• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

बार्सिलोनामा भालभर्देलाई नफापेका चार खेल, कस्ता छन् नयाँ प्रशिक्षक? 

64x64
नेपाल लाइभ मंगलबार, पुस २९, २०७६  १४:५७
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भालभर्देलाई बर्खास्त गरेर नयाँ प्रशिक्षक किक्वे सेटियनलाई भित्र्याएको छ। बार्सिलोनाको ‘फुटबल शैली’लाई पछ्याउन नसकेको आरोप लाग्ने गरे पनि भालभर्देको बार्सिलोना नतिजाका आधारमा खराब भने होइन। 

लुइस इनरिकपछि सन् २०१७ को मे महिनामा बार्सिलोनाको प्रशिक्षक बनेका भालभर्देले सन् २०१७–१८ र सन् २०१८–१९ को ला लिगा उपाधि बार्सिलोनालाई जिताए। एक कोपा डेल रे र एक स्पेनिस सुपर कपको उपाधिसमेत जिताएका भालभर्देको शैली बार्सिलोना चलिरहेको पुरानो शैलीभन्दा भिन्न थियो। यसैले पनि बार्सिलोनाको खेलमा अभ्यस्त दर्शक उनको शैली मन नपाएर ‘भालभर्दे आउट’ को नारा लगाउँथे।

च्याम्पियन्स लिगमा गएको सिजन सेमिफाइनलमा लिभरपुलसँगको हार र त्यसअघिको वर्ष क्वाटरफाइनलमा रोमासँगको हारले चिढिएका समर्थक हरेक हारमा दोष भालभर्देलाई नै दिन्थे। जितको जस भने लियोनल मेस्सी र खेलाडीहरुलाई। यसैले नतिजाका हिसाबले ठिकै रहँदा र जारी लिगमा बार्सिलोना शीर्ष स्थानमा रहँदा भालभर्दे भने लखेटिए। 

बार्सिलोनामा भालभर्देले १ सय ६३ खेलमा आफ्नो प्रशिक्षण परखे। जसमा बार्सिलोनाले १ सय ८ खेल जितेको थियो। ३५ खेल बराबरी गरेको थियो। २० खेल हारेको थियो। जितको प्रतिशत ६६.२५ भए पनि केही महत्वपूर्ण खेलमा भएको पराजय उनको बर्हिगमनको कारण बन्यो। त्यसमा पनि विशेष त चार खेललाई लिन सकिन्छ। 

पहिलो त सन् २०१७–१८ को च्याम्पियन्स लिग खेल। जसमा क्वाटरफाइनलमा बार्सिलोना पहिलो लेगमा रोमासँग ४–० ले विजयी भएको थियो। पहिलो लेगको बार्सिलोनाको उत्कृष्ट जित दोस्रो लेगमा भने निरन्तर हुन सकेन र ३–१ ले हार्न पुग्यो। समग्रमा गोल बराबर भए पनि अवे गोलका आधारमा बार्सिलोना बाहिरियो। 

दोस्रो सन् २०१८–१९ को च्याम्पियन्स लिगको सेमिफाइनल खेल। जसमा बार्सिलोनाको हविगत रोमासँगको जस्तै दोहोरिएको थियो। पहिलो लेगमा ३–० ले विजयी भएको बार्सिलोना दोस्रो लेगमा ४–० ले पराजित भएको थियो। पहिलो लेगमा खेर गएका गोलका राम्रा अवसर र दोस्रो लेगमा सम्हालिन नसकेको फुटबलले भालभर्देको खुब आलोचना भयो। 

तेस्रो सन् २०१८–१९ को कोपा डेल रे। कोपाको फाइनलमा बार्सिलोना भ्यालेन्सियासँग खेलिरहेको थियो। त्यसअघि सेमिफाइनलमा रियल मड्रिडलाई समग्रमा ४–१ ले हराएर फाइनल पुगेकाले बार्सिलोनाले उपाधि जित्ने धेरैको अनुमान थियो। तर भ्यालेन्सियाले २–१ ले हराउँदै बार्सिलोनालाई स्तब्ध पारिदियो। 

Ncell 2
Ncell 2

चौथो गएको हप्ता साउदी अरबमा भएको स्पेनिस सुपर कपको खेल। जसमा बार्सिलोना सेमिफाइनलमा एथ्लेटिको मड्रिडसँग ३–२ ले पराजित भएको थियो। तालमेल बिग्रिएको बार्सिलोनाको खेलले महत्वपूर्ण समयमा हार हुने विगतको हविगत दोहोरिएकाले भालभर्देको थप आलोचना भयो। 

एथ्लेटिको मड्रिडसँग पराजित भएदेखि नै सार्वजनिक रुपमा भालभर्देको बर्खास्तीबारे कुराहरु आइरहेका थिए। बार्सिलोनाले भालभर्देको स्थानमा जाभीलाई आउन आग्रह गरे पनि उनले प्रस्ताव अस्वीकार गरिदिँदा सिजनको अन्त्यसम्म भालभर्दे नै रहने अनुमान गरिएको थियो। 

केही दिन यता बिग्रिएको माहोल र नयाँ प्रशिक्षकको सार्वजनिक खोजीले भालभर्देको बर्खास्त छिटो हुन पुुगेको बताइएको छ।

१७ वर्षअघि मात्र बार्सिलोनाले यसरी सिजनको बीचमा प्रशिक्षक लुइस भान गालको बर्खास्ती गरेको थियो। त्यसबेला लिगमा बार्सिलोनाको अवस्था खराब थियो। यसपटक भने च्याम्पियन्स लिगमा पनि अगाडि बढिरहँदा र लिगमा शीर्ष स्थानमा रहँदा प्रशिक्षक बर्खास्त भए।

कस्ता छन् नयाँ प्रशिक्षक?
भालभर्देलाई बर्खास्त गरेर ल्याइएका नयाँ प्रशिक्षक किक्वे सेटियन धेरै परिचित नाम होइन। बार्सिलोनाका कप्तान लियोनल मेस्सीको प्रशंसक रहेका सेटियन बार्सिलोनाको ‘टिकी टाका’ शैलीका पनि प्रशंसक हुन्। 

सन् २०२२ को जुन महिनासम्मको सम्झौतामा बार्सिलोना आएका ६१ वर्षका सेटियन ‘बल पोसेसन’कै आधारमा बढ्ने प्रशिक्षक हुन्। एक समयका सेन्टर मिडफिल्डर सेटियनले बार्सिलोनाको पुरानो शैली फर्काउने आशमा समर्थकहरु छन्। 

खेलाडीका रुपमा उनले रेसिङ सानटान्डर, एथ्लेटिको मड्रिड, लोग्रोनेस र लेभान्टे क्लबमा आफ्नो खुबी देखाएका थिए। सन् १९७८ मा स्पेन यु२१ हुँदै १९८५ देखि १९८६ सम्म स्पेन राष्ट्रिय टिमका खेलाडी रहेका सेटियन प्रशिक्षक बनेको बार्सिलोना आठौँ टिम हो। 

यसअघि सेटियनले २००१ देखि ०२ सम्म स्पेनकै क्लब रेसिङ सानटान्डर, २००३ मा पोली इजिडो, २००६ मा इक्वेटोरियल गिनीको राष्ट्रिय टिम, २००७–०८ मा स्पेनकै लग्रोनेस क्लब सम्हालेका थिए। यस्तै २००९ देखि २०१५ सम्म स्पेनकै डेपोर्टिभो लुगो, २०१५ देखि २०१७ सम्म लस पाल्मस साथै २०१७ देखि २०१९ सम्म रियल बेटिस टिम सम्हालेका थिए। 

संयोग कस्तो छ भने, प्रशिक्षकको रुपमा भालभर्दे रहँदा बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा एक खेल मात्रै हारेको थियो। जुन खेलमा रियल बेटिसले ४–३ ले हराउँदा बेटिसको प्रशिक्षक सेटियन नै थिए।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित)
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्