• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ १, २०८२ Wed, May 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
परिवारबाटै पीडित हुन्छन् एकल महिला
64x64
महेश न्यौपाने आइतबार, फागुन २५, २०७६  ०८:००
1140x725

राेल्पा- तीन वर्षअघि श्रीमान्‌को ट्याक्टर दुर्घटनामा मृत्यु भएपछि रोल्पा नगरपालिका ६ कोटगाउँकी नीरा विकका दुःखका दिन सुरु भए। श्रीमान्‌को मृत्युपछि दुर्घटना बीमाबापत ५ लाख रुपैयाँ पनि उनले बुझ्न पाइन्।

सासूले आफू संरक्षक रहने गरी नाबालक नातीको नाममा उक्त रकम राखेपछि श्रीमान्‌को मृत्युपछि स्वतः आउने सम्पत्तिमा समेत नीरा बञ्चित भइन्। श्रीमान्‌ले आफ्नो बाबुबाट पाएको पैतृक सम्पत्तिसमेत नीराले उपभोग गर्न पाएकी छैनन्। पारिवारिक माया पाउने आशमा रहेकी उनी मायाको साटो घरेलु हिंसाको चपेटामा पर्दै गइन्। घरेलु हिंसाले उनलाई परिवार पनि पराइ बनाइदियाे। 

दुःख गरेर जोडेका भाँडाकुँडा लत्ताकपडासमेत घरबाट निकालेर लगेपछि उनी घरमा बस्न सक्ने वातावरण भएन। न्यायका लागि सदरमुकाम धाइन। एकल महिला समूहको सहयोगमा अहिले उनी काठमाडाैंकाे एक गार्मेन्टमा उद्याेगमा काम गर्छिन्।  उनकाे साथमा अहिले छाेरी छन्।

वैदेशिक रोजगारीमा साउदी रहेका श्रीमान्‌काे उतै  मृत्यु भएपछि रोल्पा नगरपालिका १ की शान्ति विक पनि घरबाट निकालिइन्। श्रीमान्‌ खाने अलच्छिनीकाे आराेपमा उनीमाथि हिंसा भयाे।

श्रीमान्‌को मृत्युपछि सासुससुरासँगै बाँकी जीवन जीउने उनको चाहाना  पूरा हुन पाएन। ८ वर्ष आफैंले सम्हालेको घरमा उनी बस्न नपाउने गरी निकालिइन्। ५ वर्षिया छोरी च्यापेर कानुनी लडाइँका लागि अदालत धाइन्। रोल्पा जिल्ला अदालतबाट अंश मुद्दा जितेकी उनलाई परिवारले सम्पत्ति दिनुको सट्टा पुनरावेदन अदालतमा मुद्दा दियो। पुनरावेदन अदालतबाट समेत उनले सो मुद्दा जितिन तर परिवार भने फैसलाअनुसार सम्पत्ति दिन तयार भएन।

परिवार उनलाई उब्जाउ नहुने, निकास नभएको र  अप्ठेरो ठाउँको पाखो जग्गा दिन मन्जुर भयाे। उनले त्यस्तो जग्गा लिन मानिन्। जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई अंश पाउने गरी न्याय दिएपनि परिवारले भने अहिलेसम्म न्याय दिएकाे छैन। अदालतले दिएको न्याय परिवारले नदिएपछि उनी रुकुममा मजदुरी गर्दै छिन्।

एकल महिलामाथि हुने घरेलु हिंसाका यी प्रतिनिधि घटना हुन्। घरेलु हिंसा भोग्दै आएका एकल महिलाहरु सामाजिक हिंसाको समेत चपेटामा पर्ने गरेका छन्। श्रीमान्‌को मृत्युपछि उनीहरुमाथि परिवारबाटै हिंसा सुरु हुने गर्दछ।

दश वर्षे द्वन्द्वमा धेरै मानविय क्षति भएको रोल्पामा धेरै महिलाहरु एकल भएका छन्। सशस्त्र द्वन्द्वमा रोल्पाका ३२३ महिलाले श्रीमान्‌  गुमाएको अभिलेख छ।

Ncell 2
Ncell 2

श्रीमान्‌ गुमाएका उनीहरुलाई राज्यले राहत स्वरुप दिएको १० लाख रुपैयाँले थप हिंसा गरेको उनीहरुको ठहर छ। राहतले अधिकांशको परिवारमा बेमेल, झैझगडा र बैमनष्यता सिर्जना गरेकाे रोल्पा नगरपालिका  १० की  वडा सदस्यसमेत रहेकी द्वन्द्वपीडित धनमाया पुनले बताइन्।

राजनीतिक परिवर्तनमा श्रीमान्‌ले ज्यान गुमाए पनि राज्यले सम्मान नगरेको गुनासो एकल महिलाकाे छ। स्थानीय  सरकार गठनपछि उनीहरुले हेर्छन् भन्ने आश थियाे तर त्याे आश निराशामा परिणत भइसकेकाे मानव अधिकारका लागि एकल महिला समूह रोल्पाकी अध्यक्ष तुलसा आचार्यले बताइन्। हिंसामा परेका एकल महिलाहरुको पक्षमा वकालत गर्दा आफैं हिंसामा पर्ने गरेकाे उनकाे अनुभव छ।

श्रीमतीको मृत्युपछि दोस्रो विवाह गर्ने पुरुषले राज्यले उपलब्ध गराउने राहत पाइरहेको तर एकल महिलालाई भने दोस्राे विवाहपछि राज्यले दिने राहत कटौती गर्ने गरेको प्रति एकल महिलाहरुको असन्तुष्टि छ।

वैदेशिक रोजगारीमा गएका श्रीमान्‌काे उतै मृत्यु भएर एकल हुने महिलाकाे संख्या पनि राेल्पामा धेरै छ। मानव अधिकारका लागि एकल महिला समूह रोल्पाको अभिलेखमा जिल्लामा विभिन्न कारणले एकल भएका ६ हजार ५ सय महिला छन्। रोजगारीका लागि खाडी जानेकाे संख्यामा वृद्धिसँगै मृत्यु हुनेको संख्यासमेत बढ्दै गएको मानव अधिकारका लागि एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताइन्।

हिंसा पीडित महिलाका लागि अल्पकालीन आश्रय स्थलमार्फत सहयोग गरिरहेको सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाकी सचिव भावना शर्माले बताइन्। हालसम्म ३ सय बढी एकल महिला तथा बालबालिकालाई अल्पकालीन सेवा दिइसकेको शर्माले बताइन्।

श्रीमान्‌ गुमाएको पीडामा रहेका यहाँका एकल महिलालाई महिला दिवसले कहिल्यै छुदैन। महिला दिवसमा गरिने गोष्ठी, अन्तरक्रियामा त्यस्ता महिलाको सहभागिता नै हुँदैन भन्छिन्, महिला मानव अधिकार रक्षक संजाल रोल्पाकी अध्यक्ष तीर्था आचार्य।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
कोशी मुख्यमन्त्रीको कार्यकक्षमा मोबाइल लैजान प्रतिबन्ध मंगलबार, वैशाख ३०, २०८२
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति मंगलबार, वैशाख ३०, २०८२
राप्रपा रुपन्देही उपाध्यक्षसहित तीन नेताले दिए राजीनामा मंगलबार, वैशाख ३०, २०८२
सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगाेसहित पुरक अभियाेजनमार्फत मुद्दा दायर मंगलबार, वैशाख ३०, २०८२
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
हामीले कुरा गर्‍यौँ , भारत-पाकिस्तानबिचको हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली सोमबार, वैशाख २९, २०८२
अमेरिकी चर्चित रेस्लर साबुको निधन सोमबार, वैशाख २९, २०८२
महिला टी–२० एसिया क्वालिफायर M हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाकाे निर्देशन सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्