काठमाडौं- बच्चा बोकेकी एक महिलामाथि कुटपिट गर्ने महानगरीय प्रहरी प्रभाग भैसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेल जिम्मेवारीबाट हटाइएका छन्। प्रहरी निरीक्षक सुजित ओझालाई भैसेपाटी प्रभाग प्रमुखको जिम्मेवारी दिइएकाे छ।
बच्चा बोकेकी एक महिलामाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले प्रहरी निरीक्षक पौडेलमाथि छानबिन सुरु छानबिन सुरु भएकाे थियाे।
नेपाली सेनाका पूर्वसहायक रथी हेम खत्री र माला शाहबीच भएको विवाद मिलाउन भन्दै अभियन्ता बनेर बच्चासहित पुगेकी हेमा श्रेष्ठलाई निरीक्षक खत्रीले लट्ठीले कुटपिट गरेका थिए।
हेमासहितका महिला पूर्वसहायक रथी खत्रीको भैंसेपाटीस्थित घरमा पुगेका थिए। सो क्रममा हेमामाथि कुटपिट भएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन सुरु गरेको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।