काठमाडौं- नेपाल रेडक्रस सोसाइटीको केन्द्री महाधिवशेन एक महिना सारिएको छ। 
काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिले विशेष कारणवस एक महिना सार्ने निर्णय गरिएको रेडक्रसले जानकारी दिएको हो।  
यसअघि रेडक्रसको महाधिवेशन २०७६ फागुन २१–२३ गते काठमाडौँ हुने तय भएको थियो। 
आगामी चैत्र २३ देखि २५ गतेसम्म काठमाडौँमा हुने गरी मिति हेरफेर गरिएको बताइएको छ।
'नेरेसोलाई कानुनी हिसाबले सुदृढ र व्यवस्थित गर्न नेपाल रेडक्रस र नेपाल सरकारका विभिन्न निकायहरुको बीचमा भरहेको छलफल र  पहललाई थप बल पुर्याउनुका साथै संस्थागत सकारात्मक परिणाम हासिल गर्ने सन्दर्भमा  रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आइएफआरसीको मुख्यालय जेनेभालाई वस्तुगत जानकारी गराई संस्थागत अनुरोध गरिए अनुसार केही समय आवश्यक हुने भएका कारण महाधिवेशनको मिति एक महिना पर सारिएको हो,' सोसाइटीका अध्यक्ष सञ्जीव थापाको भनाइ छ। 
यसअघि पनि पटकपटक तोकिएको सोसाइटीको महाधिवेशन विभिन्न कारणले समयमा हुन सकेको छैन। 
२०७२ भूकम्पपछि आएको सहयोगमा अनियमितता भएको विषयमा विभिन्न निकायमा परेको उजुरीका कारण सोसाइटीको महाधिवेशन प्रभावित बन्दै आएको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।