नयाँ दिल्ली– कुनै बेला मोडल रहेकी अभिनेत्री मलाइका अरोरा एउटा टेलिभिजन रियालिटी शोमा देखा पर्ने भएकी छिन्। एमटिभीले आयोजना गर्न लागेको ‘इन्डियाज नेक्स्ट टप मोडल’ को तेस्रो सिजनमा उनी निर्णायक बन्ने भएकी हुन्।
उनले आफू पनि मोडल भएको नाताले प्रतियोगीहरुलाई न्याय गर्न सक्ने दाबी गरिन् । समाचार एजेन्सी आइएएनएसलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘निर्णायकको भूमिकामा थुप्रै मापदण्डमा निर्णय गर्नुपर्ने हुन्छ। त्यसलाई पूर्ण न्याय दिनेछु।’
मलाइकाले विभिन्न फिल्ममा थुप्रै आइटम नम्बर गरेकी छिन् । उनले भनिन्, ‘हामीले सौन्दर्य मात्र होइन, अभिव्यक्तिको मुख्य पक्षलाई पनि नियाल्नुपर्ने हुन्छ।’
अमेरिकी नेक्स्ट टप मोडलको इन्डियन भर्जनमा आउन लागेको यो शोमा सेलिब्रिटी फोटोग्राफर डब्बु रत्नानी पनि निर्णायकको भूमिकामा देखा पर्दै छन्।
मलाइकाले आफ्नो करिअरको सुरुवात एमटिभीको भिजेबाटै गरेकी थिइन् । उनी सन् १९९८ मा ‘छैया छैया’ गीतमा देखिएपछि चर्चित बनेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।