• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

ग्रेटवाल मोटर नेपाल भित्र्याउन 'कर्पोरेट वार'

विशाल ग्रुप, सारडा ग्रुप र एमएडब्लु भृद्धिमध्ये कसले मार्ला बाजी? 
64x64
नेपाल लाइभ शुक्रबार, फागुन २, २०७६  १४:५८
1140x725

काठमाडौं- नेपाली बजारमा भित्रिने करिब ८० प्रतिशत सवारी भारतमा उत्पादन भएका आउने गरेका छन्। भारतमा उत्पादित सवारी तुलनात्मक रुपमा सस्तो हुने र पार्टपूर्जाको उपलब्धतासमेत सहज हुने भएकाले नेपालमा त्यस्ता सवारी लाकप्रिय छन्। 

यस्तैमा एक चिनियाँ सवारी उत्पादक कम्पनी ग्रेटवाल मोटर्सले भारतमा प्लान्ट स्थापना गर्दै आक्रामक बजार विस्तारको योजनाका साथ अगाडि बढेकाे छ। अटो एक्स्पाे २०२० बाट औपचारिक रुपमा ग्रेटवाल भारतीय बजारमा आएको हो। ग्रेटवाल मोटर भारतमा हाभाल ब्रान्डसहित आएको छ। 

भारतमा ग्रेटवाल मोटर्सको प्रवेशसँगै उक्त ब्रान्ड नेपाल भित्र्याउन व्यवसायिक घराना लागिपरेका छन्। भारतमै प्लान्ट स्थापना गरेर सवारी उत्पादन हुने भएपछि नेपालमा त्यसको राम्रो सम्भावना देखिएकाले व्यवसायीहरु लागि परेका हुन्। 

चिनियाँ उत्पादन नेपाली बजारमा केही समयअघि बिक्री भएको थियो। तर सवारी आयातकर्ताहरुले एकपटक ल्याएर बिक्री गरेको, त्यसलाई निरन्तरता नदिएको र पार्टका बारेमा बेवास्ता गरेकाले चिनियाँ सवारी ब्रान्डप्रति नेपालीको धारणा सकारात्मक पाइँदैन। विगतमा चेरी, जोते, ग्रेटवाललगायत ब्रान्डका सवारी बिक्री भएका थिए। 

भारतमा उत्पादन हुने भएपछि चीनबाट आयात गर्दाभन्दा तुलनात्मक रुपमा सस्तो हुने र पार्टको समेत समस्या नहुने भएकाले व्यवसायिक घरानाको आँखा ग्रेटवाल मोटर्समा लागेको हो। ग्रेटवाल मोटर्स नेपाल ल्याउन सारडा समूह, विशाल समूह, एमएडब्लू वृद्धि र देवस्वरुप महर्जन लागि परेका छन्। 

विशाल समूहले हाल पुजा इन्टरनेशनलमार्फत फक्सवागन, पारामाउन्ट मोटर्समार्फत एमजी र एड्भान्स अटोमोबाइल्समार्फत रेनोको कार भित्र्याउँदै आएको छ। त्यस्तै सारडा समूहले पायोनियर मोटो कर्पमार्फत निसान तथा ड्याटसनका सवारी बिक्री गर्दै आएको छ। 

ग्रेटवाल मोटर्सका लागि नेपाल भित्र्याउन लागि परेको अर्को समूह हो एमएडब्लू। एमएडब्लूकै अर्को कम्पनी एमएडब्लू वृद्धिमार्फत ग्रेटवाल ल्याउन लागेको छ। हाल एमएडब्लूले स्कोडा, फियाट र जिपका कार बिक्री गर्दै आएको छ। यसका साथै एमएडब्लू वृद्धिले चिनियाँ सवारी फोटोन समेत बिक्री गर्दै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यता चिनियाँ सवारी उत्पादक कम्पनीसँग राम्रो सम्बन्ध बनाएका व्यवसायी देवस्वरुप महर्जनसमेत ग्रेटवाल मोटर्स ल्याउन लागिरहेका छन्। ग्रेटवाल माटर्सका उपाध्यक्षसँग आफ्नो राम्रो सम्बन्ध रहेकाले उक्त ब्रान्ड आफ्नै मातहतमा आउने दाबी महर्जनले गरेको उनलाई उद्धृत गर्दै एक व्यवसायीले बताए। ‘महर्जन यही फेब्रुअरी पहिलो साता ग्रेटवाल मोटर्सका उपाध्यक्षसँग छलफल गर्न चीन जाने तयारीमा थिए तर कोरोना भाइरसले रोकिएको छ,’ ती व्यवसायीले भने, ‘ठूला व्यवसायिक घराना समेत लागि परेकाले नेपालमा ग्रेटवाल मोटर्स कसले ल्याउँछ यकिन गर्न सकिँदैन।’ 

अघिल्लो साता दिल्लीमा ठूला व्यवसायिक घरानामा प्रमुखहरु समेत देखिएका थिए। ग्रेटर नोयडामा भएको अटो एक्स्पोको बिजनेश डेमा व्यवसायीहरु उपस्थित थिए भने अरु समयमा समेत उनीहरुबीच छलफल भएको एक्स्पोमा सहभागी एक व्यवसायीको भनाइ छ।  

चिनियाँ सवारी भित्रने भारतीय ‘गेट वे’
चिनियाँ सवारी उत्पादकहरु भारतीय बजारमा आकर्षित हुन थालेका छन्। बढ्दो सवारी बजारलाई ‘क्यास’ गर्ने उद्देश्यले चिनियाँ सवारी उत्पादक भारत प्रवेश गरेका हुन्। उनीहरु भारत प्रवेश गर्नुको अर्को लक्ष्य हो - भारतलाई आधार बनाएर उदीयमान एसियाली बजारमा आफ्नो उत्पादन लिएर जानु। 

नेपालीहरुले विभिन्न कारणले चिनियाँ सवारीलाई विश्वास नगरेको अवस्थामा चिनियाँ सवारी भारतमै प्लान्ट स्थापना गर्ने गरी आएपछि नेपाल ल्याउन सहज भएको हो। भारतीयहरुले चिनियाँ सवारीमा विश्वास गर्ने आधार नदेखेपछि स्थानीय सवारी उत्पादकसँग साझेदारी गर्ने वा अन्तर्राष्ट्रिय ब्रान्ड खरिद गरेर चिनियाँहरु तेस्रो बजारमा प्रवेश गर्ने रणनीतिमा रहेको देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केही वर्षअघि चीनको सांघाईमा रहेको एसएआइसी मोटर कर्पोरेसन लिमिटेडले बेलायती सवारी उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) खरिद गर्‍यो। बेलायती ब्रान्ड एमजी मोटर्समार्फत् चिनियाँ कम्पनी एसएआइसीमार्फत् भारतीय बजारमा प्रवेश गरेको हो। 

अमेरिकी सवारी उत्पादक कम्पनी जनरल मोटर्स (जिएम) ले भारतीय बजारमा दुईवटा प्लान्ट स्थापना गरेको थियो। भारतको गुजरात र महाराष्ट्रमा रहेका प्लान्टबाट सेब्रोलेका कार उत्पादन गरी बिक्री तथा निर्यात गर्दै आएको थियो। विविध कारण सन् २०१७ मा जिएम भारतबाट औपचारिक रुपमा बाहिरियो। त्यसपछि चिनियाँ कम्पनी एसएआइसीलाई भारत प्रवेशका लागि सहज वातावरण बनेको हो। 

त्यस्तै ग्रेटवाल मोटर्सले जिएमकै अर्को प्लान्ट खरिद गरेर सवारी उत्पादन थाल्दैछ। ग्रेटवाल मोटर्सले २०२१ भित्रै सवारी उत्पादन गरी बजारमा ल्याउने लक्ष्य लिएको छ। चीनको सबैभन्दा ठूलो एसयुभी उत्पादक ग्रेटवाल मोटर्सले भारतमा सवारी उत्पादन प्लान्टमा करीब ७ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। ग्रेटवाल मोटरले भारतमा सहायक कम्पनी हाभाल मोटरमार्फत् उक्त लगानी गर्ने भएको छ।

 

नेपालमा ग्रेटवाल तथा हाभाल दुवै ब्रान्डका सवारी आउनेछन्। भारतमा उत्पादन भएपछि उक्त ब्रान्ड नेपाली उपभोक्तामाझ सहजै स्वीकार्य हुने अनुमान व्यवसायीहरुले गरेका छन्।  

हाभालको एसयुभी र इलेक्ट्रिक कार 
ग्रेटवाल मोटर्सले अटो एक्स्पो २०२० मा सार्वजनिक गरेको ‘आर-१’ इलेक्ट्रिक कार हो। चीनमा यो कारको मूल्य करिब ९ लाख रुपैयाँमा किन्न सकिन्छ भने यो कार नेपाल आउँदा करीब १५ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। आर-१ लाई विश्वकै सस्तो इलेक्ट्रिक कारका रुपमा समेत लिइएको छ। प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा दौडने यो कार फुलचार्जमा ३ सय ५१ किलोमिटर कुद्न सक्छ। 

त्यस्तै हाभालको एफ-५ र एफ-७ एसयुभी निक्कै उत्कृष्ट रहेका छन्। अटो एक्स्पोमा भारतमा सार्वजनिक भएका यी दुई एसयुभी नेपाल आउने सम्भावना समेत अत्यधिक छ। कम्पनीले २०२० मार्च अन्तिमसम्ममा नेपालका लागि आधिकारिक बिक्रेता टुंग्याउने अनुमान गरिएको छ। अप्रिलदेखि नयाँ आर्थिक वर्ष लाग्ने भएकाले पनि व्यवसायिक घरानाको दौडधुप बाक्लिएको हो।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १४:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्