• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २७, २०८२ Tue, Feb 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जनयुद्धमा बेपत्ता छोराे खोज्दाखोज्दै वृद्धाश्रममा 

अझै फर्केला भन्ने आश गरिरहन्छिन् आमा
64x64
नेपाल लाइभ बिहीबार, फागुन १, २०७६  ०७:५३
1140x725

इटहरी- इटहरीको रामजानकी वृद्धाश्रममा जन्मदिन मनाउने युवाहरुको भीड नै लागेको छ। ९ जना वृद्धा बस्ने आश्रममा दैनिकजसो यस्तै भीड हुन्छ। तिनैमध्येकी एक हुन् मनमाया थापा।  

जनयुद्धमा बेपत्ता भएको छोरो खोज्न हिडेकी मनमाया आफैं फर्किएर घर पुगेकी छैनन्। श्रीमान्‚ छोरा‚ छोरी सबै गुमाएकी उनी छोरो खोज्दै आश्रम पुगेकी हुन्।

यो घटना फक्ताङलुङ गाउँपालिका (साबिकको तमोरखोला मामुखे गाविस) काे हो। ताप्लेजुङको पहाडी भेग हो फक्ताङलुङ।

घटना २०५८ सालको हो। देशमा संकटकाल घोषणा भएको थियो। तत्कालीन राज्य र विद्रोही पक्ष दुवैबाट गाउँमा खतरा थियो। दशैं तिहार सकेपछि भर्खरै स्कुल खुल्न थालेको थियो।

मनमायाको छोरो रमेश पनि स्कुल जाने भए। घरमा धेरै काम छ भरे छिट्टै आउनु है भन्दै उनी काममा लागिन्। छिट्टै आउनु भनेकै दिन साँझसम्म छोरो फर्किएन। उनको मनमा चिसो पस्यो। 

गाउँमा कुनै साथीकोमा बस्यो होला भन्ने सोचिन्। भोलिपल्ट खाना खाने बेलासम्म पनि रमेश घर पुगेनन्। साथीकैबाट स्कुल गयो होला भन्दै फेरि मन बुझाइन्। भोलिपल्ट रातिसम्म पनि छोरो नआएपछि गाउँमा हल्ला गर्न थालिन्। मनमायाको मन थामिएन।

वरपर सबैतिर डुल्न थालिन्। सोही गाउँबाट धेरैका छोराछोरी माओवादीमा लागिसकेका थिए। रमेश पनि माओवादीमै लाग्यो, केही दिनमा फर्केला भनेर गाउँलेले सुझाव दिए। तर गाउँलेले फर्केला भनेको छोरो अझै फर्किएको छैन। 

Ncell 2
Ncell 2

मनमायाले २०३५ सालमा पहिलो सन्तानको रुपमा छोरी जन्माइन्। न्वारन गर्न नपाई छोरीको मृत्यु भयो। ७ दिन नपुग्दै छोरी गुमाएकी उनले अधबैँसे अवस्थामै श्रीमान् पनि गुमाउनुपर्‍यो। बजारबाट घर फर्कँदै गर्दा भीरबाट लडेर श्रीमान् बेपत्ता भए। श्रीमानको अभावमा साथ दिने छोरो थियो। अहिले छोरो हराएको १९ वर्ष पुग्यो। तर कहाँ छ भन्ने ख्याल छैन। 

अहिले उनी आफैँ सो गाउँबाट बेपत्ता भएकी छिन्। २०६१ सालसम्म घरबाट निस्कन सक्ने अवस्था थिएन। जनयुद्ध भयंकर चर्किरहेको थियो। बजार जानसम्म सक्ने अवस्था थिएन। 

माओवादी शान्ति प्रक्रियामा आएपछि छोरो आउला भन्ने ठूलो आश थियो उनलाई। जुन आशाको दियो अहिले मधुरो हुँदै गएको छ। छोरो खोज्दै उनी सदरमुकाम फुङ्लिङ्गसम्म पुगिन्। जिल्ला प्रशासन कार्यलयमा उनले छोराको नाम टिपाइन्।

छोरोबिनै घर फर्कन मनमायाको मन मानेन । पाचँथर‚ इलाम हुँदै उनी झापासम्म झरिन्।

 ‘स्कुल देख्नेबित्तिकै छोरो छ कि भन्दै सोध्न पुग्थेँ,’ भावुक हुँदै उनी सुनाइन्, ‘त्यसो गर्दैगर्दै म काठमासम्म पुगें। कतै पनि छोरो भेटिएन।’

काठमाबाट फर्किएर उनी सुनसरी पुगिन्। सुनसरीको प्रशासपुरमा कार्कीहरु उनका मावली हुन्। ‘मावलमा कसैले पनि चिन्दैनौं भनेपछि मेरो मन मर्‍यो,’ उनी भन्छिन्,  ‘त्यसपछि म बराहक्षेत्र मन्दिरमा एउटा कुटी बनाएर बसेँ। आउने जानेले खान लाउन दिन्थे। म बिस्तारै त्यसैमा बानी परें।’

उनी २०६६ सालदेखि ६ वर्षसम्म बराह क्षेत्रमै बसिन्। पछि नयाँ भवन बनाउने भन्दै उनले बनाएको कुटी भत्काइयो। त्यहाँबाट उनी निष्कासित नै भइन्। त्यसपछि मनमाया धरानको विश्वकर्मा मन्दिरमा पुगिन्। ३ वर्षसम्म सोही मन्दिरमा बसिन्।

एकै ठाउँमा धेरै बस्न मन मानेन। मनमायाको मन भौतारिरह्यो। त्यतिकैमा उनी मोरङ सुनसरीको सिमानामा पर्ने बुढी खोला किनारको मन्दिरमा पुगिन्। ४ महिना बसेपछि मन्दिर व्यवस्थापन समितिले अब मन्दिर छाड्नुपर्ने भयो भन्यो।

व्यवस्थापन समितिकै एक सदस्यले वृद्धाश्रममा पुर्‍याइदिन्छु त्यहीँ बस्नु भने। उनले पनि नाइ भन्न सकिनन्। 

अहिले उनी इटहरी-१६ को रामजानकी वृद्धाश्रममा छिन्। बिहान बेलुका खाना र खाजाको व्यवस्था सोही आश्रमले गरेको छ। कसैले जन्मदिन वा कुनै समारोहमा वृद्धाश्रममा खानेकुरा र लत्ताकपडा लिएर जान्छन्। त्यही सामान थाप्दै बस्छिन मनमाया।

लाउन खानको कुनै अभाव छैन उनलाई। तर जनयुद्धमा हराएको छोराको अभाव भने खड्किरहेको छ। भन्छिन्,  ‘कोही लोग्ने मान्छे आयो भने मेरै छोरो पो आयो कि भने झैं लाग्छ।’

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दिक्तेलमा नसर्ने रोगको ‘स्क्रिनिङ’: रक्तचाप र मधुमेहका समस्या धेरै
४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
दिक्तेलमा नसर्ने रोगको ‘स्क्रिनिङ’: रक्तचाप र मधुमेहका समस्या धेरै मंगलबार, माघ २७, २०८२
४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो मंगलबार, माघ २७, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना मंगलबार, माघ २७, २०८२
पाकिस्तान भारतविरुद्ध खेल्न तयार मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
पाकिस्तान भारतविरुद्ध खेल्न तयार मंगलबार, माघ २७, २०८२
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते सोमबार, माघ २६, २०८२
दुई सय रन पार गर्ने पहिलो टिम बन्यो स्कटल्यान्ड, इटालीलाई २०८ रनको विशाल लक्ष्य सोमबार, माघ २६, २०८२
जापानमा सत्तारुढ गठबन्धनले ल्यायो सानदार बहुमत सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्