• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

महराको जिल्ला दौडाहा : २४ वर्षपछि जन्मघरमा बास

भन्छन्-कसैले रिस र डाहा गरेर महरा पछि हट्दैन
64x64
महेश न्यौपाने मंगलबार, फागुन २७, २०७६  १०:३०
1140x725

रोल्पा- आफूमाथि संसद सचिवालयकी कर्मचारीले लगाएको यौन दुर्व्यवहारको मुद्दामा अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा संसद भवन छिरेनन्। धेरैको चासो थियो अब महराले आफ्नो विगतको प्रतिष्ठालाई कसरी पुर्नस्थापित गर्छन्। धेरैले सोचेका थिए, चल्दै गरेको प्रतिनिधिसभा आउजाउबाट सुरु  हुन्छ महराको दैनिकी। तर, उनी संसद छिर्नुअघि जनतामाझ पुग्ने निर्णयमा पुगे।

१०० दिनभन्दा बढी बन्दी जीवन बिताएका महरा सफाइ पाएपछि जिल्ला दाैडाहमा छन्। उनले दाङ, प्यूठान र रोल्पा भ्रमणलाई निरन्तरता दिइरहेका छन्। फाल्गुन १२ गते आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई भेट्न दाङ हिडेंका महरालाई दाङको भालुवाङ, सिसनिया र लमहीमा स्थानीयहरुले स्वागत गरे।

घोराहीमा महरालाई स्थानीय मतदाता र नगरवासीहरुले नागरिक अभिनन्दन पनि गरे। अभिनन्दनमा महराले आफूलाई षडयन्त्रमुलक तरिकाले फसाएको  सफाइ पेश गरे। आफू हिजो राष्ट्रिय स्वाधिनताका लागि लडेको बताउँदै त्यो क्रमले आज र भोलि पनि निरन्तरता पाउने उनले बताए। संसदमा एमसिसी पास गर्न आएको दबाब नमानेकै कारण आफूलाई फसाएको महराको सांकेतिक भनाई थियो।

दाङको धारापानीमा रहेको विश्वकै अग्लो भनिएकाे त्रिशुलको अवलोकन गरेर महराले दाङको विकास गतिविधिलाई अनुगमन गरेको छनक दिए। दाङको पर्यटकीय विकासमा धारापानीको मन्दिर तथा अग्लो त्रिशुलले महत्वपूर्ण भूमिका खेलेको महराले बताए। दाङमा विभिन्न निकायले आयोजना गरेका कार्यक्रममा महरा प्रमुख  अतिथि भएर  सहभागिता जनाए।

आफ्नै निर्वाचन क्षेत्र रहेको घोराही उपमहानगरपालिकाले  आयोजना गरेको वेवारिसे  सडक मानवमुक्त नगर घोषणा कार्यक्रममा महरा प्रमुख अतिथि बने। जेल जीवनपछि महरा  प्रमुख अतिथि रहेको यो नै पहिलो सरकारी कार्यक्रम थियो। दाङको वंगलाचुली गाउँपालिकामा रहेको महेन्द्र माविको ६० औं वार्षिक उत्सवमा प्रमुख अतिथि बनेका महराले शैक्षिक विषयमा मन्तव्य दिए।

रोल्पाको वालकल्याण माविमा १२ वर्ष शिक्षण पेशा गरेका महराले दाङको सो विद्यालयको वार्षिक उत्सवका सन्दर्भमा आफ्नो शैक्षिक पृष्ठभूमिको पनि स्मरण गरे। घोराही उपमहानगरपालिकाको नारायणपुरमा बस्दै आएका सशस्त्रद्वन्द्वमा घाइते सिपी शर्मासँग पनि महराले भेटघाट गरे। सशस्त्रद्वन्द्वका घाइतेहरुलाई आफूले नबिर्सेको जनाउ दिन महराले शर्मासँग भेटघाट र भलाकुसारी गरेका हुन्। रुकुमको खारा भिडन्तमा परि घाइते भएका शर्माले महरालाई फसाएको बताएका थिए।

२०३७ सालमा आफूलाई पार्टी सदस्यता दिने दाङका पुराना कम्युनिष्ट नेता वासुदेव गौतमलाई भेट्न महरा गौतम निवास रझेना पुगे। दाङका कम्युनिष्ट संस्थापक मानिकलाल गौतम, नारायण शर्मा तथा शोभाराम बस्नेतलाई पनि उनले भेटे। महराले रोल्पाबाट दाङ झरेकी पुराना नेतृ पूर्णकुमारी पुनसँग भेटघाट गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सशस्त्र द्वन्द्वताका शान्ति वार्ता गरिएको स्थान दाङको हापुरे पुगेर महराले वार्ताको स्मरण गरे। २०६० सालमा डा. बाबुराम भट्टराईको संयोजकत्वमा माओवादीले दोस्राे पटक वार्ता गर्न गठित समितिका एक सदस्य थिए महरा। हापुरे शान्ति वार्ताको नाममा चर्चित सोही वार्तामा गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान सभाको निर्वाचनको विषयमा सरकारी वार्ता टोलीसँग सहमति हुन नसकेपछि माओवादीले युद्धविराम तोडेको थियो।

फाल्गुन १२ गते दाङ पुगेका महरा फाल्गुन २० गते प्यूठान हुँदै जन्मभूमि रोल्पा प्रस्थान गरेका थिए। प्यूठानको माण्डवी गाउँपालिका २ रातोपानीमा आयोजित स्वागत कार्यक्रममा सरिक भएका महरा सोही दिन रोल्पाको खुँग्री, सुलिचौर, खुमेलमा आयोजित साना ठूला स्वागत कार्यक्रममा सरिक भए। साहि दिन महराकै जन्म गाउँ वामरुकमा रहेको तारा माविले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागि भए।

अपरान्ह ४ बजे जिल्ला सदरमुकाम लिवाङ आइपुगेका महरालाई सात्तालेखोलामा जिल्लावासीले स्वागत गरेका थिए। आफैंले पढेको र पढाएको वालकल्याण मावि लिवाङका विद्यार्थी, शिक्षक र अभिभावकले आयोजना गरेको स्वागत कार्यक्रमपछि सोहि ठाउँमा जिल्लावासीले स्वागत गरेका थिए महरालाई। नागरिक अभिनन्दन नाम दिएको उक्त कार्यक्रममा पूर्वमाओवादी नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

छिटफुट रुपमा स्वतन्त्र नागरिक र अन्य पार्टीका कार्यकर्ता देखिए पनि महराकै पार्टी कार्यकर्ताको बाक्लो उपस्थितिले नागरिक अभिनन्दनको झल्को दिन सकेको थिएन।

र्‍यालीले नगरपरिक्रमा गरेपछि लिवाङ टुँडिखेलमा आयोजित कार्यक्रमा महराले आफूलाई फसाइएको दोहोर्‍याएका थिए। बाल्यकालको स्मरण गर्दै भावुक भएका महराले यो व्यवस्था ल्याउन आफूले ठूलो योगदान गरेको भएपनि यही व्यवस्थाभित्रका केही मान्छेको षडयन्त्रको आफू सिकार भएको बताए।

सरकारसँग वार्ता गर्न माओवादीको तर्फबाट गठित ३ वटा वार्ता समितिमध्ये २ वटा वार्ता समितिको संयोजक र एउटाको सदस्य भएका महराले सो अवसरमा स्मरण गरे। संविधान सभाबाट जारी संविधानको मस्यौदा गर्न गठित समितिको सदस्यको रुपमासमेत आफूले महत्वपूर्ण  भूमिका खेले पनि परिवर्तनलाई नरुचाउनेहरुले आफूलाई फसाएको महराको भनाई थियो। षडयन्त्रकारीहरुको षडयन्त्रलाई कानुनी लडाइँमार्फत जितेको बताउँदै यो जितको स्वामित्व जनतामा भएको महराले बताए।

राष्ट्रिय स्वाधिनताको लडाइँमा आफू हिजो पनि लडेको, आज पनि लडिरहेको र भोलि पनि  निरन्तर लड्ने प्रतिबद्धता उनले दोहोर्‍याए। 'म जन्मिएको माटोको शीर कहिल्यै झुक्न दिने छैन,' महराले भने। काग र बाजको हड्डीको कथा सुनाउँदै  महराले आफ्नै  पार्टीका विपक्षीलाई प्रहार गरे। 'कसैले रिस डाहा गरेर महरापछि हट्दैन,' उनले भने।

सांसद, मन्त्री हुँदै सभामुख भइसकेका महराले पछिल्लोपटक आफ्नै पार्टीका केही नेताले गरेको षडयन्त्रलाई सांकेतिक प्रतिवाद गरेका थिए। रोल्पाको विकासका लागि आफू हिजो पनि लागेको आज पनि लागि रहेको र  भोलि पनि लाग्ने प्रतिबद्धता उनले जनाए।

आफ्ना छोरीज्वाईं पूर्ण केसी मेयर रहेको रोल्पा नगरपालिकाले स्थापना गरेको पुस्तकालय उद्घटनको प्रमुख अतिथि भएर महराले जेल जीवनपछि रोल्पामा आयोजित पहिलो सरकारी कार्यक्रममा सरिक भएका थिए। पुस्तकालय उद्घाटन कार्यक्रममा महराले आफ्नो “जेल यात्रा” नामक पुस्तक प्रकाशन गर्न लागेको जानकारी गराए। उनले अध्ययन गरेका १ दर्जन पुस्तक नगरप्रमुख केसीलाई हस्तान्तरण गरेका थिए। महराको दोस्राे औपचारिक कार्यक्रमको रुपमा रोल्पा नगरपालिका २ धनमुडामा रहेको लिप्ट सिचाई उद्घाटन थियो।

महरा रोल्पाको माडी, परिवर्तन, सुनछहरी र  थवाङ गाउँपालिकामा आयोजित स्वागत कार्यक्रमाम सरिक भएका थिए। रोल्पा भ्रमणको छैटौं दिन रोल्पाको थवाङ पुगेका महराले अन्यत्र भन्दा त्यहाँ फरक तरिकाले मन्तव्य राखेका थिए। स्थानीय अजय घर्तीका अनुसार महराले यो व्यवस्था जनताको व्यवस्था नभएको खुलैरै बाेलेका थिए। विप्लव नेकपाको प्रभाव क्षेत्र मानिने थवाङमा महराले माओवादीका केन्द्रीय सल्लाहकार रहँदै सशस्त्र द्वन्द्वमा मारिएका तेजमान घर्तीका परिवारसाग भेटघाट गरेका थिए। 'महराको परिवार र  हाम्रो परिवार बसेर ५ मिनेट जति कुराकानी भयो,' तेजमान घर्तीको छोरा अजय घर्तीले भने। महराले थवाङमा उनीसँगै पार्टीको जिल्ला कमिटीमा रहेर काम  गरेका पुराना नेताहरुलाई पनि भेटेका थिए।

२४ वर्षपछि  पहिलो पटक  जन्मघरमा सुते महरा
२०४८ सालको संसदीय निर्वाचनमा रोल्पा निर्वाचन  क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका महरा केही समय घर आउजाउ गर्थे। २०५२ साल फाल्गुन  १ गते सशस्त्र युद्ध घोषणा हुनु पूर्व नै महरा भूमिगत भएका थिए। भूमिगतपछि महराको घर आउजाउ बन्द भयो।

दोस्राे जनआन्दोलन पछि सुरु भएको शान्ति प्रक्रियाको मुख्य भूमिकामा रहेका महराले रोल्पा नपा १ मेवाङमा रहेको घरलाई समय दिन सकेका थिएनन्। युद्धकालभर महराको घर वेवारिसे थियो। शान्ति प्रक्रियापछि भने सो घरमा माओवादी कार्यकर्ता बस्थे।

महराले यस वर्ष आफ्नो जन्म घरमै दशैं मनाउने तयारी गरेका थिए। पुरानो घर मर्मत गर्नुका साथै घर अगाडि दुर्गा भवानीको मन्दिरसमेत बवनाएका महरा मर्मतपछि बनेको घरमा बस्न नपाउँदै जेल जानु परेको थियो। यस पटक भने १ हप्ताको समय महराले आफ्नै घरमा बिताए।

सदरमुकाम लिवाङका महंगा होटलमा बस्दै आएका महरा यस पटक आफ्नै घरमा बस्नुले कार्यकर्ताको प्रशंसासमेत पाएका थिए। महराको घरमा भेटघाट गर्नेको दैनिक मान्छेकाे लर्को लागेको थियो। बाहिर दुर्गा मन्दिर बनाएका महराको घरभित्र भने मार्क्स, लेनिन,  माओ र स्टालिनका फोटा झुण्ड्याएका छन्।साेहि घरमा आफूले पुस्तकालय स्थापना गर्न लागेको महराले बताए। 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्