• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सभामुखको आसनमा आजदेखि अग्नि: मुख्य चुनौती दुई कानुन र एक सम्झौता

64x64
डिबी खड्का मंगलबार, माघ १४, २०७६  १०:५७
1140x725

काठमाडौं– चार महिना सभामुखविहीन रहेको प्रतिनिधिसभा मंगलबारदेखि नियमित काममा फर्किंदैछ। अग्नि सापकोटा निर्विरोध सभामुखमा निर्वाचित भएपछि प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुचारु हुन लागेको हो।

प्रतिनिधिसभामा २७ वटा विधेयक प्रक्रियामा छन्। विधेयक अधिवेशनका रुपमा समेत लिइने भएकाले यो अधिवेशनभर कानुन निर्माणले प्राथमिकता पाउने‍छ।

यो अधिवेशनका विधेयकका साथै नेपाल सरकारले विभिन्न मुलुकसँग गरेका सन्धिहरू पेस हुनेछन्। नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कोअपरेसनबीच भएको अनुदान सहायता सम्झौतापत्र (एमसीसी) प्रतिनिधिसभा बैठकमा पेस हुने अपेक्षा छ। विश्व पर्यटन संगठनको विधानको धारा ३८ संशोधन सम्बन्धी प्रस्ताव, सुक्खा बन्दरगाह सम्बन्धी अन्तरसरकारी सम्झौता र क्योटो अभिसन्धिको दोहा संशोधन संसदमा पेश हुँदैछन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै विवादित एमसीसी अनुमोदनको विषय सभामुखका लागि सहज हुनेछैन। प्रतिनिधिसभाको यो अधिवेशनमा यो विषय चर्को रुपमा उठ्ने संकेत देखिसकेको छ। प्रतिनिधिसभालाई चुनौती केही कानुन निर्माणमा छन्। लामो समयदेखि विवादित ती विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभा अन्तर्गतका समितिलाई सकस परिरहेको छ।

प्रतिनिधिसभामा धेरै विवादमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ र संघीय निजामती सेवा विधेयक, २०७५ छन्। राज्यव्यवस्था तथा सुशासन समितिमा रहेका ती विधेयकलाई लिएर सडक संघर्ष समेत हुँदै आएका छन्। 

२०७५ साउन २२ गते नागरिकता विधेयक संसद सचिवालयमा दर्ता भएको थियो। तर दर्ता भएको डेढ वर्षसम्म पनि वैवाहिक अंगीकृत नागरिकता लगायतका व्यवस्थामा रहेको विवाद मिल्न सकेको छैन। प्रतिपक्षी कांग्रेस र राष्ट्रिय जनता पार्टीले यो विधेयकका विभिन्न प्रावधानलाई लिएर  प्रतिनिधिसभाको अघिल्लो अधिवेशनका संसदमा चर्को विरोध गरेका थिए। विभेदपूर्ण प्रावधान रहेको भन्दै अधिकारकर्मीहरुले सडकमा प्रदर्शन समेत गरेका थिए।

विधेयकका विवादित विषय मिलाउन समितिले उपसमिति समेत गठन गरेको थियो। सवै दलका शिर्ष नेतृत्वको सहमति खोज्ने प्रयास भएको थियो। तर, सफलता हात लागेको छैन।

संघीय निजामती सेवा विधेयक, २०७५ राज्यव्यवस्था तथा सुशासन समितिमै छलफल भइरहेको छ। कर्मचारीको सेवा प्रवेश, समावेशी कोटा, बढुवा प्रणाली, समायोजनलगायतका विषयमा विवाद छ।

Ncell 2
Ncell 2
nimb
nimb

यी दुवै विधेयकमा राजनीतिक सहमति जरुरी रहेको समितिकी सभापति  शशी श्रेष्ठले बताउँदै आएकी छिन्। समितिले मात्रै सहमति जुटाउन सक्ने अवस्था नदेखिएकाले यसको जिम्मेवारी सभामुख सापकोटालाई आउनेछ।

प्रतिनिधिसभा अन्तर्गतका समितिहरूमा अहिले १५ विधेयक छन्। जसमध्ये केही समितिबाट पारित भइसकेका छन्। जुन मंगलबारदेखिका संसद बंठकमा पेश हुनेछन्। केहीमा भने समितिमा दफावार छलफल भइरहेको छ।

संसदीय समितिहरूमा बीमा विधेयक, नेपाल नागरिकता विधेयक, पारमाणविक विधेयक, संघीय निजामती सेवा विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयक, खानेपानी तथा सरसफाइ विधेयक, विरुवा संरक्षण विधेयक, बीउ बिजन विधेयक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, लोकसेवा आयोग विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा परिषद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक छन्।

राष्ट्रियसभामा दर्ता भइ पारित भएर प्रतिनिधिसभामा ५ वटा विधेयक आइपुगेका छन्। ज्येष्ठ नागरिक सम्बन्धी विधेयक, राष्ट्रिय खेलकुद विकास विधेयक, प्रमाण विधेयक, नागरिक लगानी कोष विधेयक र शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक हुन्। यी विधेयकमाथि समितिले दफावार छलफल गरि सकेकाले प्रतिनिधीमा पेश हुँदैछन्।  

Xtrem

Xtrem

प्रतिनिधिसभा सांसदहरूले ८ विधेयकमाथि अध्ययन गरिरहेका छन्।  प्रतिनिधिसभाका सांसदहरूलाई शान्ति र सुरक्षा विधेयक, २०७५, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक, २०७५, राष्ट्रिय सुरक्षा परिषद विधेयक, २०७५, राष्ट्रिय मानवअधिकार आयोग विधेयक, २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ अध्ययनका लागि वितरण भएको संसद सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले आज पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाइँको खर्च पार्टीले व्... बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने पार्टीको स्थायी कमिटी बैठकले तल्लो तहका भेला सम्पन्न गरी राष्ट्रिय स्तरको कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो। बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण था... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्