complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

उदित नारायण भन्छन्- सारा संसारलाई थाहा छ, म नेपाली हुँ

64x64
नेपाल लाइभ आइतबार, असोज ८, २०७४  ०५:३३
1140x725

मुम्बई– बलिउडका चर्चित ‘प्लेब्याक सिङ्गर’ उदित नारायण झा मुम्बईको लोखन्डवालास्थित स्काइभेन विल्डिङको ११०१ र ११०२ नम्बरको अपार्टमेन्टमा बस्छन्। पुरानो स्टारडमका कारण उनलाई भेट्न सोचे जति सजिलो छैन, तर जब उनी कसैसँग भेट्छन्, लाग्छ– उनी जत्तिको सहज व्यक्ति अरु कोही हुन सक्दैन। 

उनीसँगको पहिलो भेटमै आफूलाई बदनाम गराउन केही व्यक्ति नियोजितरुपमा लागेको भन्दै मन खिन्न बनाए। बेलाबेलामा उनको नागरिकताको विषयमा कुरा उठ्ने गरेको छ। उनले सुरुमै यसको खण्डन गर्न खोजे । भने, ‘मैले कहिल्यै म नेपाली होइन भनेको छैन । आज म जे छु, त्यो सबै नेपाल र नेपालीको मायाले हो।’

गीतको माध्यमले भारतीय संगीतमा उत्कृष्ट योगदान गरेको भन्दै उनलाई भारत सरकारले सबैभन्दा ठूलो पुरस्कार पद्म भुषणबाट गत वर्ष र सन् २००९ मा  पद्मश्रीबाट सम्मानित गर्‍यो । उनको विषयमा विवाद चुलिनुको अर्को कारण पनि यही हो। यतिबेला उनीमाथि नेपाली नागरिकता परित्याग गर्दै पुरस्कार ग्रहण गरेको आरोप लाग्दै अाएको छ। 

उनले यसको प्रष्टीकरण दिँदै भने, ‘म नेपाली भएको सारा संसारलाई थाहा छ। मैले लुकाउनुपर्ने केही छैन।’ 


पूर्व राष्ट्रपति प्रणव मुखर्जीसँग पद्म भुषण अवार्ड ग्रहण गर्दै


सप्तरीको भारदहमा जन्मिएका उदितले बाल्यकालमा त्यहीको भजन मन्डलीमा भजन गाएर संगीतकर्म सुरु गरेका थिए। 

भारतमा गीत गाएर नेपालीको नाम उच्च राखेको भन्दै उनी २०५८ सालमा प्रबल गोर्खा दक्षिण बाहुबाट सम्मानित भएका थिए। ‘राजा बीरेन्द्रबाट मैले गोर्खा दक्षिणबाहु प्राप्त गर्दा प्रवासमा बसेर काम गर्ने सबै नेपालीको मुटु गर्वले फुलेको थियो’, उनले अथ्र्याए।  

उदितले हाइस्कुल शिक्षा राजविराजमा पुरा गरे । थप अध्ययनका लागि काठमाडौं प्रवेश गरे । आरआर क्याम्पसमा अध्ययनरत रहँदा उनको करिअर रेडियो नेपालतर्फ मोडिएको थियो । भारतीय दूतावासले दिने छात्रवृत्तिमा उनी सन् १९७८ मा पढ्न मुम्बई आए।

मुम्बईस्थित भारतीय विद्या भवनमा संगीत सिक्ने क्रममा उनले थुप्रै दुःख पाए । एक पल्ट त नेपाल फर्किने मन बनाइसकेका थिए। 

‘ओहो, मुम्बईका मान्छे कति व्यस्त । मलाई त एक्लो महसुस भइसकेको थियो’, कुराकानीकै क्रममा पुरानो कुरा सम्झिएका उदित भन्दै थिए, ‘मैले रेडियो नेपालका दाइहरुलाई चिठी नै पठाएर यहाँ बस्न सक्दिनँ, नेपाल फर्किन्छु भनेको थिएँ।’ 

त्यतिबेला आफ्ना अग्रजले आफूलाई गाली गरेको उनी अहिले पनि सम्झन्छन्।

‘दाइहरुले मेरो चिठीको जवाफ ६ महिनापछि फर्काउनुभयो । त्यो पनि गाली गरेर’, उनले भने– ‘छात्रवृत्तिमा पढ्न गएको छौं । पढाइ नसकी नआऊँ । बरु दुःख सहेर बस।’

काठमाडौंबाट अग्रजहरुको यस्तो चिट्ठी आएपछि उनी असमञ्जसमा परेका थिए । ‘मलाई गाह्रो पर्‍यो । मुम्बईमै बसौं भने टिक्न गाह्रो । नेपाल फर्किऊ भने साथीभाई रिसाउने डर’, उनले भने, ‘त्यतिबेला मुम्बईमा मेरो अविभावक थिए, गायक मुरलीधर । उहाँले नै मलाई मुम्बईमा टिक्न सहयोग गर्नुभयो।’

उदितले कामको खोजीमा चप्पल लगाएर मुम्बईको अधिकांश स्टुडियो चहारेको कहानी पनि सुनाए ।

Ncell 2
Ncell 2
nimb
nimb

‘म सधैं कामको खोजीमा स्टुडियो बाहिर ढुकेर बस्थेँ । कसैले काम दिँदैनथे । थाकेर घर फर्किँदा खल्तीमा पैसा हुँदैन्थ्यो । कति दिन भोकै बसेको छु,’ उनी दुःखको दिन सम्झिँदा केही भावुक बने।  

लामो समय काम नपाउँदा उदित हतोत्साही भइसकेका थिए । उनलाई रत्तिभर विश्वास थिएन, मुम्बईमा कुनै ब्रेक पाइन्छ भनेर । तर, एकदिन मुरलीधरमार्फत चिनजान भएका नेपाली संगीतकार रञ्जित गजमेरले उनलाई स्टुडियो बोलाएछन् । वास्तवमा त्यो दिन गजमेरले नेपाली गीत गाउन उदितलाई बोलाएका थिए । त्यही दिन उनको भेट दिपासँग भएको थियो । पछि यी दुवै वैवाहिक बन्धनमा बाँधिए। 


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग परिवारका साथ


‘अहिले म जहाँ छु, सबै भगवान पशुपतिनाथको कृपा हो। नेपाली दर्शकले पनि मलाई ठूलो सम्मान र माया दिनुभएको छ,’ उनले भने। 

उदितले सन् १९८० मा पहिलो हिन्दी गीत राजेश रोशनको म्युजिक रहेकाे फिल्म ‘सन्नाटा’ मा ‘सुन जाने जा’ गाएका थिए । यसपछि केही छिटपुट गीत गाएका उनी सफल हुन सकेनन्। त्यतिबेला पनि उनी मानसिक तनावमा थिए। 

यति नै बेला एकदिन चर्चित कम्पोजर आनन्द–मिलनले एउटा सानो बजेटको फिल्म ‘कयामत से कयामत तक’ मा उनलाई गीत गाउने अफर दिए । सन् १९८८ मा प्रदर्शन भएको यो फिल्मको गीत यति ठूलो हिट सावित भयो, यसपछि उनले फर्किएर दुःखको दिन हेर्नु परेन् । आमिर खानको पहिलो फिल्म रहेको त्यही एउटा फिल्मले उनलाई उचाईमा पुर्यायो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भारतका चर्चित गायक किशोर कुमारको निधनपछि उदितले लामो समय बलिउडमा राज गरे । उनले ‘दिलवाले दुलहनिया ले जाएगे’, ‘कुछ कुछ होता हे’, 'अनाडी', 'दिलजले' लगायत थुप्रै हिट फिल्ममा आफ्नो आवाजको जादु छरिसकेका छन् । सन् २००१ मा रिलिज भएको लगान, २००२ मा रिलिज भएको छोटे छोटे सपने हो, २००४ मा रिलिज भएको स्वदेशजस्ता फिल्मबाट उनले लगातार ३ पटक राष्ट्रिय पुरस्कार प्राप्त गरे।

उदितले नेपाली फिल्म ‘कुसुमे रुमाल’ मा पनि अभिनय गरे । उनी त्यो फिल्ममा हिरो बन्नुको कारण खोल्दै भन्छन्, ‘मलाई रञ्जित गजमेर दाजुले फिल्म खेल्न लगाउनुभयो । मैले नाइँ भन्न सकिनँ।’ 

पछिल्लो समय उदित भारतीय फिल्ममा त्यति सक्रिय देखिदैनन् । तर, उनी संगीतकर्ममा युवाहरु आएकोमा खुसी छन् । ३६ वटा विभिन्न भाषामा २५ हजारको हाराहारीमा गीत गाइसकेका ६१ वर्षीय यी गायक छुट्टिने बेला भन्दै थिए, ‘मैले भारतमा जे जति सफलता प्राप्त गरे । त्यो सबै नेपालीहरुको आशीर्वाद हो।’

प्रकाशित मिति: आइतबार, असोज ८, २०७४  ०५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्