• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सिक्का छाप्न नसकिने देशमा सेक्युरिटी प्रिन्टिङ! 

भएका मेसिन पनि सुनधारामा अलपत्र अवस्थामा
64x64
अरुण सापकोटा मंगलबार, फागुन २०, २०७६  १५:३५
1140x725

काठमाडौं–सरकारले प्रचलित सिक्का छाप्न १० वर्ष अगाडिदेखि योजना बनाए पनि अहिलेसम्म काम गर्न सकेको छैन। २०६७ सालतिर नेपाल राष्ट्र बैंकले सर्कुलेसन क्वाइन नेपालमै छाप्ने भनेर केही मेसिन ल्यायो। तर पुरा मेसिन आउन नसक्दा सर्कुलेसन क्वाइन छाप्न नसकेको नेपाल राष्ट्र बैंक टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। 

राष्ट्र बैंकले सिक्का छाप्न ल्याएका ती मेसिन अहिले सुनधारामा अलपत्र अवस्थामा छन्। करिब ५० वटा काम लाग्ने र कामै नलाग्ने २३ वटा मेसिन अहिले खुला आकासमुनि असुरक्षित अवस्थामा छन्। पानी पर्दा भिजेर बिग्रने अवस्थामा रहेका तिनलाई अझै पनि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सुरसार छैन। 

सुनधारास्थित टक्सार विभागको जग्गा धरहराले लिने भएपछि हाल बबरमहलमा सारिएको छ। ती सबै मेसिन बबरमहलमै स्थानान्तरण गर्ने भनिए पनि तत्कालीन औषधि लिमिटेडले आफ्नो सामान गोदामबाट नलैजाँदा ती सबै मेसिन जोखिममा परेका हुन्। 

औषधि लिमिटेडले हिसाबकिताब मिलाउन नसक्दा गोदाम खाली हुन नसकेको हो। नेपाल पुनर्निर्माण प्राधिकरण नेपाल सरकार र नेपाल राष्ट्र बैंकबीच सम्झौता भएपछि उक्त भवनमा राष्ट्र बैंकको विभाग सार्ने सहमति भएको थियो। 

पुस महिनामै ती सबै मेसिन बबरमहल सार्ने योजना भए पनि औषधि लिमिटेडको अटेरीले पैसा छाप्ने मेसिन बिग्रिने जोखिम रहेको आचार्यले बताए। आवश्यक व्यवस्थापन नै नगरी नेपाल राष्ट्र बैकले मेसिन रहेको भवन भत्काउदा यस्तो अवस्था सिर्जना भएको हो। 

सम्पूर्ण मेसिनलाई प्लास्टिकले छोपेर राखिएको छ। भवन भत्काउदा ती धुलाम्मे छन्। अझै पनि यस्तै अवस्थामा रहने हो भने सबै मेसिन बिग्रने र नियमित रुपमा छापिँदै आएका टकमरी तथा स्मारिका सिक्का छाप्ने काम रोकिने छ।

Ncell 2
Ncell 2
nimb
nimb

किन छाप्न सकिएन सर्कुलेसन क्वाइन 

नेपाल राष्ट्र बैंकले २०६६ सालमा एक रुपैयाँ र दुई रुपैयाँ दरका सर्कुलेसन क्वाइन ठूलो मात्रामा छाप्यो। विदेशमा छापेर ल्याइएको उक्त सिक्का अझै पनि राष्ट्र बैंकले वितरण गरिरहेको छ। यसै अवधिमा नेपाल राष्ट्र बैंकले नेपालमै सिक्का छाप्ने भनेर केही मेसिन ल्यायो। तर ती मेसिन पर्याप्त नहुँदा छाप्न नसकिएको आचार्यले बताए। उनले भने, ‘सर्कुलेसन क्वाइन छाप्न मेसिन किनिए पनि पुरै मेसिन आएन, भएका मेसिन पनि धेरै पुराना भैसकेका छन्। पुराना मेसिन भएका कारणले अहिले क्वाइन छाप्न सकिएको छैन।’

सर्कुलेसन क्वाइन नै छाप्ने योजनाका साथ ती मेसिन ल्याइए पनि स्मारिका सिक्का, टकमरी, असर्फी, नेपाल सरकार तथा विभिन्न संघ संस्थाले दिने मेडल छाप्नेबाहेक अरु काम हुन सकेन। पैसा छाप्ने योजना बनाउदा बनाउदै अहिले नेपाल राष्ट्र बैंकले वितरण गर्ने सर्कुलेसन क्वाइनकै अभाव हुन थालेको छ। 

निकट भविष्यमा सर्कुलेसन क्वाइनको अभाव हुने अवस्थामा छ। अहिले जगेडा रहेको क्वाइन एक वर्षभन्दा बढी धान्न सक्ने अवस्था छैन। भएका क्वाइन पनि मागअनुसार दिन सकिरहेको छैन। 

Xtrem

Xtrem

कसैलाई एक किलो सर्कुलेसन क्वाइन चाहियो भने राष्ट्र बैंक दिन सक्ने अवस्थामा छैन। नेपालमा उक्त पैसा छाप्न नसक्ने अवस्था आएपछि नेपाल राष्ट्र बैंकले फेरि पनि विदेशबाट सर्कुलेसन क्वाइन छाप्न नेपाल सरकारलाई प्रस्ताव पठाएको छ। हाल नेपाल राष्ट्र बैंक सर्कुलेसन क्वाइन छाप्ने भन्दै ग्लोबल टेण्डरको आह्वान गर्ने तरखरमा छ। जबकि १० वर्ष अगाडि ल्याइएका मेसिनमा गरिएको लगानी बालुवामा पानी जस्तै भएको छ। 

नेपाल राष्ट्र बैंकले नेपालमै सर्कुलेसन क्वाइन नछाप्नुको अर्को कारण धेरै लागत पर्ने भएकाले पनि हो। अहिले भैरहेकै मेसिनबाट सर्कुलेसन क्वाइन छाप्ने हो भने थप महंगो पर्नेछ। अहिले नेपालमा छाप्नुभन्दा विदेशबाट छापेर ल्याउदा सस्तो पर्ने राष्ट्र बैंकका पदाधिकारी बताउछन्। 

एक रुपैयाँ दरका सर्कुलेसन क्वाइन विदेशबाटै छापेर ल्याउदा पनि एक रुपैयाँभन्दा धेरै पर्छ। एक र दुई रुपैयाँका दरका सर्कुलेसन क्वाइन यसै पनि मंहगो पर्न जान्छ। यदि नेपालमै छाप्ने हो भने थप महंगो पर्ने उनीहरुको तर्क छ। 

एक पटकको असफलतापछि नयाँ मिन्ट खोल्ने दीर्घकालीन योजनामा नेपाल राष्ट्र बैंक 

नेपाल राष्ट्र बैंकले दीर्घकालीन योजना बनाएरै पैसा छाप्ने मिन्ट तयार पारिने थानेश्वर आचार्यले जानकारी दिए। राष्ट्र बैंकको भक्तपुरमा केही जग्गा रहेको र त्यहाँ फुल फ्लेजको मिन्ट तयार पारिने उनले बताए। यो आयोजना अबको चार पाँच वर्षमा सकिने उनले जनाए। उक्त मिन्ट नयाँ प्रविधियुक्त र नयाँ जनशक्तियुक्त हुनेछ। 

उनले भने, ‘नेपाल राष्ट्र बैंकले प्रकृया अगाडि बढाइसकेको छ। त्यसपछि सर्कुलेसन क्वाइन पनि नेपालबाटै छाप्ने योजना छ।’ त्यसपछि नेपाल सर्कुलेसन क्वाइन, स्मारिका सिक्का, मेटालियल असर्फीमा पूर्ण आत्मनिर्भर हुने छ।

नेपालमा दैनिक एक लाख रुपैयाँको क्वाइन आवश्यक पर्छ। ‍यसका लागि सधै नयाँ क्वाइनमात्रै चाहिन्छ भन्ने छैन। यसका लागि पुराना क्वाइनलाई धोइपखाली बजारमा पुनः पठाउन सकिन्छ। यसका लागि छुट्टै मेसिन आवश्यक पर्छ। 

कुनै समय सुनधाराको टक्सार विभागलाई हटाउनेसम्मको खेल भयो। तर उक्त काम सफल हुन सकेन। यदि राष्ट्र बैंकले टक्सार विभागलाई राम्रोसँग सञ्चालन गर्ने हो भने वार्षिक अर्बौ रुपैयाँ लाभ लिन सक्ने अवस्था छ। अघिल्लो वर्षमात्रै नेपाल राष्ट्र बैंकले एक अर्ब रुपैयाँको सेवावापतको लाभ आर्जन गरेको थियो। यदि राष्ट्र बैंकले फुल फ्लेजमा काम गर्न सक्ने हो भने वार्षिक अर्बौ रुपैयाँको सेवा वापतको लाभ उठाउन सक्ने आचार्य बताउछन्। 

याे पनि

औषधी लिमिटेडको अटेरीले भिजिट २०२० को स्मारिका सिक्का छाप्न ढिलाइ

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्