• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कोरोना प्रकोप  : विश्व अर्थतन्त्रजस्तै संकटको बाटोमा नेपाल

64x64
सविन मिश्र बुधबार, फागुन २१, २०७६  ०९:००
1140x725

काठमाडौं- नेपालको विद्युत वितरण प्रणालीमा युरोपेली लगानी बैंकले १० करोड अमेरिकी डलर ऋण सहयोग दिने सम्झौताको मिति गत फेब्रुअरीका लागि तय भयो। सम्झौता गर्न युरोपेली बैंकबाट प्रतिनिधि नेपाल आउने र अर्थ मन्त्रालयमा नेपालसँग सम्झौतामा हस्ताक्षर हुने तयर भएको थियो।
तर, कोरोना भाइरस-कोबिड १९०को जोखिम उच्च रहेको भन्दै युरोपेली बैंकका प्रतिनिधिले नेपाल भ्रमण गर्न अस्वीकार गरे। दुवै निकायले सम्झौताको हस्ताक्षरित 'सफ्ट कपी' आदान प्रदान गरे। 

सोमबार अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै लेखे, 'कोबिड-१९ का कारण हाम्रा सदस्य राष्ट्रहरूमा निम्तिएको मानवीय त्रासदी र आर्थिक चुनौतीमा सहयोग गर्न तयार छौँ।' दुवै निकायले गरिब देशहरूमा जोखिममा रहेका मानिसका लागि सहयोगमा अन्तर्राष्ट्रिय संघ संगठनसँगै काम गर्न तयार रहेको पनि उल्लेख गरेका छन्। 

दुवै निकायले प्रकाशित गरेको विज्ञप्तिमा यो प्रकोपको स्वास्थ्य क्षेत्र र अर्थतन्त्रमा पर्ने प्रभावका लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको पनि उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूह यसका लागि सहयोग गर्न तयार रहेको पनि संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। 

यी दुई उदाहरणले एउटा रोगका कारण विश्व अर्थतन्त्रको चलायमान गति कसरी प्रभावित भइरहेको छ भन्ने प्रष्ट संकेत गरेको छ। संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोप अहिले महाशक्ति अमेरिका हुँदै ठूला अर्थतन्त्रमा फैलिसकेको छ। संक्रमणको उच्च जोखिमका कारण विश्व व्यापार प्रभावित भएको छ, पर्यटकको भ्रमण रद्द भएको छ भने अन्तर्राष्ट्रिय सम्झौताहरू पनि रोकिने अवस्थामा पुगेका छन्।

अक्सफोर्ड इकोनोमिक्सलाई उधृत गर्दै बेलायती पत्रिका दि गार्जिएनले कोरोनाका कारण विश्व अर्थतन्त्रले १० खर्ब अमेरिकी डलरभन्दा धेरैको क्षति पुर्‍याउने उल्लेख गरेको छ। यो वर्षको विश्व अर्थतन्त्रको वृद्धिदर १.३ प्रतिशतले प्रभावित हुने भन्दै उसले त्यसको प्रभाव १० खर्ब डलरभन्दा धेरै हुने उल्लेख गरिएको छ। 

कोरोनाको प्रभावका कारण संसारका ठूला कम्पनीहरूले आफ्नो त्रैमासिक बिक्रीको लक्ष्य पुरा गर्न सकेका छैनन्। 'टेक्नोलोजी जायन्ट' एप्पल तथा कार निर्माता कम्पनी ज्यागुअर ल्याण्डरोभर दुवैले व्यापारको लक्ष्य पुरा हुन नसकेको जनाएको उसको रिपोर्टिङमा उल्लेख गरिएको छ। 

कोरोना भाइरसको प्रभाव बढ्दै जाँदा संसारभरि नै वस्तुको माग र खपत कम हुँदै गएको भन्दै यसले अर्थतन्त्रलाई शिथिल बनाउने वर्ल्ड इकोनोमिक फोरमले जनाएको छ। 'नोबल कोरोनाका कारण कच्चा तेलको मागमा ठूलो प्रभाव देखिएको छ,' उसले भनेको छ। 

कोरोना भाइरसका कारण अहिले संसारका ठूला कम्पनीहरूले उत्पादन बन्द गरेका छन्। चीनमा रहेका बहुराष्ट्रिय कम्पनीहरुले उत्पादन बन्द गर्न थालेका छन्। यसले उत्पादन र आपूर्ति दुवै बन्द गराइदिँदा अर्थतन्त्रको विस्तारको गतिलाई नै प्रभावित पार्न सक्ने आँकलन गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्र बैंकले दियो संकेत
नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधी समीक्षामा विश्व अर्थतन्त्रमा आएको सुस्ती र चीनमा देखिएको कोरोना संक्रमणको प्रभाव अन्तर्राष्ट्रिय बजारमा तेलको माग र मूल्यमा देखिन थालेको उल्लेख गरिएको छ। पेट्रोलियम पदार्थको मूल्यमा आउने कमीले आयात व्यवस्थापनलाई सहज बनाउने भएता पनि विप्रेषण आप्रवाह प्रभावित हुने सम्भावना पनि छ। 

'छिमेकी मुलुकलगायत विश्व अर्थतन्त्रमा आएको सुस्ती, विश्वका केही देशहरुमा फैलिरहेकाे कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्न सक्ने असर तथा वर्षेवाली धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धि प्रभावित हुने देखिएको छ,' राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको समीक्षामा भनेको छ। 

राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरू पहिचान गरी त्यस्ता क्षेत्रहरूमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनरसंरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाहरूमा आवश्यकताअनुसार पुनरावलोकन गरिने पनि उल्लेख गरेको छ। यसको अर्थ केन्द्रीय बैंकले यो भाइरसका कारण अर्थतन्त्रमा पर्न सक्ने नकारात्मक प्रभावबाट जोगिने गरी गर्नुपर्ने काम बारे संभावित बाटो पनि देखाएको छ। 

कोरोना भाइरसको संक्रमणका कारण पर्यटन र व्यापारिक गतिविधि प्रभावित हुने जोखिम बढेको पनि केन्द्रीय बैंकको समीक्षामा उल्लेख गरिएको छ। 

Xtrem

Xtrem

औद्योगिक कच्चा पदार्थमा समस्या पर्न सक्ने
नेपालमा उत्पादन हुने अधिकांश वस्तुको कच्चा पदार्थ भारतसहित विभिन्न देशबाट आयात हुन्छन्। कोरोनाकै कारण चीन र नेपालबाट धेरै सामान आयात हुने तातोपानी र रसुवागढी भन्सार बन्द भैसकेका छन्। चीनबाट नेपाल सामान आयात हुने यी दुई नाका बन्द हुँदा तयारी वस्तु तथा औद्योगिक कच्चा पदार्थ आयात प्रभावित बनेको छ। 

नेपालमा चीनबाट जलविद्युत आयोजनाका लागि प्रयोग हुने ठूला उपकरण आयात हुन्छन्। ती वस्तुहरुको आयात रोकिँदा जलविद्युत आयोजनाको काममा नै बाधा पर्छ। यसैगरी कोरोनाका कारण नाकामा कडाइ हुँदा भारतबाट हुने निर्यात पनि प्रभावित बनेको छ। डण्डीसहितका ठूला उद्योगका लागि ल्याइने कच्चा पदार्थ आयातमा समस्या हुँदा नेपाली उद्योग समस्यामा पर्ने उद्योगीहरु नै बताउँछन्। 

'उपभोग्य तयारी वस्तु हुन् या औद्योगिक कच्चा पदार्थ, ती वस्तुहरुको आयात प्रभावित हुँदा हाम्रो औद्योगिक उत्पादनमा प्रतिकूल प्रभाव पर्छ,' अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुर्‍याल भन्छन्। 

निर्माण क्षेत्रमा कामदारदेखि परामर्शदातासम्म छैनन्
नेपालमा सञ्चालित विकास आयोजनामा चिनियाँ परामर्शदाता, ठेकेदार र कामदार कार्यरत छन्। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्यतु आयोजना, गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थलको निर्माणमा चिनियाँ कामदार, ठेकेदार र परामर्शदाता कार्यरत छन्।

यीमध्ये अधिकांश कोरोना सुरु हुनु अघि चीनमा नयाँ वर्ष मनाउन गएका थिए। तर यही बीचमा कोरोनाको प्रकोप बढ्दा उनीहरु नेपाल आउन समस्या भयो। 'केही हालसालै आएर काम गरिरहेका छन्, केही आउन पाएका छैनन्,' एक आयोजना प्रमुखले भने, 'काममा प्रभाव परेको सत्य हो।'

अर्थशास्त्री डा पारस खरेल कोरोनाको प्रभावका सम्बन्धमा नेपालमा अध्ययन नभइसकेको भए पनि यो समस्या लम्बिए अर्थतन्त्रमा प्रभाव बढ्दै जाने बताउँछन्। 'जलविद्युत आयोजनादेखि विमानस्थलसम्ममा कामदार अभाव भएको छ, यसले उनीहरुको काममा प्रभाव परेको छ,' उनले भने, 'कोरोनाको प्रभाव लामो भयो भने झन् समस्या बढ्दै जाने निश्चित छ।' 

सेवा क्षेत्र ठप्प
अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने सेवा क्षेत्रमा यो प्रकोपको सबैभन्दा ठूलो प्रभाव देखिएको छ। सरकारले महत्व दिएको नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम रद्द भएका छन्। नेपालमा विदेशी पर्यटकको आवागमन ठप्प प्राय हुने अवस्थामा पुगेको छ। अहिले अधिकांश होटलको बुकिङ रद्द हुन थालेका छन्। होटलहरु १५-२० प्रतिशतमा मात्रै अकुपेसनमा सञ्चालनमा रहेका छन्। 

'सरकारले नेपला भ्रमण वर्ष सम्पन्न गर्नका लागि गरेको लगानीको प्रतिफल नै प्राप्त नगरी सम्पूर्ण कार्यक्रम स्थगन गर्नुपर्‍यो,' अर्थशास्त्री प्याकुर्‍याल भन्छन्, 'अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने क्षेत्र नै शिथिल हुँदा यसको धेरे क्षेत्रमा असर पर्छ। मुलुकको कूल गार्हस्थ उत्पादनको वृद्धिदरदेखि रोजगारी सिर्जनासम्ममा समस्या पर्छ।'

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सेवा क्षेत्रअन्तर्गत भ्रमण आय शीर्षकमा सरकारले ४२ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ। वार्षिक करिब १ खर्ब रुपैयाँ आय हुने यो क्षेत्र कोरोनाबाट उच्च प्रभावित बनेको छ। 

'कोरोनाको समस्या सधैं रहने होइन, हामीलाई अल्पकालीन क्षति भएको त छ तर दीर्घकालीन फाइदा लिने गरी सरकारले आन्तरिक पर्यटन विस्तार गर्ने र पर्यटन पूर्वाधार बढाउने गरी काम गर्नुपर्छ,' पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठले भने।

पर्यटन व्यवसायी बसन्त मिश्र दीर्घकालीन सोचसहित सरकार अघि बढ्नुपर्ने बताउँछन्। अर्का व्यवसायी सुमन पाँडे कोरोनाको प्रकोपका कारण नेपालको पर्यटन क्षेत्र भूकम्प र नाकाबन्दीकै जस्तो अवस्थामा फर्किएको उल्लेख गर्छन्। 'हामी फेरि केही पछाडी परेका छौँ,' उनले भने, 'सरकार अब दीगो पर्यटन विकासका लागि नयाँ सोचसहित अघि बढ्नुपर्छ।'

आर्थिक वृद्धिमा गम्भीर धक्का
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुख्य खाद्यबाली धानको उत्पादन गत वर्षको तुलनामा कम भएको जनाएको छ। राष्ट्र बैंकका अनुसार यो वर्ष धानको उत्पादन ५५ लाख ५१ हजार मेट्रिक टन भएको छ। यो उत्पादन गत वर्षको तुलनामा १ प्रतिशत कम हो।

पूर्वाधार क्षेत्रमा सुस्तता, पर्यटन क्षेत्रमा संकट, कमजोर वैदेशिक व्यापार र कृषि उत्पादनमा समेतमा भएको गिरावटले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्यअनुसार नहुने निश्चित देखिएको छ। सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। विश्व बैंकले ६.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने जनाएको छ।

'मुख्य क्षेत्रहरु सबै कमजोर भएका छन्, यस्तो अवस्थामा मुलुकले निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने देखिन्छ,' प्याकुर्‍याल भन्छन्, 'यो वर्ष ५.५ प्रतिशत आर्थिक वृद्धिदर भयो भने ठूलो कुरा हुनेछ।'

अर्थमन्त्री डा युवराज खतिवडाले यसअघि चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा आर्थिक वर्षको सुरुवातमा प्रक्षेपित वृद्धिदरको नजिकनजिक उपलब्धि हुने बताएका थिए।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्