न्युयोर्क– ‘मेकअप मुगल’ केली जेनर २० वर्षको उमेरमा गर्भवती भएको समाचार बाहिरिएसँगै उनको बच्चाको बुवालाई लिएर विवाद सुरु भएको छ। चर्चित मोडल किम कार्डासियनको पारिवारिक नातेदार रहेकी जेनरले आउँदो फेब्रुअरीमा बच्चालाई जन्म दिने अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।
उनी गत अप्रिलदेखि र्यापर ट्राभेस स्कटसँग सम्बन्धमा थिइन्। बच्चा उनकै भएको बताइएको छ। तर, पूर्व प्रेमी तियागाले जेनरको बच्चा अरुको नभई आफ्नो भएको दावी गरेका छन्। २७ वर्षीय तियागासँग जेनरको लामो सम्बन्ध थियो। उनीहरु २०१५ देखि नै संगै देखिदै आएका थिए। त्यतिबेला जेनरको उमेर १८ वर्ष थियो। जेनर आमा बन्ने खबर बाहिरिएपछि तियागाले सोशल साइट ‘स्न्याप च्याट’ मा आफू बच्चाको बुवा भएको दावी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।