काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साहित्य सिर्जनामार्फत् सामाजिक तथा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्ने बताएका छन्।
गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री भट्टराईले सबै खालका नकारात्मक पाटोलाई चिर्ने सशक्त औजार साहित्य भएको बताए।
बेग्लै प्रसंगमा मन्त्री भट्टराईले देशले राजनीतिक निकास पाएको वर्तमान अवस्थामा आर्थिक विकास सबैको साझा एजेण्डा हुनुपर्ने बताए। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले मुलुक समृद्धितर्फ अघि बढिरहेको दाबी गरे।
बागमती प्रदेशका भौतिक, पूर्वाधार मन्त्री रामेश्वर फुयालले साहित्यलाई पनि उत्पादनको क्षेत्र बनाउनु पर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।