काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सीमाको विषयलाई अदालतमा प्रवेश गराउन नहुने राय व्यक्त गरेका छन्।
सर्वोच्च अदालतले नेपालको पूर्ण नक्सा पेस गर्न दिएको आदेश विधिप्रति उनले आपत्ति प्रकट गरेका छन्। भूमि सम्बन्धी समस्या नितान्त कुटनीतिक र राजनीतिक तहबाट संवादमार्फत् समाधान गर्ने विषय भएको उनले सुझाए।
सर्वोच्चले नेपालको पूर्ण नक्सा अदालतमा पेस गर्न सरकारका नाममा बुधबार आदेश दिएपछि डा कोइरालाको उक्त प्रतिक्रिया आएको हो।
नेता कोइरालाले भूमि अतिक्रिमणरको विषयलाई अदालतमा प्रवेश गराएपछि त्यसले नकरात्मक मोड लिने ट्वीटमार्फत् उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘कुटनीतिका यस्ता कुरामा हामी कहिले जिम्मेवार बन्ने?यसले के दुरगामी असर पर्छ?’
भारतले आफ्नो नक्सामा नेपाली भूमि समेटेर नोभेम्बर २ मा नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा भारतीय पक्षको विरोध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।