काठमाडौं- नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षामा ४४ प्रतिशत उत्तीर्ण भएका छन् भने ५६ प्रतिशत डाक्टर फेल भएका छन्।
काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले परीक्षामा ३४ विधाका ३ सय १५ डाक्टर सहभागी भएको तर ४४ प्रतिशत डाक्टर मात्र पास भएको जानकारी दिए।
काउन्सिलका अनुसार सबैभन्दा बढी रेडियोलोजी र अर्थोपेडिक्सका डाक्टर परीक्षामा सहभागी थिए। 
शनिबार नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङमा बिहान ९ देखि ११ बजेसम्म भएको परीक्षा भएको थियो।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।