• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

विकास आयोजना : 'सनराइज' हुन्छ तर 'सनसेट' कहिल्यै हुँदैन

64x64
नेपाल लाइभ सोमबार, पुस १४, २०७६  ०९:२५
1140x725

पूर्वाधार विकासमा नेपालमा एउटा प्रवृत्ति लामो समयदेखि कायम छ। विकासका आयोजनाहरु घाम जस्तै झुल्किन्छन् तर कहिल्यै निर्माण सम्पन्न हुँदैनन्। अर्थात्, विकास आयोजनामा 'सनराइज' हुन्छ तर 'सनसेट' कहिल्यै हुँदैन। आयोजनाका तीनवटा कुरा हुन्छन्- निश्चित लागत, कार्यान्वयनको समय र निश्चित उपलब्धी। यी तीनवटा कुरा भएनन् भने विकास आयोजनाको अर्थ हुँदैन। 

तर, अधिकांश आयोजनाहरुको सुरुको अनुमान लागतमा काम हुँदैन, बढेको बढ्यै हुन्छ। यस्ता आयोजनाहरुको अनुमानित समय अनन्त कालसम्म हुन्छ र उपलब्धी मापनयोग्य देखिँदैन।

अन्त्यहीन आयोजना
२०५० सालतिर सगरमाथा राजमार्ग सुरु भयो। सुरुमा त्यो आयोजनाका लागि हरेक वर्ष ३/४ करोड रुपैयाँ विनियोजन हुन्थ्यो। यसैगरी विनियोजन गरेर काम गर्ने हो भने यो सडक कहिले सकिन्छ भनेर सोध्दा भौतिक, योजना तथा निर्माण मन्त्रालयका उच्च पदाधिकारीहरु १४० वर्ष लाग्छ भन्नुहुन्थ्यो। यो उदाहरण किन प्रस्तुत गरिएको भने नेपालमा पहिले विनियोजनको यस्तो दुर्दशा थियो। तर अहिले प्राथमिकता प्राप्त आयोजनामा विनियोजनको समस्या छैन। अहिलेको मुल समस्या भनेको आयोजना समयमै सक्नुपर्छ भन्ने भावनाले सुरु नै गरिँदैन।

बजेट विनयोजनका कारण होइन, अन्य कारणले कहिल्यै समयमा पुरा हुँदैन। मैले सिक्टा सिँचाइ आयोजनाको उदाहरण धेरै ठाउँमा दिने गरेको छु। यो आयोजना सुरु भएको १५ वर्ष भयो, सुरुवाती प्रक्षेपणभन्दा कैयौँ गुणा खर्च भैसक्यो, त्यसबाट आउने पानी किसानको खेतमा पुगेको छैन। तर, आयोजनाको हेडवर्क्स (मुहान) मर्मत गर्नुपर्ने भैसकेको छ। यो जस्तो दुर्दशा विकासमा अरु के हुन्छ? आयोजना कसरी कार्यान्वयन गर्ने भन्ने प्राथमिकीकरण भएन। मुहान बनेपछि एउटा क्षेत्रतिर पानी पठाउन थालेको भए त्यतातिरका किसानले त सुविधा पाउँथे। आयोजनाको चरणबद्ध काम गर्ने भन्दा पनि एकैपटक सबै तिर हात हाल्ने र ठेक्का लगाउने प्रतिस्पर्धा बढेको छ। तर, आयोजना सम्पन्न गर्न प्रतिस्पर्धा छैन। 

विकासका कामको ठेक्का लगाएपछि कहिले सम्पन्न हुन्छ कसैको मतलब छैन। सबैको ध्यान केबल नयाँ ठेक्का लगाउनेमा नै छ। आयोजना प्रमुखहरुसँग तपाईंको आयोजना कहिले सम्पन्न हुन्छ भनेर प्रश्न गर्दा उनीहरुको जवाफ आउँछ, 'यो त निरन्तर जान्छ।' विकास आयोजना कहिले सकिन्छ भनेर प्रश्न गर्दा यो त निरन्तर अघि बढ्छ भन्ने पनि जवाफ हुन्छ? अहिलेसम्म यो आयोजना निरन्तर अघि बढिरहेकै छ, वर्षेनी १ अर्ब बजेट विनियोजन भएको छ, खर्च पनि भएको छ तर उपलब्धी शून्य। बबई सिँचाइको अवस्था त्यस्तै छ। बाढीले काम बिगार्‍यो, त्यसपछि काम सुरुबाट अघि बढाउनुपर्ने भयो। यसले त्यहाँ पनि गुणस्तरीय काम नभएको प्रष्ट देखायो। 

सडक निर्माणमा यस्तै छ। मध्यपहाडी लोकमार्गको अवस्था झन् दयनीय बन्न पुगेको छ। आयोजना कहिले टुंगिने मात्रै होइन, कतिपय ठाउँमा त बाटो कहाँबाट जान्छ भन्ने पनि यकिन छैन। सिधा गइरहेको सडकअलिमाथि एउटा बस्ती देखिन्छ अनि त्यहाँको प्रभावमा 'अलाइनमेन्ट' नै परिवर्तन हुन्छ। यसले बाटोको लागत बढाउँदै लगिरहेको छ। पूर्वदेखि पश्चिमसम्म पहाडको बीचबाटै जोड्न खोजेको बाटो गाउँको सामान्य बाटो जस्तो बनेको छ। सिधा जाँदा कम लागतमा बनाउन सकिनेमा अनावश्यक घुमाउँदा समय र लागत दुवै बढिरहेको छ।

गलत डिजाइन
विकास आयोजना निर्माणका लागि पूर्वतयारी नै कमजोर गर्ने गरेका उदाहरण पनि प्रसस्तै छन्। राष्ट्रिय गौरवकै आयोजनाहरु पनि राम्रो पूर्वतयारी विना कार्यान्वयन गर्न खोज्दा त्यसले अपेक्षित परिणाम नदिने देखिन्छ। उदाहरणका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई लिन सकिन्छ। यो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा कार्यान्वयन गरिरहेको छ र अहिले निर्माणको अन्तिम चरणमा पनि छ। 

क्षेत्रगत मन्त्रालयहरूको आयोजना डिजाइन र त्यसको कार्यान्वयनमा प्रत्यक्षत: अर्थ मन्त्रालयको भूमिका रहँदैन तर, आयोजना डिजाइनमा देखिएका त्रुटि र कार्यान्वयनमा हुने ढिलासुस्तीको अपजस अर्थ मन्त्रालयले भोग्दै आएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यो आयोजनाको टर्मिनल हेर्ने हो भने आन्तरिक विमानस्थल व्यवस्थापन गर्न सक्ने क्षमताको मात्रै बनाइएको छ। विमानस्थलको अन्य संरचना अन्तर्राष्ट्रिय जहाज ओराल्ने र उडाउने गरी बनाइएको छ तर यात्रु व्यवस्थापनका लागि चाहिने कक्ष भने आन्तरिक विमानस्थलका लागि आवश्यक पर्नेभन्दा पनि सानो छ। विकासमा अदूरदर्शिता र अन्त्यहीन आयोजना बनाउने प्रवृत्ति यहाँ पनि देखिएको छ। 

यो आयोजना सुरुमा क्षेत्रीय विमानस्थल बनाउने भनेर डिजाइन गरियो। सन् २००९ मा डिजाइन भएको आयोजना २०१९/२०२० मा कार्यान्वयन भइरहेको छ। १२ वर्षअघिको नेपाल हेरेर डिजाइन गरेको आयोजना १२ वर्षपछि बनिसक्दा काम नदिने हुन लागिसक्यो। 

सुरुवातमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी डिजाइन गरेको भए यो समस्या हुने थिएन। निर्माण ढिलो हुँदा समयक्रममा अन्तर्राष्ट्रिय विमानस्थल भन्ने पनि भयो। जग्गा किनेर रन वेविस्तार गरेपछि ठूला जहाज ओर्लिन सक्छ भने त्यही त हो अन्तर्राष्ट्रिय विमानस्थल भन्ने सोचले काम गरिएको छ। यो एउटा उदाहरण हो। 

सडक आयोजनाहरु पनि अदूरदर्शिता र गलत डिजाइनको शिकार भएका छन्। सुरुमा सडक बनाउँदा एक लेनको बनाउने र तदअनुरुप न्यूनतम जग्गा दरिद गर्ने अनि ४/५ वर्षमा सडक विस्ताको नाममा बाटो पुर्याकएर महँगो भएको जग्गा खरिद गर्दा विकास महँगो हुन गएको छ। 

मानव संशाधनको क्षमता
नेपालमा सरकारी वा निजी क्षेत्रमा विकासलाई गति दिनसक्ने मानव संशाधनको अभाव छ। खासगरी सरकारी क्षेत्रमा मानव संशाधन उत्पादनका लागि लगानी पनि कम छ भने कुशल र दक्ष जनशक्तिको रुची निजामती प्रशासनमा कम हुने गरेको छ। दोस्रो कुरा, दीर्घकालीन सोच राख्न सक्ने क्षमता पनि कमजोर हुँदै गएको छ।

कुशल र दक्ष जनशक्तिको अभावकै कारण सार्वजनिक खर्च प्रभावकारी हुन सकेन। मानव संशाधनमा व्यावसायिकता कायम गराउन नसक्दा विकास कमजोर भएको छ। तसर्थ मानव संशाधनको विकासमा लगानी गर्नुपर्छ। अहिले धेरै कर्मचारीले काम गर्दै सिक्दै जानुपर्ने अवस्था छ। यसलाई विश्व परिस्थित अनुरुप बनाउँदै लैजानुपर्छ। 

अर्थ मन्त्रालयको भूमिका
क्षेत्रगत मन्त्रालयहरुको आयोजना डिजाइन र त्यसको कार्यान्वयनमा प्रत्यक्षत: अर्थ मन्त्रालयको भूमिका रहँदैन तर, आयोजना डिजाइनमा देखिएका त्रुटि र कार्यान्वयनमा हुने ढिलासुस्तीको अपजस अर्थ मन्त्रालयले भोग्दै आएको छ। क्षेत्रगत नीति तथा कार्यक्रमले सम्बोधन गरेको विषयमा, प्राथिमकताका आधारमा अर्थ मन्त्रालयले स्रोतको प्रत्याभूति दिने हो, विनियोजन  प्रस्ताव गर्ने मात्र हो। तसर्थ, क्षेत्रगत नीति र कार्यक्रम अनुरुप आयोजना तर्जुमा, डिजाइन, त्यसको कार्यान्वयनको सबै जस/अपजस क्षेत्रगत मन्त्रालयकै हो। यद्यपि, कार्यान्वनयको शीघ्रतामा अर्थ मन्त्रालयले चासो राख्छ र आवश्यकता अनुरुप सहजीकरण गर्छ नै।

(अर्थ मन्त्रालयका पूर्व सहसचिव अधिकारीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  ०९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, अर्जुन कुमालको डेब्यू
किराँत समुदायमा उभौली पर्व मनाइँदै, राष्ट्रपति पौडेलले दिए शुभकामना
क्रिकेट विश्वकप लिग–२ : नेपाल र यूएई आमनेसामने हुँदै
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, अर्जुन कुमालको डेब्यू शुक्रबार, वैशाख १८, २०८३
किराँत समुदायमा उभौली पर्व मनाइँदै, राष्ट्रपति पौडेलले दिए शुभकामना शुक्रबार, वैशाख १८, २०८३
क्रिकेट विश्वकप लिग–२ : नेपाल र यूएई आमनेसामने हुँदै शुक्रबार, वैशाख १८, २०८३
बाग्मती किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण दोस्रो चरण सुरु शुक्रबार, वैशाख १८, २०८३
आज २५७०औँ बुद्ध जयन्ती, लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा कार्यक्रम गरी मनाइँदै शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्