• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जनविश्वास गुमाउँदै न्यायिक समिति, प्रहरी र अदालतमै जान्छन् उजुरी 

64x64
नेपाल लाइभ शनिबार, पुस १२, २०७६  ०६:०२
1140x725

रोल्पा- रोल्पाका स्थानीय सरकारका न्यायिक समितिमा न्याय माग्नेहरूको संख्या घट्दै गएको छ।  जनताको घरदैलोमा न्याय दिलाउन नगरपालिकाका उपमेयर र गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा गठित न्यायिक समितिमा सुरुमा जनताको भरोसा देखिए पनि हाल आएर त्यस्तो  विश्वास र भरोसा घट्दै जान थालेको छ। 

निर्वाचन भएको पहिलो वर्ष रोल्पा नगरपालिकामा  ४५ वटा उजुरी परेका थिए। त्यसको पछिल्लो वर्ष  १८ वटामात्र परे। चालु आर्थिक वर्षको ७ महिनाबित्दा ७ वटामात्रै उजुरी परेको रोल्पा नगरपालिका न्यायिक समितिका सदस्य नवराज आचार्यले बताए।  महिनामा एउटाका दरले मात्र उजुरी आउने गरेको आचार्यले बताए। 

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको न्यायिक समितिमा पहिलो वर्ष दुईवटा मात्र उजुरी परे। दोस्रो वर्ष र चालु आर्थिक वर्षमा समेत उजुरी निकै कम आएपछि न्यायिक समितिको कामभन्दा अन्य काममा समय दिन पाइएको न्यायिक समिति संयोजक पवित्रा घर्तीले बताइन्। 

रोल्पा नगरपालिकाको न्यायिक समितिका सदस्य आचार्यका अनुसार अदालत र प्रहरी कार्यालय नजिक भएकाले  यस्तो उजुरी दिने अधिकांश त्यतै गएका हुन्। तर उनको भनाइ उति मिल्दो देखिँदैन किनभने टाढाका मानिसहरू पनि स्थानीय सरकारका निकायमा उजुरी दिनुका सट्टा यस्तो उजुरी दिन घण्टौं धाएर सदरमुकामस्थित प्रहरी कार्यालय पुग्ने गरेका छन्।  

सुनिलस्मृति गाउँपालिका २ की  ललिता पुरी यसको एउटा प्रमाण हुन्। उनले श्रीमान रामलाल पुरी, ससुरा लिलु पुरी र सासु केशरी पुरीविरुद्ध जिल्ला प्रहरी कार्यालय रोल्पाकोे महिला, बालबालिका तथा जेष्ठ नागरिक सेलमा उजुरी दिएकी छिन्। सो सेलकी ईन्चार्ज मीना  विकका अनुसार यस विषयमा अहिले सो सेलले छलफल चलाईरहेको छ। 

यो विषयमा उनले आफ्नै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिनुपर्ने हो तर ३० मिनेट टाढाको गाउँपालिकामा जानुभन्दा उनी  घण्टौं हिँडेर सदरमुकाम लिवाङको प्रहरी कार्यालय पुगिन्। 

रोल्पा नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक मनकुमारी घर्तीका अनुसार  उजुरी कम पर्नु राम्रो हो। यसले मान्छे मिलेर बस्न थालेको  संकेत गर्छ। उनका अनुसार, सानातिना उजुरी वडाले पनि मिलाउन थालेकाले पनि नगरपालिकाको न्यायिक समितिमा उजुरी घटेको  हुन सक्छ।  रोल्पा नगरपालिका ४ नम्बर वडाले मेलमिलापकर्ता राखेर उजुरी मिलापत्र गरिरहेको घर्तीले बताइन्। 

सुनछरी गाउँपालिकाकी न्यायिक समिति संयोजक घर्तीले पनि मगरवाहुल्य क्षेत्र भएकाले उजुरी कम आएको हुनसक्ने बताइन्। ‘न्यायिक समितिमा उजुरी कम पर्नु भनेको समाजमा झैझगडा, द्वन्द्व र वैमनस्य कम हुनु हो,’ घर्तीले भनिन्। दुर्गम ठाउँ भएकाले कतिपय नागरिकलाई गाउँपालिकाबाट न्याय पाइन्छ भन्ने थाहा नभएकाले उजुरी कम परेको हुनसक्ने घर्तीले बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तर झगडा नभएका होइनन्। स्थानीय सरकारको  न्यायिक समितिमा जानु पर्ने उजुरी प्रहरी कार्यालयतिर जाने गरेका छन्। जिल्ला  प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिलाराम आचार्यका अनुसार प्रहरीको सबेभन्दा बढी चाप नै यही विषयमा छ। प्रहरीमा आउने  उजुरीमध्ये ७५  प्रतिशत घरेलु हिंसाका हुने उनले बताए।

जिल्ला प्रहरी कार्यालय महिला बालवालिका तथा जेष्ठ नागरिक सेलमा आर्थिक वर्ष ०७४/०७५ मा लैंगिक  हिंसाका १५ र घरेलु हिंसाका १ सय १७ समेत १ सय ३२ उजुरी परेका थिए। ९७ वटा उजुरीमा मिलापत्र गराइएको थियो र ३१ वटा उजुरीलाई  सम्बन्धविच्छेदका लागि अदालत पठाइएको थियो। सो वर्ष ४ वटा उजुरी बारेमा छिनोफानो हुन बाँकी थियो। 

आर्थिक वर्ष २०७५/०७६ मा महिला बालबालिका तथा  जेष्ठ नागरिक सेलमा लैंगिक हिंसाका ९१ वटा र घरेलु हिंसाका २२ वटा गरि कुल ११३ उजुरी परे। ८६ वटा उजुरी मिलापत्रमा टुंगिए। १२ उजुरी सम्बन्धविच्छेदका लागि अदालत गए। १५ उजुरी छिनोफानो गर्न बाँकी थिए। 

उक्त वर्ष सेलले चालु आर्थिक वर्षको ६ महिनामा यो संख्या ५३ पुगिसकेको छ। घरेलु हिंसाका ५०  र लैंगिक हिंसाका ३ उजुरी दर्ता भई ३५ वटा मिलापत्र भईसकेका छन् भने १० वटा उजुरी सम्बन्धविच्छेदका लागि अदालत पठाइएका छन्। चालु आर्थिक वर्षमा ८ वटा उजुरी  फस्र्योट गर्न बाँकी छन्। 

Xtrem

Xtrem

मानव अधिकारकर्मी खेम बुढामगर न्यायिक समितिप्रति जनताको आकर्षण घट्नमा धेरै कारण जिम्मेवार ठान्छन्। उनका अनुसार न्यायिक समिति   व्यवसायिक नहुनु, लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधि नभएकाले  प्रहरीमा उजुरी गर्ने चलन हुनु, न्यायिक समितिले सम्पादन गर्ने कामको बारेमा जनतामा जानकारी कम हुनुजस्ता कारण छन्। जात, धर्म, विचार, नाता सम्बन्धलगायतका आधारमा होइन  प्रमाणका आधारमा फैसला वा मिलापत्र गर्ने चलन  भए  न्यायिक समितिप्रति जनताको विश्वास बढ्ने बुढाले बताए। 

न्यायिक समितिको पूर्ण बेञ्चबाट सामूहिक निर्णय गर्नुपर्ने व्यवस्था  छ। न्याय र कानुनका मूल्य मान्यता, प्राकृतिक न्यायको सिद्धान्त र सुनुवाइको मान्यता न्याय सम्पादनमा अनिवार्य पालना गर्नुपर्ने शर्त हुन्। कानुन र न्यायसम्बन्धी ज्ञान कम भएकाले स्थानीय सरकारका न्यायिक समितिलाई कार्यसम्पादन गर्न समस्या परेको छ। विवाद मिलाउने बेलामा को कुन दलको हो भन्ने कुराले पनि असर पारेको गुनासो पनि सुनिन्छ। तर रोल्पा नगरपालिकाकी उपप्रमुख मनकुमारी घर्ती न्याय सम्पादन गर्दा दलीय घेराभन्दा माथि उठ्ने गरेको बताउँछिन्। हाम्रो नजरमा सबै नागरिक समान भएकाले आफूले दलीय आधारमा भेदभाव नगर्ने उनले बताइन्।  

प्रहरीमा सुरक्षाको समेत प्रत्याभूति हुने भएकाले त्यता आकर्षण बढेको हुनसक्ने घर्तीले बताइन्। ‘स्थानीय सरकारले समेत सुरक्षा दिन्छ भन्ने जनविश्वास भए बिस्तारै आकर्षण बढ्न सक्छ,’ उनले भनिन्। उजुरीको संख्या कम भए पनि वर्षौं मिल्न नसकेका कैयौं उजुरीसमेत मिलापत्र गर्न सफल भएको पनि उनले बताइन्।

महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यका अनुसार माओवादी सशस्त्रयुद्धका बेला अन्तरजातीय विवाह गरेका श्रीमान–श्रीमतीबीच मनमुटाव भएका मुद्दा पनि न्यायिक समितिमा आउने गरेका छन्। जिल्ला अदालत रोल्पामा मेलमिलापकर्ताको भूमिकासमेत निर्वाह गर्ने आचार्यका अनुसार त्यस्ता मुद्धामा स्थानीय न्यायिक समितिले राजनैतिक पूर्वाग्रह त्यागेर  निष्पक्ष न्याय दिनु पर्छ। 

सम्भव भए हरेक वडामा र नभए पायक पर्ने स्थान मिलाएर मेलमिलाप केन्द्र स्थापना गर्न पाए विवाद निरुपणका काम अझ सहज हुने कुरा न्यायिक समितिका संयोजकहरूले बताए। कतिपय विवाद गाउँमै मिलाउन सकिने खालका भए पनि गाउँपालिका वा नगरपालिकासम्म आउँदा दुवै पक्षले अनाहकमा दुःख पाउनु परेको उनीहरूले बताएका छन्।

कस्तो विवाद न्यायिक समितिले फैसला गर्न सक्छ?
नेपालको संविधानको धारा २१७ मा आफ्नो क्षेत्राधिकारभित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकामा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारको न्यायिक अधिकार र क्षेत्राधिकारको व्यवस्था गरेको छ। सो ऐनअनुसार स्थानीय तहलाई सामान्य प्रकृतिका मुद्दा फैसला गर्ने र केही विवादमा मेलमिलापमात्र गराउन पाउने गरि दुई किसिमको क्षेत्राधिकार दिएको छ।

आलीधुर, बाँधपैनी, कुलो वा पानीघाट बाँडफाँड तथा उपभोग, अर्काको बाली नोक्सानी गरेको, चरन, घाँस, ज्यालामजदूरी नदिएको, घरपालुवा पशुपंछी हराएको वा चोरेको, जेष्ठ नागरिक पालनपोषण तथा हेरचाह नगरेको, नाबालक छोराछोरी वा पति पत्नीलाई खानलाउन वा शिक्षादीक्षा नदिएको, अन्य व्यक्तिको घरजग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुखबिरुवा लगाएको जस्ता विवाद निरुपण गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ। 

आफ्नो घर वा बलेसीबाट अर्काको घरजग्गा वा सार्वजनिक बाटोमा पानी झारेको, सँधियारको जग्गाछेउ झ्याल राखी बनाउनु पर्दा कानुनबमोजिम छोड्नु पर्ने जग्गा नछोडी घर बनाएको, कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वकालदेखि सार्वजनिक रुपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाउ निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर पोखरी, पाटी पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा वाधा पु¥याएको जस्ता समान्य प्रकृतिका पारिवार, समाज तथा छरछिमेकमा पर्ने विवाद निरुपणको जिम्मा पनि स्थानीय तहको न्यायिक समितिलाई दिइएको छ। 

यस्ता विवादमा न्यायिक समितिले फैसला नै गर्नसक्छ। तर सम्भव भएसम्म मेलमिलापका लागि प्रयास गर्नुपर्नेमा कानुनले जोड दिएको  छ। 

एउटा व्यक्तिको जग्गा अर्काले च्यापी, मिचि वा घुसाई खाएको, आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको, सम्बन्धविच्छेद, अंगभंगबाहेक बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट, गाली बेइज्जती, लुटपिट, पशुपंक्षी छाडेको वा पाल्दा लापरवाही गरी अरुलाई असर पारेका मुद्दामा न्यायीक समितिले मेलमिलाप मात्र गराउन पाउने प्रावधान छ। 

यसबाहेक अरुको आवासमा अनधिकृत प्रवेश गरेको, अर्काको हकभोग रहेको जग्गामा आबाद वा भोगचलन गरेको, ध्वनी प्रदुषण वा फोहोरमैला फ्याँकी छिमेकीलाई असर पारेको र प्रचलित कानुनबमोजिम मेलमिलाप हुन सक्ने व्यक्तिवादी भई दायर हुने देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी विवादमा न्यायिक समितिले मेलमिलाप गराउन पाउँछ। यी विवादमा न्यायिक समितिले फैसला गर्न भने पाउँदैन। यस्ता प्रकृतिका विवाद न्यायिक समितिले किनारा लाउन नसकेको तीन महिनाभित्र अदालत पठाउनुपर्छ। 
 

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  ०६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्