• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संस्थापन इतरको बुझाइ : विश्वप्रकाश कांग्रेसका होइन, देउवाका प्रवक्ता

64x64
लिलु डुम्रे बिहीबार, फागुन २२, २०७६  १८:००
1140x725

काठमाडौं- विश्वप्रकाश शर्माले कांग्रेस प्रवक्ताका रूपमा भन्दा बढी आन्तरिक गुटबन्दीलाई चर्काउन भूमिका खेल्ने गरेको संस्थापन इतर पक्षले आरोप लगाउन थालेको छ। उनको भूमिका पार्टीका गुटहरूबीच दुरी बढाउने र सभापतिलाई कठोर कदमका उत्प्रेरित गर्नेतर्फ केन्द्रित हुन थालेको संस्थापन पक्ष इतरको आरोप छ।

पार्टीभित्र संस्थापन पक्ष एकलौटी रूपमा गरिरहेको पछिल्ला निर्णयहरूमा शर्माको चलखेल रहेको रामचन्द्र पौडेल पक्षका एक नेताले दाबी गरे। उनका अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले लिने कतिपय निर्णयहरूमा शर्मा हाबी हुने गरेका छन्। 'शर्मा औपचारिक रूपमा पार्टीका प्रवक्ता हुन्। तर, अनौपचारिक रूपमा देउवाका 'अघोषित सल्लाहकार' र उत्प्रेरक हुन्', उनी भन्छन्।

प्रवक्ताको रूपमा शर्माले पार्टीलाई देखिने बनाएका छन्। उनको पदीय जिम्मेवारी पूरा गरेको विषयमा प्रायःले प्रशंसा नै गर्छन्। तर, आगामी महाधिवेशनलाई आफू अनुकूल बनाउन उनले संस्थापन इतर पक्षलाई पेलेरै अघि बढ्न भूमिका खेल्ने गरेको उनकै समकालीन नेताहरूको दाबी छ। शर्मा आगामी महाधिवेशनमा महामन्त्रीका दाबेदार हुन्।

प्रवक्ताको रूपमा उनले सरकार विरुद्ध सानेपाबाट प्रभावकारी युद्ध लडिरहेका छन् भन्दा पनि हुन्छ। त्यसका लागि उनले अनेक जुक्ति निकालेका छन्। 
'प्रवक्ताको रूपमा उहाँले निभाएको भूमिकाको प्रशंसा नै गर्छौं', उनकै समकालीन एक नेता भन्छन्, 'तर, पार्टीको आन्तरिक समीकरणमा उहाँको भूमिका भने सन्देहयुक्त छ।'

पछिल्लो समय सभापति देउवाले चालेका कदमको ‘क्याटालिस्ट’ शर्मा भएको संस्थापनइतर पक्षको बुझाइ छ।

एक केन्द्रीय सदस्यले हालैको एक भेटमा सुनाए, ‘संस्थापन पक्षले एकपछि अर्को निर्णय गर्नुमा पार्टी प्रवक्ताको हात बढी छ। एक पक्षलाई चिढ्याउने गरी फटाफट निर्णय गर्न सभापतिलाई उक्साउने कार्यमा प्रवक्ता शर्मा प्रत्यक्ष लागेका छन्।'

आगामी महाधिवेशनलाई आफू अनुकूल बनाउन उनले संस्थापन इतर पक्षलाई पेलेरै अघि बढ्न भूमिका खेल्ने गरेको उनकै समकालीन नेताहरूको दाबी छ। शर्मा आगामी महाधिवेशनमा महामन्त्रीका दाबेदार हुन्।

उनले मंसिर २६ गतेको केन्द्रीय कार्यालयको परिदृश्य समेत सुनाए। जहाँ, १४औं महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्नुपर्ने संस्थापन इतर पक्षको अडान थियो। सभापति देउवा त्यसका लागि तयार थिएनन्। संस्थापन पक्षका नेताहरू सभापतिको कार्यकक्षमा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कार्यकक्षमा दुई समूहका नेताहरू आन्तरिक बैठकमा थिए। आपसी सल्लाहमै बैठक बस्ने बचन सभापतिले दिएका थिए। दुई समूह विच आपसी समझदारी नै नभई बैठक सुरु भयो। पौडेल पक्षले बैठक बहिष्कार गरे।

nimb
nimb
Ncell 2
Ncell 2

संस्थापन पक्षको बैठकमा देउवाले ४१ विभाग हुने गरी प्रस्ताव ल्याए। तत्कालीन समयको स्मरण गर्दै ती केन्द्रीय सदस्य भन्छन्- ‘आपसी सहमति नजुट्दै बैठक बस्नुमा प्रवक्ता शर्माकै भूमिका थियो।'

देउवा अझ अगाडि बढ्दै गए। पुस ११ को निर्णयलाई पनि माथ गर्न थाले। अर्को पक्ष आश्चर्यचकित हुने गरी प्रस्तावहरू ल्याउँदै, पारित गर्न थाले। एकपक्षीय रूपमा धारा निलम्बन गरियो, विभाग अझै थपेर ४७ पुर्‍याइयो, महाधिवेशन कार्यातालिका ल्याइयो।

देउवाले यस्ता निर्णय गर्दै जानुमा ‘ब्याक फोर्स’मा रहेका अन्य नेताको तुलनामा प्रवक्ता शर्माको बढी हात रहेको बुझाइ उनको छ। उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार तथा महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतलाई समेत शर्माले उछिनेको उनको आरोप छ। उनकै शब्दमा देउवामाथि शर्मा प्रभावी देखिन थालेका छन्।

पौडेल पक्षका एक नेता भन्छन्- ‘सभापतिका सबैभन्दा विश्वासपात्र प्रकाशशरण हुन्। उनले चित्त नबुझेको कुरा बैठकमै अर्को पक्षसँग राख्छन्। तर, भित्रि खेलमा शर्माकै हात छ।’

कांग्रेसलाई आत्मघाती हुने देउवाको बोली होस् वा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने प्रतिक्रियामा होस्। देउवाको बोली सच्चाउने कार्य प्रवक्ता शर्माले गरेका छन्।

अन्य सहयोगीभन्दा शर्मा नै यतिखेर देउवाको बलियो सारथी भएका छन्। त्यसैको प्रतिफल हुनुपर्छ, शक्तिशाली विभागका मध्येको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख शर्मा भएका छन्। शर्मा प्रमुख रहेको विभागले सूचना संकलन गर्ने, अध्ययन विश्लेषण गर्ने, निरन्तर पार्टीको हितमा प्रचारप्रसार गर्ने, पार्टी विरुद्धका आरोपका खण्डन गर्ने कार्य गर्छ। साथै, पार्टीको मुखपत्र प्रकाशन, निर्वाचन रणनीति तथा समग्र प्रचार अभियानको मुख्य जिम्मेवारी शर्माको काँधमा आएको छ। तथापि, विभाग गठनलाई अर्को पक्षले अस्वीकार गरेको छ।

सभापति देउवाको ‘अस्वभाविक पक्षधरता’ देखाएका शर्माले देउवाका अनेकौं गलत अभिव्यक्तिको बचाउ गर्दै आएका छन्। पोखराको चुनावी सभामा कांग्रेसलाई आत्मघाती हुने देउवाको बोली होस् वा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने प्रतिक्रियामा होस्। देउवाको बोली सच्चाउने कार्य प्रवक्ता शर्माले गरेका छन्।

सभापतिको बचाउ गर्नु प्रवक्ताको स्वभाविक जिम्मेवारी मानिने भए पनि शर्मा भने 'रफ्फु मास्टर' बन्दै गरेको आरोप पार्टीभित्रै छ। यस्तो आरोपको सन्दर्भमा भने उनको जवाफ स्वभाविक छ। ‘विश्वप्रकाश शर्मा कुनै समूहसँग निकट हुनसक्छ। त्यो विश्वप्रकाश शर्माको स्वतन्त्रता हो। नेपाली कांग्रेसको प्रवक्ताका रूपमा रहेको विश्वप्रकाश शर्मा पार्टीको प्रवक्ताका रूपमा रहेको हुन्छ। यो समूह, त्यो समूहको प्रवक्ता भन्ने हुँदैन। केन्द्रीय समितिको बैठकमा म बोल्दै गर्दा प्रवक्ता गौण हुन्छ, त्यहाँ विश्वप्रकाश हुन्छ’, उनले भनेका थिए।

सभापति देउवाका अनेकौं अभिव्यक्तिका रक्षाकवच बनिरहेका छन्, शर्मा। संस्थापन इतरका विरोधी जस्ता देखिइरहेका छन्।

१३ औं महाधिवेशनमा देउवाको पक्षमा देखिएका शर्मा निर्वाचन पराजयपछि तटस्थ रहने प्रयास गरे। निर्वाचनमा पराजय भएको तीन सातापछि सात युवा नेता एकै स्थानमा उभिएका थिए। २०७४ पुस १५ मा शर्मा सहित केन्द्रीय सदस्यहरू गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, चन्द्र भण्डारी र बद्री पाण्डेले विज्ञप्ति निकालेर पार्टी हारमा सभापति देउवाको कार्यक्षमतामा प्रश्न उठाए।

शर्मासहितका युवा नेताहरूको नेतृत्वलाई प्रश्न थियो, ‘पार्टी हार्दैछ भन्ने पूर्वआभास हुँदा तदनुकूल निर्वाचन रणनीति अख्तियार किन भएन? पार्टीका सबै तहदेखि भ्रातृ संस्थाहरूको समुचित परिचालन किन गरिएन?’

तीन तहको निर्वाचन गराएर त्यसको प्रतिफल तथा जस लिन कांग्रेस चुकेको थियो। शर्मा सहितका कांग्रेस नेताको देउवालाई प्रश्न थियो, ‘हामीले नेतृत्व गरेको सरकारले जनअपेक्षाअनुसार किन काम गर्न सकेन? हामीले गरेको भनिएको लोकतान्त्रिक गठबन्धन किन राष्ट्रव्यापी, भरपर्दो र कसिलो बनाउन सकिएन?’
१३ औं महाधिवेशनमा आफूसँगै देखिएका शर्मा अर्को समूहसँगै संयुक्त विज्ञप्ति निकालेपछि सभापति देउवाले जुक्ति निकाले। आफू विरुद्ध लागेको छनक पाएसँगै सभापति देउवाले विज्ञप्ति निकालेको ११ दिन पछि शर्मालाई प्रवक्ता बनाए।

प्रवक्ता भइसकेपछि शर्माको बोली फेरियो। निर्वाचन पराजयको जिम्मेवार सभापतिले लिनुपर्ने आवाज उनको सुनिएन। नेतृत्व परिवर्तनका विषयमा उठ्न थालेको प्रश्नलाई उनले 'एजले होइन, एजेन्डा हुनेले कांग्रेसको नेतृत्व गर्ने' अमूर्त तर्क गर्न थाले।

त्यसयता, सभापति देउवाका अनेकौं अभिव्यक्तिका रक्षाकवच बनिरहेका छन्, शर्मा। संस्थापन इतरका विरोधी जस्ता देखिइरहेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
रास्वपाले ल्यायो स्थानीय चुनावका लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा (पूर्णपाठ) सभामुख अर्यालले सत्तारुढ र विपक्षी दलका सचेतकलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ। सोमबार, वैशाख २१, २०८३
कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन : प्रधानमन्त्री सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन... सोमबार, वैशाख २१, २०८३
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिको सचिवालयले जनाएको छ । सोमबार, वैशाख २१, २०८३
ताजा समाचारसबै
रास्वपाले ल्यायो स्थानीय चुनावका लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा (पूर्णपाठ) सोमबार, वैशाख २१, २०८३
कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन : प्रधानमन्त्री सोमबार, वैशाख २१, २०८३
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सोमबार, वैशाख २१, २०८३
मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी सोमबार, वैशाख २१, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्