Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

इँटा र धुलोको थुप्रोमा फक्रिरहेका कोपिलाहरू

64x64
निर्मला घिमिरे शुक्रबार, फागुन ९, २०७६  १५:१८
1140x725

भक्तपुर– जिन्दगीको सुरुवात नै धुलोबाट हुन्छ, कलिला पैतालाहरु धुलोमै घिस्रिन सुरु गर्छन्। र, बिस्तारै तातेताते गर्दै इँटाको थुप्रोसम्म पुग्छन्। यस्तै कोपिलाहरु भक्तपुरस्थित इँटा उद्योगमा आफ्नै सुरमा खेलिरहेका भेटिन्छन्।

कोही तातेताते सुरु गरेका, कोही धुलोसँगै रहर साटिरहेका त कोही त्यहीँ धुलो र इँटामाथि पसिना पोखिरहेका।

उमेर उस्तै, रहर पनि उस्तै। कापी-कलम समातेर कखरा सिकिरहेकाहरुको जस्तै। अनि आमाबुबाको हात समातेर हिंडिरहेकाहरुको जस्तै।

तर, कापी-कलम समाउने ती हातहरु धुलोमा रुमल्लिरहेका छन्। भर्खर बनाएर खलोमा सुकाएको इँटाजसरी नै  सुकाउँदै लगेको छ बाध्यताको रापले उनीहरुको भविष्यको सुन्दर सपना।

ती मुटु नै चसक्क बनाउने अमिट दृश्यहरु क्यामेरामा कैद भइरहेका छन्। क्यामेरामा कैद हुन नसकेका तस्बिरहरु आँखाभरि छाएका छन्। यो उनीहरुको कुनै रहर नभएर परिस्थितिको कथा हो, बाँच्नकै लागि संघर्षको धुलोमा भेटिएका पालुवाको।

दिउँसो १ बजेको टन्टलापुर घाम। पारिपट्टि इँटाको चिम्नीमा धुँवा उडिरहेको देखिन्छ। सो चिम्नीलाई पृष्ठभूमि बनाएर इँटाको थुप्रोनजिकै कलिला हातहरु माटोसँग लडिबुडी गरिरहेका भेटिन्छन्।

परिस्थितिले थिचिएका पैतालाहरु धुलोमै पनि बडो मुस्किलले तंग्रिन्छन् र त्यहीँ पछारिन्छन्। पुनः उठेर सोही माटोलाई चिमोटिरहन्छन् १ वर्षका बालक। उनीसँगै उनका १५ वर्षका दाजु दीपक तामाङ पनि माटोसँग खेलिरहेका भेटिन्छन्।

दिपक तामाङ र उनका भाइ माटोमा खेल्दै

खलोनजिकै काँचो इँटाबाट ठड्याइएको सानो छाप्रोबाट उनीहरुका बुबा वीरबहादुर तामाङ निस्कन्छन्। उनले इँटा बनाउने काम थालेको ४ महिना भयो। उनी, श्रीमती र दुई छोराहरुसँगै इँटा पार्ने काम गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘कान्छो सानै छ, आउँदा ८ महिनाको थियो अहिले १ वर्ष पुग्यो। माइलो र जेठो छोरा हामीसँगै काम गर्न सक्ने भए, के गर्नु पढाउन सकिएन’ हेटौँडाका वीरबहादुर भन्छन्। वीरबहादुरले छोराहरुको भविष्य नसम्झिएका त कहाँ हुन् र? छोराहरु पढाउनकै लागि भनेर उनले केही वर्ष काठमाडौंमा बिताए। दुःख सुख गरे। भारी बोके पसिना बगाए। तर, सोचेजस्तो कहाँ हुनु?

दुःखको कुरा काम नियमित नपाउँदा काठमाडौंमा छाक टार्न बडो मुस्किल भयो उनलाई। सन्तानलाई पढाउन सकेनन्। अभावले अति नै पिरोल्न थालेपछि ३ छोरासहित श्रीमती र उनी इँटाभट्टातिर हानिए। ‘आफू पढ्न सकिएन। छोराछोरी पढाउँछु भन्दा पनि सकिनँ’ उनी लामो सुस्केरा काड्छन्।

यस्तै परिस्थितिले गर्दा उनका १५ र १३ वर्षका छोराहरु इँटामाथि पसिना पोख्न बाध्य छन्। सानाे छोराे धुलोको संसारमा लडिबुडी गर्दै हुर्किरहेकाे छ।

दिन ढल्किँदै थियो। सोही दृश्य छिचोल्दै अलि पर पुगेपछि फेरि अर्को उस्तै दृश्य कैद भयाे। दुई बालकहरु इँटाबाट बनेको सानो ओतलाग्ने छाप्रोबाट चिहाइरहेका भेटिए।

Xtrem

Xtrem
छाप्रोबाट चिहाउँदै दुई बालक​

कहिले बाहिर त कहिले भित्र दौडिरहे उनीहरु। छाप्रोको अगाडिपट्टि रहेको सानो ठेलामाथि चढे र त्यसैमाथि थचक्क बसे।

'मेरो छोराले गाडी चलाएको हो? छेवैमा रहेकी उनकी आमा विनिसा स्याङतानले खित्का छाड्दै छोरालाई जिस्काइन्'- ठूलो भएर ड्राइभर बन्छ कि क्या हो? ‘ठूलो भएर त म यो गुडाउन सक्छु’ ती बालकले जवाफ दिए। जवाफमै समेटिएको थियो उनले देखेको र भोगेको संसार।

ठूलो भएपछि आफूले पनि अरुले जस्तै त्यो गाडा गुडाउने सपना साँचेका उनी प्रफुल्लित मुद्रामा थिए। हुन त मान्छेको खुसी पैसामाथि होइन, परिस्थितिमाथि भर पर्छ। ती बालक पनि आफू जुधिरहेको परिस्थितिमाथि नै खुसी देखिन्थे।

हेडौँटाको सामरीका विनिसा स्याङतान र केशरी स्याङ्तानका यी दुई छोराको टुकुटुकु हिंडेर विद्यालय जाने उमेर हो यो। तर, ३ महिना अगाडिदेखि उनीहरु भक्तपुरको इँटा भट्टामा हुर्किइरहेका छन्।

‘विद्यालय भर्ना गर्ने बेला त भयो, के गर्ने खै, काम नगरी नहुने’ आमा विनिसाले सुनाइन्।

इँटाबाटै फूल्न संघर्ष 
ढुंगामाथि बिरुवा उम्रिन र हुर्कन सम्भव त छैन, तर ढुङ्गाकाे कापमा उम्रिने अवसर पाएका केही बिरुवा ढुंगा छिचोल्दै बडो मुस्किलले फूल्ने हिम्मत राख्छन्।

इँटाभट्टा वरिपरि पनि त्यसैगरी संघर्षरत छन्  यी बालबालिकाहरु। इँटाको थुप्रोले थिचिदिएको आफ्नो सपना साकार पार्न बडो मुस्किलले दौडिइरहेका छन्। सोही संघर्षमा दौडधुप गरिरहेका एक बालक काँचो इँटाबाट बनाइएको एक छाप्रोको ढोकानेर देखापर्छन्।

एउटा हातमा धुलाम्य एक पन्ना कागज अर्को हातमा कलम। हुलियामा पातलो मैलो टिसर्ट र जिन्सको पाइन्ट। अनुहारभरि लतपतिएको धुलो। नाकबाट सिँगान बगेको। तर, निस्फिक्री हाँसिरहेको अनुहार।

कागज समातेर नेमाका कान्छा छोरासँगै उभिएका बालक

‘तिमी स्कुल जान्छौँ?’
‘जान्छु’ मुस्कुराउँदै उनले जवाफ दिए।  
‘आज किन गएनौ त?’ 
‘आज बिदा छ’ उनले भने।

उनका बुबा नेमा तामाङकाअनुसार ५ वर्षका यी बालक भक्तपुरस्थित भीमआदर्श माविमा अध्ययनरत छन्। ‘अहिले एलकेजी कि के भन्छ नि त्यतिमा पढ्छ’ नेमा सुनाउँछन्।

इँटा बनाउने काम गर्दै आएका काभ्रेका नेमा तामाङका एक छोरी र दुई छोरा छन्। छोरी गाउँकै विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन् भने दुई छोराहरु इँटाभट्टामा आफूसँगै राखेर पढाउँछन्।

‘होस्टेलमा राखेर पढाउन सकिँदैन। यहीँ नजिकैको स्कुल जान्छन्’ उनी सुनाउँछन्।

जसले भट्टामै जन्मिएर १५ वर्ष बिताए
इँटाभट्टाको चिम्नीनजिकै साथीहरुसँग खेलिरहेका भेटिए भारत दरभंगा विहारका १५ वर्षीय खच्चरकुमार। तर, यो उनको दैनिकी भने होइन। अरु दिन कति पटकमा हजारवटा इँटा बोक्न सक्छु भनेर बोकेर दौडिरहने खच्चरकुमार साप्ताहिक बिदा भएका कारण फुर्सदिला देखिन्थे।

खच्चरकुमार (बायाँ) र उनका साथी तल्लु

‘तिमी यहाँ के गर्छौ?’ 
‘इँटा बोक्छु।’
‘कहिलेदेखि काम सुरु गरेको?’
‘१५ वर्षदेखि यहीँ छु।’
आमाबुबा पनि सँगै हुनुहुन्छ? 
‘अहिले आमा इन्डियामा हुनुहुन्छ। म बुबासँग छु’

बुबाआमा इँटाभट्टामा काम गर्न आएका बेला जन्मिएका खच्चरकुमारले १५ वसन्त भट्टामै पार गरिसकेका छन्। कहिले धुलो र धुँवाको मुस्लोसँगै लडिबुडी गर्दै त कहिले धुलो र इँटामाथि निरन्तर पसिना चुहाउँदै।

प्रायः भट्टामा हरेक वर्ष मंसिरदेखि बैशाखको पहिलो हप्तासम्म ६ महिना काम हुन्छ। ६ महिना फुर्सद। तर चिन्ताको फुर्सद। सानैदेखि काम गर्न बानी परेका खच्चरकुमारलाई फुर्सदले नै चिमोटिदिन्छ।

उनी भन्छन्, ‘ आफूलाई खाने खर्च आफैँ जुटाउनुपर्छ। ६ महिना काम गरेको थोरै पैसा त साथमा हुन्छ तर फेरि बाँकी ६ महिना बेरोजगार हुँदा चिन्ता हुन्छ।’ त्यो समय उनी भारत जान्छन् र घरमै बस्छन्।

खच्चरकुमार जस्तै विहारबाट थुप्रै बालबालिका इँटा भट्टामा काम गर्न आउँछन्। ६ महिना काम गर्छन् र ६ महिना विहार फर्कन्छन्।

वर्ष फेरिएसँगै ओहोरदोहोर चलिरहन्छ।

खच्चरकुमारका साथी १२ वर्षीय तल्लु सदा पनि भक्तपुरस्थित इँटाभट्टामा आधा वर्ष बिताउँछन् र आधा वर्ष विहारमै। उनका बुबाआमा विहारमै ज्याला मजदुरी गर्छन्। अहिले खाए भरे के खाने भन्ने चिन्ता हुन्छ उनलाई।

‘विहारमा मेरो पढाइ पनि थिएन, काम गर्न सक्ने भएँ त्यसपछि नेपाल आएँ’ तल्लु सुनाउँछन्। तल्लुले भट्टामा संघर्ष थालेको ३ वर्ष भयो।

भट्टामा मौलाउँदै बालश्रम
देशैभरका इँटा उद्योगमा बालश्रम प्रयोग भइरहेको पाइएकाे छ। आमाबुबा उद्योगमा काम गर्न आउने भएपछि बालबालिकाहरु पनि आमाबुबासँगै आउँछन्। त्यहीँ हुर्किन्छन् र त्यहीँ काम गर्न सुरु गर्छन्।

देशभर १ हजारभन्दा बढी इँटाभट्टा सञ्चालनमा छन्। उपत्यकामा मात्रै करिब २ सयको हाराहारीमा इँटा उद्योग सञ्चालनमा छन्। 

बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्रसरकारी संस्थाहरुले हाल इँटा उद्योगमा कार्यरत बालबालिकाको संख्या कति छ भनेर तथ्यांक राख्न सकेका छैनन्। न त बालश्रम अन्त्यका लागि पहल गर्न सकेका छन्। देशैभरका इँटा उद्योगमा हजाराैंकाे संख्यामा बालबालिकाहरु कार्यरत रहेको अनुमान गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागले हरेक महिना बालश्रम निरीक्षण गर्दै आएको बताएको छ। विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले इँटाभट्टालगायत अन्य विभिन्न कलकारखाना तथा उद्योगहरुमा विभागले बालश्रम निरीक्षण गर्दै आएको बताए। इँटाभट्टामा बालश्रम मौलाउँदै गएको उनले स्वीकार गरे।

‘इँटाभट्टामा बालश्रम अन्त्यको विषय निकै चुनौतीपूर्ण छ। बालबालिकाहरुलाई व्यवसायिक लाभका लागि श्रममा लगाउन पाँइदैन तर आफ्नै आमाबुबासँग आएका बालबालिकाहरु श्रममा संलग्न छन्। बाबुआमासँग हुँदाहुँदै उद्धार गर्ने कुरा भएन,' निर्देशक उपाध्याय भन्छन्, 'हामीले काममा नलगाउनु भनेर निर्देशन दिइरहेका छौँ।’

सरकारले बालश्रम अन्त्यका लागि बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५-०८५) नै जारी गरिसकेको छ। उक्त गुरुयोजनाले विस २०७९ सम्म शोषणयुक्त बालश्रमको अन्त्य गर्ने र ०८२ सम्म  सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य अघि सारेको छ।

इँटाभट्टामा बालश्रम अन्त्यका लागि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपाल इँटा उद्योग महासंघबीच सम्झौता भएकाे थियाे। तत्कालीन मन्त्री विष्टले गत वर्षको साउन १४ गते नै इँटा उद्योग बालश्रम मुक्त भएको घोषणा गरेका थिए। तर, ती उद्योगमा बालश्रम प्रयोग भइरहेको छ।

‘आमाबुबा नै काममा आएपछि आफ्नो बच्चा कहाँ छाडेर आउनु? हामीले त बालबालिकालाई घरै राखेर आउनु भनिरहेका छौँ, तर उहाँहरुको पनि आफ्नै समस्या छ हामीले के गर्नु?’ चाँगुनारायणस्थित जयब्रम्हाशक्ति इँटा उद्योगका व्यवस्थापक सुरेश कँवाले बताए।

कतिपय उद्योगहरुमा आमाबुबासँगै आउने ससाना बालबालिकाहरुको शिक्षाका लागि शिशु कक्षा समेत सञ्चालनमा ल्याइएको उद्योगीहरुले बताएका छन्। तर, त्यो शिशु कक्षामा पनि बालबालिका पठाइँदैन।

बाल संरक्षणका लागि संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) नेपालले पनि नेपालमा बाल श्रम नघटेको बताएको छ। ५ वर्षदेखि १७ वर्ष उमेर सम्मका हरेक ३ बालबालिका मध्ये १ जना बालश्रममा संलग्न रहेको युनिसेफले उल्लेख गरेको छ। तीमध्ये लगभग सबैजना जोखिमपूर्ण अवस्थामा छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्