बैतडी- जिल्लामा आइतबार बिहान स्कारपियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा दार्चुलाको महाकाली नगरपालिकाका ४८ वर्षीय विष्णुदत्त भट्ट रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। धनगढीबाट दार्चुला जाँदै गरेको बा १३ च ३१८० नम्बरको स्कारपियो महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा बिहान साढे ५ बजे दुर्घटनामा परेको हो।
स्कारपियो सडकबाट १५ मिटर तल खसेको छ। चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने बैतडीले प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।