• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २६, २०८३ Fri, Jul 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

गाउँको सम्मानले उचालिएको कास्यको महत्व

अण्डाबाजी हुँदै सागमा पदकसम्म
64x64
नेपाल लाइभ बुधबार, माघ १, २०७६  ०६:१५
1140x725

राजविराज- बुबा गोविन्दबहादुर कटवालसँगै थिए, ब्याडमिन्टन खेलाडी विष्णु। गृहनगर सप्तरीको फत्तेपुरमा उनको सम्मानमा कार्यक्रम चलिरहेको थियो। कार्यक्रममा बुबातिर हेर्दै भावुक बनेका उनले खेलको महत्व गाउँको सम्मानले देखाएको महसुस मनैदेखि गरे। 

‘सागमा पदक पाउनु मेरो जीवनको महत्वपूर्ण क्षण थियो,' आँखाको डिलमा पुगेको आँसु लुकाउँदै उनले भने, ‘तर, त्यो पदकको महत्व गाउँमा आएर बुझेँ। मेरा लागि योभन्दा ठूलो सम्मान अर्को हुन सक्दैन।’

बाल्यकालमा आमा गुमाउनु परेको पीडा, पारिवारिक समस्याका कारण पढाइ छोड्नु परेको बाध्यता, अप्ठ्यारो समयमा समाजले गरेको व्यवहार भोगेका विष्णुलाई त्यही समाजमा अहिले मिलेको सम्मानले उनको अनुहारमा अनौठो चमक झल्कियो। प्रायः त उनका आँखा रसाइरहेकै थिए। 

सप्तरीको सप्तकोशी नगरपालिका-१, फत्तेपुरका विष्णुले हालै सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा ब्याडमिन्टनतर्फ पुरुष टिम इभेन्टमा कास्य पदक जितेका थिए। त्यही पदकको उल्लासमा रहेको फत्तेपुरले अहिले विष्णुको सम्मान गर्‍याे। 

हजुरबुबा ओमबहादुर कटवालले दोसल्ला ओढाएर नातिमाथि वर्षाएको मायाले उपस्थित सबैको अनुहार मलिन बनायो। यसैले त विष्णुले भने, ‘अहिले सबैको मायाले मैले जितेको कास्य पदक स्वर्णभन्दा ठूलो भएको छ।’

१३औँ सागमा नेपालले अहिलेसम्मकै धेरै ५१ स्वर्ण पदक जितेको थियो। त्यसमा ६० रजत र ९५ कास्य गरी दोस्रो स्थानमा रहेको नेपालको २ सय ६ पदक थियो। सञ्चार माध्यममा हुन् या सरकारी सम्मानमा स्वर्ण पदक नै सबैको नजरमा देखियो।

स्वर्ण, रजत र कास्य जित्ने खेलाडीलाई सरकारको पुरस्कार रकमले पनि भिन्न हुन् भन्ने देखाइरहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले निवासमा नै बोलाएर स्वर्ण विजेतालाई ९, रजतलाई ६ र कास्य विजेतालाई ३ लाख दिने घोषणा गरे। काठमाडौंमा नै विशाल र्‍यालीको आयोजना गरी विजेता खेलाडीको सम्मान पनि गरियो। तर विष्णुले आफ्नो कास्य पदकको महत्व फत्तेपुरमा पाएकै सम्मानले अझ उचालिएको महसुस गर्न सके।

nimb
nimb
Ncell 2
Ncell 2

सप्तकोशी नगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा मेयर उत्तमकुमार गौतम र उपमेयर आशा चौधरीले २५ हजार रुपैयाँसहित विष्णुलाई सम्मान गरे। यस्तै उद्योग वाणिज्य संघ, युवा उद्यम समूह, राष्ट्रिय मावि, न्यू त्रियुगा स्पोर्ट्स क्लब लगायतका संघसंस्थाले पनि विष्णुको सम्मान गरे। 

बाध्यताले बनेका प्रहरी
फत्तेपुर निवासी गोविन्दबहादुर र रामकुमारी कटवालका दोश्रो सन्तान हुन्, विष्णु। तर आमाको अनुहार याद हुनुअघि नै उनी मातृस्नेहबाट पर भए। आमाको निधनपछि घरको आर्थिक अवस्थाले पढ्ने वातावरण बनेन। कक्षा ५ पछि उनको पढाइ छुट्यो।

लामो समयपछि पढ्ने सोच बनाएर काकाको घर (उदयपुरको हडिया निवासी लक्ष्मण कटवाल) कहाँ पुगेका विष्णुले त्यहाँ पनि पढ्न सकेनन्। काकाको घरमै बसिरहेका बेला १९ वर्षको उमेरमा उतैबाट प्रहरी सेवामा भर्ना हुन पुगे।

देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो। माओवादी र सुरक्षाकर्मीको भिडन्त, हत्या, अपहरणका घटनाबाहेक अरु समाचारका विषय थिएनन्।

आर्मी/प्रहरी नै मारिइरहेको समयमा मोरङको विराटनगरस्थित प्रहरी तालिम केन्द्र रानीबाट ०६१ सालमा उनले प्रहरी सेवामा पाइला टेकेका थिए। तालिम सकियो। संखुवासभाको खाँदवारीमा दरबन्दी कायम भएपछि त्यहीँबाट उनको जागिरे यात्रा सुरु भयो। दुई वर्षअघि बढुवा भएर सिपाहीबाट प्रहरी हवल्दार भएका उनले खेलको विकास प्रहरीमा पुगेपछि नै गरेका हुन्। 

खेलाडी बन्ने अवसर
०६३ सालमा प्रहरी दिवस मनाउने तयारी हुँदै थियो। त्यतिन्जेलसम्म विष्णुलाई 'खेल जीवनमा प्रवेश गरौंला' भन्ने सोचसम्म थिएन। तर, खेल्ने उत्साह भने सानैदेखि रहेको उनी बताउँछन्। ‘प्रहरी संगठनभित्र फटिक (सरसफाइ विभाग) को व्यवस्था हुन्छ। हरेकले त्यसमा सहभागिता जनाउनुपर्छ,' खेल क्षेत्रमा प्रवेश गरेको क्षण सम्झदै उनले भने, ‘मचाहिँ खेल मैदान सफा गर्न जान रुचाउँथे।’

शनिबारको दिन थियो। अभ्यास सकिएर पनि एक सिपाही एक्लै ब्याडमिन्टन हान्दै थिए। विष्णुले आफूलाई पनि खेल्ने इच्छा भएको सुनाए। तब उनले एक अंक ल्याएर देखाउन विष्णुलाई चुनौती नै दिए। ‘मलाई गिज्याएजस्तो लाग्यो, त्यसैले चुनौती स्वीकार गरेँ,' उनले सम्झिए, ‘अण्डा बाजी थापेर खेल सुरु भयो। २ हप्तासम्म मैले एक अंक पनि ल्याउन सकिनँ।’

मैले अर्को हप्ता बल्लतल्ल एक अंक ल्याउन सकेपछि अब दुई अंक ल्याउनका लागि बाजी सुरु भयो। हरेक दिनको अण्डा बाजीले झण्डै तीन हप्तापछि विष्णुले दुई अंक पनि ल्याउन सके। ‘दुई अंकसम्म पुग्दा त मैले धेरै अण्डा खुवाइसकेको थिएँ। तर त्यहाँबाट मैले पनि खेल्न सक्छु भन्ने हौसला भने पाइरहेको थिएँ। तब त ब्याडमिन्टन नै मुख्य लक्ष्य बनाएँ,’ विष्णुले सुनाए। 

प्रहरीभित्र नै संघर्ष
अण्डा बाजी खेलिरहेकै वर्ष जिल्लास्तरीय खेलकुद प्रतियोगिता भयो। विष्णु पनि त्यसमा सहभागी भए, तर उनी पहिलो चरणबाट नै बाहिरिए। ‘त्यसपछि इख बढ्दै गयो, प्रयास जारी राखेँ’, सुरुवाती चरणमा गरेको संघर्ष सम्झँदै उनले भने, ‘०६४ सालमा पुग्दा त म पहिलो पटक जिल्ला प्रथम भएँ।’

त्यसलगत्तै चितवनमा ब्याडमिन्टन प्रतियोगिता हुने भयो। साथीहरु सबैले खेल्नुपर्छ भनेर विष्णुलाई हौसला दिए। अफिसले पनि बिदा दिने भयो। तर प्रतियोगितामा सहभागी हुन उनीसँग पैसा थिएन। घाँटीमा लगाएकाे सिक्री २७ हजार रुपैयाँमा बेचेर उनी चितवन पुगे। त्यहाँ उनी दोस्रो चरणको खेलबाट बाहिरिए।

प्रतियोगितामा बाहिरिए पनि त्यसपछि उनको जीवनले नयाँ मोड लियो। उनको खेलप्रतिको लगाव देखेर तत्कालिन डिएसपी (हाल, एआईजी) विश्वराज पोखरेलले काठमाडौं प्रहरी क्लबमा पठाउन प्रयास गरे। तत्कालीन आइजिपी ओमबिक्रम राणाका पिएसओ तत्कालीन  इन्स्पेक्टर (हाल एसपी) दिपक खरेल र कृष्णसुन्दर विष्ट (तत्कालीन इन्सपेक्टर) को पहलमा प्रहरी क्लब भृकुटीमण्डप पुगे। तर, उनले लामो समयसम्म अभ्यासमा पनि सहभागी हुन पाएनन्। ‘एक वर्षसम्म मैले खेल्नै पाइनँ। हाकिमहरु खेल्थे, म अंक गनेर बस्थे,’ उनी सम्झन्छन्।

२०६६ सालमा तिनै कृष्णसुन्दर विष्टले कोच किरण थापालाई विष्णुको सिफारिस गरिदिए। त्यसपछि बल्ल उनको तालिम सुरु भयो। तालिमपछि उनी पुरुष डवल्सतर्फ क्वाटरफाइनल र सिंगलतर्फ प्रि-क्वाटर फाइनलसम्म पुग्न थाले। 

राष्ट्रिय खेलकुदमा पदक
२०६८ फागुन १४ गतेदेखि कैलालीमा छैटाैं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भयो। विष्णु छनौटमा परे। त्यसमा पुरुष डबल्समा पहिलो पटक उनले कास्यपदक जिते। टिममा रजत र सिंगलतर्फ अण्डर सेभेन्टिनका सिल्भर मेडलिस्ट सहदेव खड्कालाई हराएर क्वाटरफाइनलमा पुगे। उनी त्यसबेला नम्बर एक खेलाडी विकास श्रेष्ठसँग हारेका थिए। 

‘हार व्यहोरेपछि दुःख लाग्यो,’ उनी भन्छन्, ‘तर, एक अंकका लागि सुरु भएको यात्रा राष्ट्रिय प्रतियोगितासम्म पुगेको र नम्बर वान खेलाडीसँग भएको प्रतिस्पर्धामा पनि सम्मानजनक हारले हौसला थपियो।’

राष्ट्रिय प्रतियोगितापछि कोरियामा सन् २०१४ मा भएको एसियाली खेलकुदमा विष्णु नेपालबाट जाने चार जनामा छानिए। त्यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। नेपालको प्रतिनिधित्व गर्दै उनी त्यहाँ पुगे। तर, चार महिनाको अथक तयारीले पनि नेपाली टोलीले खासै उपलब्धी पाउन सकेन। 

अनुभव बटुल्दै गएका विष्णुले २०७२ मा पाँचथरको फिदिममा भएको प्रथम फाल्गुनन्द राष्ट्रिय ब्याडमिन्टन लिग च्याम्पियनसिपमा विष्णुले नेपालका नम्बर एक खेलाडी विकाश श्रेष्ठलाई २१–१६ र २५–२३ को सेटमा जितेर पुरुष सिङ्गलको उपाधि जिते। ‘अण्डा बाजीबाट सुरु भएको मेरो यात्रा, नेपाल च्याम्पियनसम्म पुग्यो। त्यो मेरो ठूलो उपलब्धि थियो’ उनले दोहोर्‍याए।

तब सबैथोक ब्याडमिन्टन
नेपाल च्याम्पियन भएपछि विष्णुको उत्साह बढ्दै गयो। आफन्त र साथीहरुको सहयोग थपिँदै गयो। २०७४ फागुनमा पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिज हुने भयो। विष्णुसहित ४ पुरुष र ३ महिला गरी ७ खेलाडी पाकिस्तान पुगे। २०१७ को नोभेम्बर ९ देखि १२ सम्म भएको प्रतियोगितामा मिक्स डवल्सतर्फ विष्णु कटवाल र सुनैना मुखियाको जोडीले कास्य जित्यो।

२०७३ सालमा पूर्वाञ्चलनमा भएको सातौं राष्ट्रिय खेलकुदमा मेन्स डबल्स, डबल्स र टिम इभेन्ट गरी तीनै विधामा कास्य पदक पाएको उनले सुनाए। २०७४ वैशाखमा धनगढीमा भएको अन्नपूर्ण पोस्ट इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि विष्णुले कास्य पदक जितेका छन्।

उनको खेल यात्रा यतिमा मात्र सीमित छैन। साना–ठूला धेरै प्रतियोगितामा उनले सहभागिता जनाएका छन्। जसमा पदकहरु पनि जितेका छन्। तर, १३औँ सागमा जितेको कास्य पदक उनका लागि सबैभन्दा महत्वपूर्ण भएको छ। विशेष त फत्तेपुरमा पाएको सम्मानले।

प्रकाशित मिति: बुधबार, माघ १, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टेलिकम बिलिङको मुद्दामा विशेष अदालतले दियो आरोपितहरूलाई सफाइ
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको भन्दै पुनर्लेखनको प्रयास नगर्न सरकारलाई दलहरुको चेतावनी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
टेलिकम बिलिङको मुद्दामा विशेष अदालतले दियो आरोपितहरूलाई सफाइ बिहीबार, असार २५, २०८३
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको भन्दै पुनर्लेखनको प्रयास नगर्न सरकारलाई दलहरुको चेतावनी बिहीबार, असार २५, २०८३
राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित बिहीबार, असार २५, २०८३
अबदेखि गण्डकीमा गाँजा खेती गर्न पाइने बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्