काठमाडौं- सरकारले हालै बढुवा भएका ४२ सहित ६० सहसचिवको सरुवा र पदस्थापन गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनीहरुलाई सरुवा एवं पदस्थापनको पत्र दिइएको छ।
सामान्यका अनुसार सहसचिवहरु बाबुराम भण्डारी र बद्रिराम अर्याललाई अर्थ मन्त्रालयमा पदस्थापन गरिएको छ।
यसैगरी सामान्य प्रशासनका बाबुराम अधिकारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव यामलाल भुषालको सरुवा अर्थ मन्त्रालयमा भएको छ।
यसैगरी वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालको सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको छ।
सूचना आयोगका सहसचिव कुमार दहाललाई श्रम मन्त्रालय ल्याइएको छ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको सरुवा समान्य प्रशासन मन्त्रालयमा भएको छ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव मानबहादुर बिकेलाई युवा तथा खेलकुद मन्त्रालय ल्याइएको छ।
हेर्नुहोस् पूर्ण सूची
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।