एजेन्सी- आमिर खान अभिनित फिल्म 'दंगल'ले हङकङ बक्स अफिसमा बलिउड फिल्महरूको कीर्तिमान तोडेको छ।
फिल्मले हङकङको वबक्स अफिसमा २३.४५ हङकङ डलर (१९.५ करोड भारू) कमाइ गरेको छ। यसअघि कमाइको कीर्तिमान आमिरकै 'थ्री इडियट्स'को नाममा थियो।
हङकङका ४६ पर्दामा फिल्म रिलिज भएको थियो। फिल्मलाई प्राप्त यो शो हङकङमा कुनै पनि हिन्दी फिल्मलाई दिइएको सर्वाधिक शो हो। फिल्मले पहिलेको भन्दा ४ गुना बढी पर्दा पाएको थियो।
फिल्मले हालसम्म विश्वव्यापी रूपमा २९७.६८ मिलियन डलरको कमाइ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।