काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। उनी शुक्रबार २ बजे हेलिकप्टरमा सुकुटे गएका हुन्। 
उनले शनिबार सकुटे महोत्सवको उद्घाटनसमेत गर्ने बुझिएको छ। महत्वपूर्ण राजनीतिक निर्णय गर्नुअघि सुकुटे पुग्ने गरेका उनी आरामका लागि भन्दै त्यहाँ पुगेका हुन्। पार्टीमा राष्ट्रिय सभामा कसलाई लैजाने भन्ने विवाद तीव्र भइरहेका बेला त्यहाँ पुग्नुलाई विशेष रुपमा हेरिएको छ। 
शुक्रबार बिहानै नेकपाका केही शीर्ष नेतासँग गोप्य छलफल गरेका उनी त्यसपछि चितवन पुगेका थिए। चितवनमा उनले राष्ट्रिय सभामा बामद्प गौतम नै सिफारिस गरिने दोहोर्याएका छन्।







 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।