• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ज्यान माया मारेर युरोप-अमेरिका !

डेरियनको जंगल हुँदै यसरी छिराइन्छ अमेरिका
64x64
निर्मला घिमिरे सोमबार, माघ १३, २०७६  १४:०३
1140x725

काठमाडौं–  टन्न कमाइकोे लोभमा परेर जसरी पनि युरोप–अमेरिका पुग्न हिँडेकामध्ये कसैको ज्यानै गएको त कोही टाट पल्टिएर बल्ल–बल्ल स्वदेश फर्किन सफल भएका घटना दिनहुँ सार्वजनिक हुन्छन्। तर यसरी ठगिनेको संख्या घट्नुको साटो झन् बढिरहेका छन्। 

जोखिम छ भन्ने जान्दाजान्दै जसरी पनि युरोप-अमेरिका पुग्ने लोभमा चुलुम्र्म डुबेकाहरू मानव तस्कर समूहका लागि राम्रो आम्दानीको स्रोत बनिरहेका छन्।

जति भन्यो खुरुखुरु पैसा दिने, पैसा दिएको प्रमाण पनि नखोज्ने अनि युरोप-अमेरिका पुग्न जस्तोसुकै जोखिम उठाउन तयार हुनेहरूबाट मानव तस्कर समूहले अर्बौं रकम उठाउने गरेका छन्। राम्रो कमाइको प्रलोभनमा परेकाहरू केही अबैध रुपमा युरोप–अमेरिका पुग्छन्। अधिकांश भने बीच बाटैमा अलपत्र परेर रित्तै फर्कन्छन्। केहीको त ज्यानै जान्छ।

भाग्यबस जो–जो स्वदेश फर्किए उनीहरू उजुरी बोकेर प्रहरीकोमा धाउँछन्। तर बलियो प्रमाणका आधारमा मानव तस्करीमा संलग्नहरू पक्राउ पर्ने र पक्राउ परे पनि ठगिएको रकम उठ्ने सम्भावना निक्कै कम हुन्छ। तै पनि जोखिम मोल्न तयार हुनेको संख्या घटेको छैन। किन ?

‘अवैध रुट प्रयोग गरेर युरोप–अमेरिका जाने युवालाई आफू ठगिने चिन्ताभन्दा पनि कसरी धेरै कमाउने भन्ने सोच हावी हुन्छ,’ वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाँईले भने, ‘दुःख पाएकाहरूको अवस्था पटक–पटक सार्वजनिक भए पनि ठगिनेको संख्या घट्नुको साटो बढिरहेको छ।’

क्यानडाको लोभमा गुम्यो करोड

क्यानडामा टन्न कमाइ हुने प्रस्ताव आएपछि झापाका डिकबहादुर खड्का काठमाडौं हान्निए। सिनामंगलमा झापा शनिश्चरे घर बताउने रोशन न्यौपानेसँग भेट भयो उनको। रोशनले क्यानडाको पानीजहाज कम्पनीमा काम भएको सुनाए। 

जसको शुल्क थियो १२ लाख। एकैपटक सबै पैसा दिनुनपर्ने प्रस्ताव मनपर्‍यो डिकबहादुरलाई। टन्न कमाइ हुने सुनेपछि उनीसहित ९ जना क्यानडा जान राजी भए।

Ncell 2
Ncell 2
nimb
nimb

सीडीसी डकुमेन्टका लागि भन्दै पहिल्यै प्रतिव्यक्ति ५० हजार मागे रोशनले। ९ जनाले एकमुष्ठ ४ लाख ५० हजार बुझाए। क्यानडा जाने प्रोसेसिङ (ओके टु बोर्ड) का लागि थप प्रतिब्यक्ति १ लाख रुपैयाँ चाहिने बताए रोशनले। फेरि ९ जनाले नै ९ लाख बुझाए। टिकटका लागि एक÷एक लाख थपे। २०१८ मे १८ मा सबैको टिकट पक्का हुने भयो। रुट तोकियो चीनको छेन्दु हुँदै क्यानडा।

‘हामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंका गरेर केही समय रोक्न खोजेजस्तो गरेको थियो। तर रोकेन,’ वैदेशिक रोजगार न्यायाधिकरणसँगको बयानमा पीडितले भनेका छन्, ‘पहिल्यै सेटिङ मिलिसकेको रहेछ। एयरचाइनाबाट विनाअवरोध छेन्दु पुग्यौँ’। 

चाइनाको छेन्दुमा १ दिन बसे। चाइनाबाट क्यानडा पठाउने प्रयास गर्ने महिला थिइन् रेडसी इन्टरनेशनल म्यानपावर सञ्चालक महेन्द्रबहादुर थापाकी श्रीमती सीता थापा। 

सीताले उनीहरूलाई छेन्दु ट्रान्जिट हुँदै क्यानडा पठाउन सकिनन्। एक दिनको बसाइपछि उनीहरू पुनः काठमाडौं फर्किए। काठमाडौंमा ३ दिन बसे।

रुट बदलियो भारत हुँदै क्यानडा। फेरि थप एक–एक लाख मागियो।

क्यानडामा मासिक ५ लाखभन्दा बढी कमाइ हुने प्रलोभनमा फसिसकेका माग अनुसारको थप रकम सजिलै बुझाए।

अनि भारतको मुम्बईस्थित साकिना भन्ने ठाउँको अल्फा इन रेसिडेन्ट होटलमा लगेर उनीहरूलाई राखियो। खान बस्न राम्रै थियो। 

‘टिकटको काम मिल्दैछ टिकटका लागि थप प्रतिव्यक्ति १ लाख ६० हजार लाग्छ’ दलालले थप रकम माग्ने क्रम जारी नै थियो। ५० हजार, एक लाख गर्दै रकम फस्दै थियो। क्यानडा जाने लोभले मागे अनुसारको रकम विना आनाकानी दिइरहे। टिकटका लागि रकम दिएको १५ दिनमा पनि टुंगो लागेन कहिले उड्ने भनेर। 

‘टिकट रद्द भयो बाँकी सबै प्रकृया पुरा गर्न, फाइल मिलाउन थप प्रतिब्यक्ति २ लाख ४० हजार भारु चाहिने भयो,’ भनियो। उनीहरुले फेरि पैसा बुझाए। तर केही दिनमा क्यानडा उडाउने भनेकाहरू एकाएक सम्पर्कविहीन भए। 

होटल खर्च १० लाख नेपाली रुपैँयाको बिल उठ्यो। तर पैसा थिएन। ९ जनाबाट १ करोड ५ लाख २२ हजार रकम उठाएर दलालहरू भागिसकेका थिए।

‘हामीसँग भएको रकम पनि सकिएको थियो, होटलमा खाएको, बसेको रकम तिर्न पैसा पनि थिएन। पैसा नभएपछि हामी थप केही समय सोही होटलमा बन्धक भएर अड्कियौँ,’ पीडितहरूको बयानमा भनिएको छ। 

कानुनी प्रकृया, सम्भव छ, छैन केही नहेरी क्यानडाको मोहमा फसेकाहरू बल्ल–बल्ल नेपाल फर्किए। क्यानडाको कुरा त परै रह्यो। त्यतिन्जेलसम्म भएको पैसा पनि स्वाहा भइसकेको थियो उनीहरूको।

मेक्सिकाेको सीमाबाट अवैध रुपमा अमेरिका प्रवेश गर्ने प्रयास गर्दै एक परिवार। तस्बिर : भक्सडटकम

अमेरिका त पुगे तर...

गोरखाका विनोद कुमाल भारतमा होटल चलाउँथे। होटल घाटामा गएपछि तनावमा पनि थिए। अब के गर्ने भन्ने सोचिरहेका विनोदले अमेरिका पु¥याइदिने लमजुङका गोपाल बुढाथोकी र राजन्द्र अधिकारी भेटे। 
उनीहरुले ३२ लाख रुपैयाँ दिए अमेरिका पुर्‍याइदिने सपना बाँडे।

‘हामी अमेरिकाको गेटबाट छिराइदिन्छौँ गेटबाट छिरेपछि त तिमी मालामाल’, दलालको यो आश्वासनमा विनोद मख्ख परे। 

कुमालले ३२ लाख ऋण खोजे र अमेरिका हानिए। 

भारतबाट बसबाट इक्वेडरसम्म पुगेर केही दिन रोकिए। 

इक्वेडरबाट बस चढेर भोक,प्यास सहँदै कोलम्बिया पुगे। 

अब कोलम्बियाको निकै घना जंगल ‘डेरियन ग्याप’ छिचोल्नु थियो। 

हिउँदको समय थियो, तै पनि पैदलै हिँड्नुपर्‍यो। मानव तस्करीसँगै लागूऔषध ओसारपसारको मुख्य मार्ग रहेको डेरियन जंगलको सुरक्षामा खटिएका व्यक्तिसँग सेटिङ मिलाएर दलालहरूले त्यो जंगल हिडाउन सुरु गरे। 

जंगल डरलाग्दो भएकाले जंगल कटाउने काममा स्थानीय एजेन्ट पनि खटिएका हुँदा रहेछन्। ती एजेन्टहरूले नै कतिपय आप्रवासीको सामान र पैसा लुट्ने पनि डर थियो। त्यो जंगल पार गर्न करिब १ हप्ता लाग्यो।

डर, भोक, प्यासभन्दा पनि अमेरिकाको सीमाना पुग्न ठूलो दौडधुप चल्छ त्यो जंगलमा। 

जंगल सकियो। अब उनी पानामा पुगे। 

बाँचेर पानामा पुग्नु अमेरिका पुगेजत्तिकै सफलता मानिँदो रहेछ। उनलाई पानामा पुर्‍याएपछि मानव तस्करहरू सम्पर्कविहीन भए। 

‘त्यसपछि त म यता न उता भएँ, पैसा जति सबै बुझाइसकेको थिएँ, न नेपाल फर्कनका लागि खर्च थियो। न अमेरिका जाने’ विनोद सुनाउँछन्। 

त्यसपछि पनि अमेरिका हिँडेका एक साथी विनोदले भेटे। 

‘मेरो काका अमेरिकामा हुनुहुन्छ, उहाँले काम मिलाईदिनु हुन्छ। तिमीले त्यत्रो ३२ लाख खर्चेर यहाँसम्म त आइसकेछाै, हिँड अमेरिका’  साथीले विनोदलाई भने। उनी फेरि पानामाबाट अमेरिका हिँडे। 

पानामा पुगेपछि उनीहरू हिँडेर कोस्टारिका गए। कोस्टारिकाबाट निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुगे। मेक्सिकोबाट अमेरिकी  सीमाना पुगे। 

पानामाबाट लगभग साढे २ महिनामा उनीहरू अमेरिका छिरेका थिए। अमेरिका पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेर थुनामा राख्यो। 

‘शरणार्थी क्याम्पमा भएको भए धरौटी राखेर निस्किएर काम गर्न पाउने सम्भावना रहन्थ्यो। तर अवैध मानिसहरू समातेर राख्ने जेल पुर्‍यायो, केही समय राखेर नेपाल फर्कायो’ विनोदले सुनाए। 

प्रहरीले पक्राउ गरेपछि शरणार्थीहरू बस्ने क्याम्प ‘डिटेन्सन’ मा राखेको भए उनी उक्त क्याम्पबाट धरौटी बुझाएर बाहिर निस्किएर काम गर्न पाउँथे। 

‘डिटेन्सनमा राखिएकाहरूले त २० देखि ५० हजार डलरसम्म बुझाएर निस्किन पाउने रहेछन्। यसरी निस्किएकाहरूले लामो प्रकृयापछि वैधानिक हैसियत प्राप्त गर्दा रहेछन्। मलाई सिधै जेल पुर्‍याइएपछि मैले त त्यसरी काम गर्न पनि नपाउने भएँ,’ उनी टुक्रिएको सपनाको कथा सुनाइरहेका थिए। 
डेरियन जंगलको बाटो छिचोल्दै अमेरिका पुग्ने सपना बुनेका सयौँ आप्रवासी जंगलमै मारिने वा बेपत्ता पारिने समस्या त छँदैछ। विनोदले यो जंगल त छिचोले, तर अमेरिकाको सपना त्यत्तिकै बिलायो। 

४ महिना अगाडि उनी फर्किए।

अमेरिका जाँदा लागेको ऋण जग्गा बेचेर तिरे। अझै १५ लाखभन्दा बढी ऋण बाँकी छ। अमेरिका पुग्ने लोभमा अन्धो हुँदा विना प्रमाण पैसा दिएका थिए। अब ठगिएकोमा कानुनी उपचारका लागि चाहिने प्रमाणै छैन उनीसँग।

अमेरिका भन्दै अफ्रिकाको मलावी 

अमेरिका पुगेर टन्न पैसा कमाउने सपना बुनेर निस्किएका पर्वतका ४ युवालाई प्रहरीले गत कात्तिक २१ मा मलावीबाट उद्धार गरेर नेपाल ल्यायो। 

मानव तस्करले ती युवाहरूलाई अमेरिका पुर्‍याउने भन्दै १ वर्ष अगाडिदेखि मलावी पु¥याएर बन्धक बनाएर राखेका थिए। सो सूचना प्रहरीको मानव बेचबिखन ब्यूरोले पाएपछि उताको प्रहरीसँगको समन्वयमा उद्धार गरेर नेपाल ल्याइएको थियो।

मानव तस्करको गिरोहले अजरबैजान लाने क्रममा नेपालबाट भियतनाम लगेर उनीहरूलाई त्यहाँ २० दिन राखेको थियो। इथोपियामा ४ महिना, माडागास्कारमा २५ दिन, जोर्डनमा १ महिना, दुबइमा ४५ दिन र अजरबैजानमा २० दिन बसेर उनीहरू अफ्रिकाको मलावी पुगेर बन्धक बनेका थिए।

सोही कार्यमा संलग्न रहेका भारतका नजिर महम्दलाई प्रहरीले पक्राउ गरेको छ। यसरी मानव ओसारपसार तथा बन्धक बनाउने अन्तर्राष्ट्रिय गिरोहबारे नेपालमा मानव बेचबिखन ब्यूरो र मलावी प्रहरीबाट  समेत अनुसन्धान भइरहेको ब्युरोका डिएसपी  नरहरि रेग्मीले जानकारी दिए। 

छिमेकी मुलुक भारत हुँदै अवैध रुपमा अमेरिका जाने बाटाे। नेपालीले पनि यही बाटो प्रयोग गर्ने गरेका छन्। तस्बिर : डेलीमेलडटयुके

भियतनाम हुँदै मलावी 

यो घटनाको अनुसन्धानबाट नेपालबाट मलावी पुग्ने रुट भने खुलको छ। तस्कर समूहले नेपालीलाई पहिला भियतनाम, त्यहाँबाट ईथियोपिया, जोर्डन, युएई, अजरबैजान हुँदै मलावी पुर्‍याउने गरेको खुल्यो। मलावीमा पुर्‍याएर स्थानीय अपराधिक समूहलाई जिम्मा लगाएपछि बन्धक यात्रा सुरु हुने गरेको छ। मलाबीबाट उद्धार गरिएका युवाहरूले दिएको बयानअनुसार त्यहाँ पुर्‍याइसकेपछि परिवारसँग सम्पर्क गर्नै दिँइदैन। 

‘खान पनि कहिले पाइन्थ्यो, कहिले भोकै बस्नु पर्ने, कोठाबाट बाहिर कतै निस्कन नपाइने,’ पीडित युवाहरूले बताएका छन्।  

मानव तस्करहरूले नेपालबाट अमेरिका पुर्‍याउन थुप्रै देशको रुट प्रयोग गर्ने गरेका छन्। नेपालबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वा सडकबाटै पनि युवाहरूलाई भारतको दिल्ली पुर्‍याइन्छ। भारतको दिल्लीबाट हवाईमार्ग वा सडकमार्ग हुँदै रसिया पु¥याइन्छ। रसियाबाट स्पेन (म्याड्रिड), बोलिभिया, पेरु, इक्वेडर र कोलम्बिया पुर्‍याइन्छ । 

कोलम्बिया छिरेपछि डुंगाबाट निकै डरलाग्दो घना जंगल ‘डेरियन ग्याप’ पार गर्नुपर्दछ। मानव तस्करले युवाहरुलाई समुद्री तटमा रहेको टुर्बो भन्ने सहरबाट ९० किलोमिटर टाढा कपुरगाना भन्ने ठाउँमा डुङ्गामार्फत् पुर्‍याउँछन्। 

त्यसपछि सुरु हुन्छ सबैभन्दा जटिल यात्रा। निकै विषालु सर्प तथा खतरनाक जीव भएको जंगलमा हतियारधारी गुरिल्ला समूहको निकै डर हुन्छ। 

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले पनि नेपालीसँगै अन्य बंगलादेश, भारत, सोमालिया, सिरियालगायत मुलुकका आप्रवासीलाई सोही मार्ग हुँदै अमेरिका छिराउने गरेको तथ्य सार्वजनिक गरेको थियो। 

आईओएमले निकालेको ‘अ ग्लोबल ओभरभ्यु’ शीर्षकको प्रतिवेदनमा आप्रवासीको यो यात्रा निकै डरलाग्दो भन्दै ‘घोष्ट ट्रेल’ नाम दिएको थियो। 

डेरियन जंगल पार गरेपछि पानामा पुगिन्छ। त्यहाँबाट बस वा पैदल कोस्टारिका, कोस्टारिकाबाट पैदल निकारागुवा, निगारागुवाबाट बस/पैदल होन्डुरस, होन्डुरसबाट ग्वाटेमाला हुँदै मेक्सिको पुर्‍याइन्छ। युवाहरु मेक्सिकोबाट अमेरिका सीमाना पार गरी शरणार्थीका रुपमा डिटेन्सन क्याम्प पुग्छन्।

डिटेन्सन क्याम्पमा धरौटी बुझाएर निस्किएका उनीहरू लामो संघर्षपछि मात्रै वैधानिक बन्छन्। 

कमाइको लोभमा तस्करको पञ्जामा 

अमेरिका, युरोपलगायत मुलुकमा टन्न कमाइ हुने प्रलोभनमा पर्दा युवाहरू मानव तस्करको पञ्जामा पर्ने गरेको देखिएको वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाँई बताउँछन्। 

विभागले अवैध रुपमा रोजगारीको खोजीमा गएकाहरूको उजुरी हेर्दैन। तर विभागमा यस्ता समस्या लिएर आउनेहरूको संख्या घटेको छैन।

निर्देशक गुरागाइँ भन्छन्, ‘यसरी अवैध रुट प्रयोग गरि अमेरिका युरोप जाने युवाहरूलाई आफू ठगिने चिन्ताभन्दा पनि कसरी धेरै कमाउने भन्ने सोच हुने हुँदा ठगिने प्रवृत्ति झन् बढिरहेको छ।’ 

न्यायका लागि सकस

अबैध बाटो अँगालेका युवाहरूले डलर कमाइ हुने सपनामा मख्ख परेर आफूले बुझाएको रकमको प्रमाणसमेत लिन भुल्छन्। धेरैजसोलाई त नगदी रसिद किन चाहियो विश्वास नै ठूलो कुरा हो भनेर मानव तस्करहरूले विश्वासमा पारेर फसाउने गरेको देखिन्छ। अनि, बीचबाटोमै मानव तस्करले अलपत्र बनाएपछि मात्रै युवाहरु आफूले बुझाएको रकम सम्झँदै पछुताउने गरेका छन्।

प्रहरी डिएसपी रेग्मी भन्छन्, ‘कानुनले प्रमाण खोज्छ, हामीले धेरैसँग रकम बुझाएको नगदी रसिद वा अन्य कुनै प्रमाण नहुँदा फेसबुकमा पठाएको म्यासेज वा फोन रेकर्डका आधारमा समेत उजुरी लिन्छौँ, धेरैसँग यस्ता कुनै प्रमाण फेला पर्दैनन्। जसले गर्दा समस्या पर्छ।’  मानव तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय रहेकाले तिनलाई समात्न निकै ठूलो चुनौती प्रहरीसामु ठडिएको छ। 

यस्ता गिरोहले छोटो समयमा नै युवाहरूलाई प्रलोभनमा पार्छन्। आफ्नोबारे वास्तविकता बताएका हुँदैनन् जसले गर्दा अभियुक्तको पहिचान हुन नसक्दा पनि पीडितहरूलाई न्याय पाउन सकस पर्छ। 

अर्को कुरा ठूला गिरोहहरू राजनीतिक आडमा सक्रिय हुनेहुँदा आफूहरूलाई न्याय पाउन सकस परेको पीडितहरूले आरोप लगाएका छन्।

गोरखाका विनोद कुमाल भन्छन्, ‘आफ्नो पैसा पनि सकियो उल्टो जेल जीवन भोगेर रित्तै फर्कनुप¥यो। मलाई पैसाको प्रलोभन देखाएर अवैधानिक बाटो हुँदै अमेरिका पुर्‍याउने राजेन्द्र अधिकारी काठमाडौंमै छन् भन्ने सुनेको छु। प्रहरीमा उजुरी गरेँ, तर उनी पक्राउ पर्दैनन्।’ 

उनी आफ्नो गल्ती स्वीकार गर्छन्, ‘लोभी मन, डलर कमाइ हुने प्रलोभनमा परेपछि रकम बुझाएको प्रमाण लिने कुरामा ख्याल नै भएन, उसँग भएको मोबाइलको मेसेजका आधारमा प्रहरीले उजुरी त लियो। तर खै पक्राउ गरेको छैन। हुन त उसको निकै राजनीतिक पहुँच छ रे।’ 

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्