एजेन्सी- 'जब तक हे जान'मा काम गरेको ५ वर्षपछि शाहरुख खान तथा क्याटरिना कैफको रोमान्स फेरि एकपटक पर्दामा आउने भएको छ।
क्याटरिना र शाहरूख आनन्द एल रायको फिल्ममा पुन: देखिन थालेका हुन्। फिल्मको सुटिङ सुरू भइसकेको छ। आफ्नो इन्स्टाग्राममा शाहरुखसँगको सेल्फी पोस्ट गर्दै क्याटरिनाले खबर सार्वजनिक गरेकी हुन्।
क्याटरिनाले हालै सलमानसँग 'टाइगर जिन्दा है'को सुटिङ सकाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।