पेरिस– फेसन आइकन जियानी भर्सेजको निधन भएको २० वर्ष पूरा भइसकेको छ। यस अवधिमा अन्तर्राष्ट्रिय ब्रान्ड भर्सेजले थुप्रै आधुनिक लुगा बजारमा ल्याइसकेको छ। दुई दशकअघि जियानीले कुनै ब्रान्ड प्रमोसन गर्दा चर्चित मोडलहरु एकै पल्ट र्याम्पमा उत्रिने गर्थे। तर, १९९७ मा उनको निधनपछि विश्व चर्चित सुपर मोडलहरु एउटै कार्यक्रममा जुट्न धेरै गाह्रो पर्दै आइरहेको थियो।
यसपालि भने विश्व चर्चित सुपर मोडलहरुले एकै ठाउँमा जम्मा भएर आफ्ना फेसन आइकन जियानीलाई श्रद्धाञ्जली दिए। शुक्रबार इटालीमा सुरु भएको मिलान फेसन विकमा ९० को दशकका चर्चित मोडलहरु कार्ला ब्रुनी, क्लाडिया सिफर, नोअमी क्याम्पबेल, सिन्डी क्राफोर्ड र हेलिना क्रिस्टिनसेन एकै पल्ट र्याम्पमा देखा परे। जियानीकी बहिनी डोनाटेलाले आफ्नो भाइलाई यो अवसरमा सम्झेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।