्न लागिएको छ।

चार महिनाको अवबधिमा नगरका १७ वटै वडा तथा टोल विकास संस्थाहरुले शून्य पोलिथिन नगर निर्माणका लागि चेनतामुलक कार्यक्रम गर्नुका साथै नगरभरी छरिएका प्लास्टिकजन्य सामग्री संकलन गरेका थिए। नगरपालिकाले यो अभियानका क्रममा दैनिक ८ घण्टाको दरले एकलाख नगरवासीलाई श्रमशक्तिको रुपमा परिचालन गरेको जनाएको छ। चार महिनाको अवधिमा नगरभित्रबाट ८० हजार बोरा अर्थात करिव १२ हजार क्विन्टल पोलिथिनजन्य फोहर संकलन गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए।

अभियान संचालनका लागि नगरपालिकाले करिव २५ लाख रुपैयाँ बजेट खर्च गरेको छ। शून्य पोलोथिन नगर घोषणा गरेसँगै छिट्टै सिंगो नगरलाई सरसफाइमुक्त घोषणा गरिने नगरप्रमुख घिमिरेले बताए। यो अभियानका नगरपालिकाले विद्यालयलाई केन्द्रित गरी यो अभियान थालेको थियो। नगर प्रमुख घिमिरेले शून्य पोलिथिन नगरलाई अब व्यवहारमै कार्यान्वयन गरेर देखाउने बताए। 'अब जसले पोलिथिनजन्य फोहोर खुला स्थानमा फ्याँक्छ, हामी जरिवाना असुल्छौं, टोल कमिटीहरुले फोहर गर्नेलाई जरिवाना लिन्छन् र त्यसरी संकलन गरिएको रकम नगरपालिकामा पठाएर त्यही क्षेत्रको विकासमा खर्चिन्छौं,' उनले भने।

तिलोत्तमालाई शून्य पोलिथीनमुक्त नगर बनाउनका लागि पर्यावरणको क्षेत्रमा काम गर्दै आएको संस्था सीम नेपालले नेतृत्व छ। सिम नेपालका अध्यक्ष तथा वातावरणवीद् निपेश ढाकाले अभियानको नेतृत्व गरेसँगै नगरपालिकाले यसलाई अभियानको रुपमा अगाडि बढाएको थियो। 'यो निकै कठिन अभियान हो, यसलाई देशव्यापी महाअभियानको रुपमा लैजानुपर्छ,' अध्यक्ष ढाकाले भने। उनले अभियानमा नगरपालिकाका १७ वटा वडाका १ सय ८९ वटा टोल विकास संस्था परिचालन गरिएको बताए।

'सबै नगरवासी नलागेको भए १ सय २६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको नगरपालिकालाई चार महिने अभियानमै शून्य पोलिथिनयुत्त नगर बनाउन सम्वभ थिएन,' उनले भने, 'अब यो अभियान यक्तिकै रोकिने छैन यसलाई देशव्यापी बनाउछौ।'

Ncell 2
Ncell 2

शून्य पोलिथीनमुक्त नगर घोषणा शुक्रबार 
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई शुक्रबार (आज) शून्य पोलिथिनमुक्त नगर घोषणा गरिँदै छ। चार महिनाअघि अभियान सुरु गरेको नगरपालिकाले नगरका १७ वटा वडालाई विभिन्न चरणमा शून्य पोलिथिनमुक्त घोषणा गरेसँगै आज एक कार्यक्रमको आयोजना गरी नगरलाई शून्य पोलिथिनमुक्त नगर घोषणा गर्न लागिएको हो।

संघीय सरकारका कृषिमन्त्री घनश्याम भुसालको आथित्यतामा शून्य पोलिथिन नगर घोषणा गर्न लागिएकाे नगरप्रमुख घिमिरेले जानकारी दिए। नगरपालिकालाई शून्य पोलिथिनमुक्त घोषणा गर्नुअघि बुधबार विज्ञसहितको टोलीले अनुगमन गरेको थियो। वातावरणविद्, शिक्षाविद्, पत्रकारसहितको टोलीले तिलोत्तमा नगरपालिकाका सबै वडाको अनुगमन गरेपछि नगरलाई शून्य पोलिथिन घोषणा गर्न लागिएको घिमिरेले बताए।

अनुगमन टोलीले तिलोत्तमाका १७ वटै वडाहरु, राजमार्ग क्षेत्र, कृषिभूमि र खाली जमिन, औद्योगिक क्षेत्र, वनजंगल, १६–३६ कुलो क्षेत्र, सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्यचौकी, नगरपालिका सीमाना लगायतको क्षेत्रको अनुगमन गरेको हो। अनुगमनका क्रममा केही स्थानमा छिटफुट प्लास्टिकबाहेक सबै क्षेत्र सामान्य देखिएको टोलीका संयोजक त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. इशान गौतमले बताए। बिहीबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा गौतमले नगरपालिकाले थालेको यो अभियानबाट आफू निकै प्रभावित भएको उल्लेख गरे।

बुटवलबाट १६–३६ नहर हुँदै बगेर आउने पोलिथिनजन्य फोहरले तिलोत्तमा नगरपालिकालाई चुनौती दिएको तर अब बुटवलले पनि शून्य पोलिथिन अभियान चलाउने आफूले विश्वास लिएको घिमिरेले बताए। 'अब बुटवलमा पनि यो अभियान चल्छ र चलाउनुपर्छ, यसका लागि सबैको सकारात्मक पहल आवश्यक छ', उनले भने।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने
बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमारले गर्ने
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमारले गर्ने सोमबार, पुस २८, २०८२
सुन र चाँदीको मूल्य हालसम्मकै उच्च सोमबार, पुस २८, २०८२
ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्