एजेन्सी- अमेरिकी पप गायिका टेलर स्विफ्टले आगामी एल्बम ‘रेप्युटेसन’ को एउटा गीत ‘लुक ह्वाट यु मेड मि डु’ को भिडियो आइतबार भएको एमटिभी भिएमएज (भिडियो म्युजिक अवार्डस्) मा प्रिमियर गरिन्।
अवार्डसकी होस्ट अर्की पप गायिका क्याटी पेरी भने ‘कन्ट्री टर्न्ड पप सिंगर’ टेलरको भिडियो प्रिमियरमा बसिनन्। पेरीले होस्ट गरेको अवार्ड समारोहमा टेलर पनि अनुपस्थित थिइन्। लामो समयदेखि ‘फ्रेनेमी’ रहेका स्विफ्ट र पेरीबीच कडा ‘राइभल् री’ छ र बेलाबेला सार्वजनिक रुपमै पनि देखिने गरेको छ।
केही वर्षयता २७ वर्षे टेलरले ‘कन्ट्री सिंगर’को ट्यागबाट निस्कँदै ‘पप जनरा’मा समेत लोकप्रिय भएपछि दुवैबीचको वैमनस्यता अझै चुलिँदो छ। नयाँ गीतको भिडियोमा टेलरले आफ्ना पुराना ब्वाइफ्रेन्ड अभिनेता टम हिडलस्टोनदेखि बेयोन्से नोवेल्स, कान्ये वेस्ट र उनकी पत्नी किम कार्दासियन र ‘राइभल’ क्याटी पेरीसम्मको खिसी गरेकी छन्। गीतको अडियो भर्सन बिहीबार जारी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।