• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
ह्याकरदेखि भ्रष्टाचारीसम्मको निसानामा कृषि विकास बैंक
64x64
नेपाल लाइभ मंगलबार, पुस २९, २०७६  २३:०८
1140x725

काठमाडौं- पछिल्लो एक महिनामा कृषि विकास बैंकमाथि दुई भ्रष्टाचार मुद्दा दायर भएको छ। बिहीबारमात्र  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाका पूर्व सहायक रथीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यसअघि मंसिर ९ गते बैंकका २ कर्मचारीसहित ८ जनाविरुद्ध पौने ३ अर्बको बिगो माग दाबी गर्दै मुद्दा दायर भएको थियो। 

४ करोड हिनामिनामा कर्मचारी र सेनाका सहायक रथी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले बैंकको न्युरोड शाखाकी टेलर सहायक दीपिका रेग्मी, तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाशप्राप्त सलिल रेग्मीविरुद्ध मुद्दा दायर गरेको हो। बैंकको ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे, अवकासप्राप्त सहायक रथी रमेशराज विष्ट र दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीसमेत सो मुद्दामा तानिएका छन्। 

उनीहरूले आपसी मिलेमतोमा गैरकानुनी रुपमा बैंकबाट ४ करोड २४ लाख १३ हजार ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर नेपाल सरकारलाई हानिनोक्सानी गरेको पुष्टि हुन आएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

राष्ट्र बैंकको निर्देशिका विपरीत सबै व्यक्तिको मिलेमतोमा चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबन्डा गरिएको अख्तियारको ठहर छ। सो प्रकरणमा बैंककी टेलर दीपिकालगायतलाई अख्तियारको टोलीले मंसिर १७ गते पक्राउ गरेको थियो।

बैंकका कर्मचारीसहित ८ विरुद्ध २ अर्बको भ्रष्टाचार मुद्दा 
यअघि मंसिर महिनामा पनि आयोगले कृषि विकास बैंकका ८ कर्मचारीसँग २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो असुल हुनुपर्ने मागदाबी गर्दै भष्ट्राचार मुद्दा दायर गरेको थियो।

आयोगले विशेष अदालतमा बैंकको स्वयम्भू शाखाका अधिकृत केदारप्रसाद गौतमसहित ८ जनाविरुद्ध सो रकम मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

कृषि विकास बैंकमा २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ निकाली बैंकलाई हानी पुर्‍याएको अख्तियारको आरोपपत्रमा उल्लेख गरेको छ। तर उनीहरू आठै जनाविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो। 

Ncell 2
Ncell 2

को को थिए? 
आयोगले तत्कालीन कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। गौतमसहित तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ, सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध पनि मुद्दा दायर भएको थियो।

गौतम र बानियाँले शाखा प्रबन्धकका रुपमा बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा गम्भीरतापूर्वक सो दायित्व बहन गर्न नसकेको अख्तियारको आरोप छ। 

गौतमले झुठो विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको आरोपपत्रमा उल्लेख थियो। योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी कार्यालय समयबाहेकका समयमा कार्यालयमा बसी कोर बैकिङ प्रणाली (सिबिएस) को दुरुपयोग गरी गैरकानूनी लाभ पुर्‍याई बैंकलाई हानिनोक्सानी गराएको आरोपपत्रमा उल्लेख छ। 

सम्झना पोखरेल गौतमले गैरकानूनी तबरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको, आफ्नो नाममा भएका जग्गा जमिन सबै बेची अनियमित तरिकाबाट प्राप्त भएको रकम लुकाउन र प्रयोग गर्ने दुराशयपूर्ण उद्देश्यबाट भारततर्फ नै बसाइसराइ गरी गएको आरोपपत्रमा उल्लेख छ। 

केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले आफ्नो श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाउँदै नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्दै उनलाई पनि विपक्षी बनाएको थियो। 

गौतमले बैंकिङ कसुर गरी प्राप्त रकमबाट गाडी खरिद गरेको, सुमन भुजेल जग्गाको कारोवारमा संलग्न रहेको, सन्दीप गुप्ताले केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुको साथै भारत पठाउन समेत सहयोग गरेको अनुसन्धानमा पाइएको थियो। सूर्यबहादुर लिम्बूले बसन्त राई भनी कीर्ते नागरिकता बनाई केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिएको आरोपपत्रमा उल्लेख छ। 

५ करोड ह्याक 
कृषि विकास बैंक भ्रष्टाचारीको निशानामा मात्र परेको छैन। बैंकमा ह्याकरका आँखा पनि गढेको विगतको घटनाले पुष्टि गरिसकेको छ। बैंकिङ प्रणाली ह्याक गरी एक महिनामा ह्याकरले बैंकमा रहेको ५ करोड रुपैयाँभन्दा बढी रकम लगिसकेको पाइएको थियो। 

बैंक ह्याक गरी रकम निकाल्ने क्रममा प्रहरीले ११ जनालाई  गत पक्राउ गरेको थियो। नेदरल्यान्डको आइपी भिपिएन काठमाडौंमै प्रयोग गरेर ह्याक गरी पैसा निकालिएको थियो। नेदरल्यान्डको आइपी प्रयोग भएपछि ह्याकर नेदरल्यान्डमै रहेको भन्ने विश्वास पार्न ह्याकरले त्यसो गरेको खुलासा भएको थियो। 

ह्याकरले बैंकको खातामा रहेको रकम सिस्टम ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गर्ने गरेका थिए। त्यसका लागि विदेशी ह्याकरले ठूलो संख्यामा नेपाली बैंक खातावालाहरूको सहयोग लिएका थिए। 

आफ्नो खातामा आएको रकम निकालेर ह्याकरलाई दिएबापत उनीहरूले ह्याकरबाट कमिसन लिने गरेको पाइएको थियो। ह्याकरले खाताबाट रकम निकाल्दा ९ लाख ९९ हजार रुपैयाँका दरले निकाल्ने गरेका थिए। उनीहरूले एटिएमभन्दा पनि चेकबाटै रकम निकाल्ने गरेका थिए। 

यसअघि पनि चिनियाँ र फ्रान्सेली ह्याकर समूहले विभिन्न बैंकबाट ह्याक गरी झन्डै २ करोड रुपैयाँ निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझसम्म फरार छन्।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  २३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ?
साफ यू– २०:  पहिलो हाफमा भुटानविरुद्ध नेपाल ३ गोलले अगाडि
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? शुक्रबार, असार २७, २०८२
साफ यू– २०:  पहिलो हाफमा भुटानविरुद्ध नेपाल ३ गोलले अगाडि शुक्रबार, असार २७, २०८२
मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे म तयार छु : माधव नेपाल शुक्रबार, असार २७, २०८२
एनपीएल रोक्न मेरो कुनै संलग्नता छैन, नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुन्छ : मन्त्री चौधरी शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरलल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्