नयाँ दिल्ली–संजय लिला भन्सालीको आगामी फिल्म ‘पद्मावती’ रिलिज हुनुअघि नै विवादमा परेको छ। चितौडको रानीको कथामा आधारित यो फिल्मको पहिलो पोस्टर शुक्रबार सार्वजनिक भएको थियो।
पोस्टर सार्वजनिक हुने वित्तिकै राजस्थानको करणी सेनाले फिल्म निर्मातालाई धम्की दिएका छन्, फिल्ममा अनावश्यक तथ्य समावेश गरिएको खण्डमा रिलिज हुन नदिने भन्दै। न्युज एजेन्सी आइएएनएसका अनुसार करणी सेनाका संस्थापक लोकेन्द्र सिंह कलवीले यस्तो धम्की दिएका हुन्।
उनले २० दिन अगाडि भन्सालीको टिमले आफूहरुलाई फिल्म हेर्न निम्तो गरेको तर आफूहरुले इतिहासकार र बुद्धिजिविलाई पनि राखेर फिल्म देखाउन आग्रह गरेको बताए। यसपछि कोही पनि सम्पर्कमा नआएको भन्दै उनले ऐतिहासिक पक्षमा छेडछाड भए फिल्म चल्न नदिने धम्की दिए। फिल्मको मुख्य भुमिका दीपिका पादुकोणले गरिरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।