मुम्बई– भारतका धनाढ्य व्यापारी मुकेश अम्बानी आफ्नो निवासमा नियमित जस्तै पार्टी आयोजना गरिरहन्छन् । यस्तो पार्टीमा बलिउड स्टार, क्रिकेटर र मोडलको भीड लाग्ने गरेको छ।
शनिबार राति अम्बानी परिवारले आयोजना गरेको पार्टीमा पनि बलिउडका चर्चित अनुहार सहभागी थिए । ऋतिक रोशन, करिना कपुर जस्ता स्टार कलाकार उपस्थित रहेको पार्टीमा सबैको आँखा श्रीदेवीका दुई छोरीमा टिकेको थियो । जाह्नवी कपुर र खुशी कपुर ग्ल्यामर लुक्समा पार्टीमा आएका थिए।

जाह्नवीले गोल्डेन कलरको सर्ट्स लगाएकी थिइन् भने खुसी भने ब्लु प्रिन्टेट आउटफिटमा देखिइन् ।
श्रीदेवीका दुवै छोरी बलिउडको पार्टीमा देखिँदै आएका छन् । प्रायः आफ्नो आमाबुवा श्रीदेवी र बोनी कपुरसँग देखिन्थे । तर, अम्बानीको पार्टीमा भने उनीहरु अभिभावक बिनै पुगेका थिए।
यी दुई बाहेक अन्य कलाकार कालो पहिरनमा ठाँटिएका देखिन्थे । करिना आफ्नी दिदी करिश्मासँग देखिएकी थिइन् भने सलमान खानका भाइ अरबाजसँग पारपाचुके गरिसकेकी मलाइका अरोरा कालो लुगामा हट देखिएकी थिइन्।
अन्य कलाकारमा शाहिद कपुरकी श्रीमती मिरा राजपुत पनि ब्ल्याक ब्युटी भएर आएकी थिइन् । ‘जुडुवा–२’ का स्टार कलाकार वरुण धवन र ज्याकलिन फर्नान्डिज एकसाथ देखिएका थिए । पार्टीमा करण जोहर, श्रद्धा कपुर, आदित्य रोय कपुर, नेहा धुपिया, अर्जुन कपुर, सिद्धार्थ मल्होत्रा लगायत सेलिब्रिटी उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।