• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पिपिएलमा शरद : सफल कप्तानको पहिलो असफलता

64x64
ऋग्वेद शर्मा सोमबार, पुस ७, २०७६  १६:५७
1140x725

पोखरा- ‘यो एउटा मात्र त्यस्तो प्रतियोगिता हो जहाँ हाम्रो ब्याटिङ, बलिङ, फिल्डिङ केही पनि चलेन’ शरद भेषावकरको यो निराश भनाइले धेरै कुरा बोल्छ। किनभने शरदले क्रिकेटमा सफल कप्तानका रुपमा बनाएको छबी यसपटक धुमिलियो। 

हुन पनि नेपाली फेन्चाइज टी ट्वान्टीमा शरदले कप्तानी गरेका टिम फाइनलसम्म नपुगेको यसैपटक दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) मा मात्रै हो। त्यसअघि उनले कप्तानी गरेको टिम ६ प्रतियोगितामा ५ पटक त फाइनल पुगेको थियो भने २ उपाधि नै जितेको थियो। 

एभरेस्ट प्रिमियर लिग (इपिएल) हुँदै धनगढी प्रिमियर लिग (डिपिएल) र पिपिएलसम्म शरदको कप्तानी यसअघि निकै फापेको थियो। तर, शरदकै कप्तानीमा पहिलो पिपिएल जितेको पोखरा पल्टन यसपटक दोस्रो पिपिएलमा लिग चरणबाट नै बाहिरियो।  

पहिलो इपिएलमा शरदको कप्तानीमा रहेको पञ्चकन्या तेजले फाइनलमा कलर्स एक्स फ्याक्टर्सलाई हराएर उपाधि जितेको थियो। दोस्रो इपिएलमा शरदको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्स विराटनगर वारियर्ससँग फाइनलमा हारेको थियो। तेस्रो इपिएलको फाइनलमा ललितपुर प्याट्रियोट्ससँग शरदको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्स हारेको थियो। 

यस्तै पहिलो डिपिएलमा नखेले पनि दोस्रो डिपिएलमा शरदको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेड फाइनलमा सिवाईसी अत्तरीयासँग हारेको थियो।

शरदको यस्तै सफलताहरु देखेरै हुनुपर्छ दोस्रो सिजनको पिपिएल क्रिकेट सुरु हुनै लाग्दा बलियो टिमबारे आँकलन भइरहेको थियो। जसमा अगाडि आएको दुई नाम हो– चितवन राइनोज र पोखरा पल्टन। चितवनलाई नै फाइनलमा हराएर पोखराले पहिलो पिपिएलको उपाधि पनि जितेको थियो। 

पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज लिग चरणका चार खेलेर जितेर शीर्ष स्थानमा छ। चितवनले मंगबलार काठमाडौं गोल्डेन वारियर्ससँग लिगको अन्तिम खेल खेल्दै छ। तर नेपाली फ्रेन्चाइज क्रिकेट लिगका सफल कप्तान शरद भेषावकरको कप्तानीमा रहेको पोखरा पल्टन भने यसपटक कमजोर देखियो। 

Ncell 2
Ncell 2
nimb
nimb

गएको पहिलो पिपिएल जित्न सफल भेषावकर कप्तानीको पोखराले यसपटक पहिलो खेलमा काठमाडौंलाई ९ विकेटले हराए पनि त्यसपछिका चार खेल हार्दै लिग चरणबाट नै बाहिरियो।

यो हारलाई शरदले टिम ब्यवस्थापन र आफूहरुको तयारीमा देखिएको कमिसँग जोडे। ‘सुरुदेखि योजनाहरु राम्रो भएन। हामीले जो विदेशी खेलाडीहरु खोजेका थियौँ उनीहरु अन्तिम समयमा आउन सकेनन्।

त्यसैले अरु खेलाडीहरु बोलाउन पर्ने भयो। त्यसले अन्तिम समयमा राम्रो खेलाडी ल्याउन पनि सकेनौँ। टिम पनि सन्तुलित हुन सकेन’ अन्तिम खेलमा धनगढीसँग ५ विकेटको हारपछि शरदले भने। 

शरदले विदेशी खेलाडी सोचेअनुसार हुन नसकेको बताइरहँदा उनको आफ्नै प्रदर्शन पनि प्रतियोगितामा राम्रो रहेन। ५ खेलमा उनले ९३.३३ को स्ट्राइक रेटमा ५६ रन मात्रै बनाए। 

Xtrem

Xtrem

पहिलो खेलमा काठमाडौंविरुद्ध १ ओभर बलिङ गरेका उनले १८ रन खर्चिएर विकेटविहीन भए। ब्याटिङमा उनी आउनुअघि नै पोखराले जित निकाल्यो। दोस्रो खेलमा चितवनसँग ६ विकेट हार्दा शरदले ३९ बलमा ४५ रन हानेका थिए। उनको ब्याट चलेको चितवनविरुद्धको खेलमा मात्रै थियो। 

तेस्रो खेलमा विराटनगरसँग ४५ रनले हार्दा शरदले शून्यमै आउट भएका थिए। बलिङतर्फ दुई ओभरमा १६ रन खर्चेर दुई विकेट लिएका थिए। चोथो खेलमा बुटवलसँग ८ विकेटले हार्दा शरदले १४ बलमा ७ रन मात्रै बनाएका थिए। अन्तिम खेलमा धनगढीसँग ५ विकेटले हार्दा तीन बलको सामना गरेका शरद चार रनमा हिटविकेट हुन पुगे। 

‘आजको खेलमा हामीले रन रेट राम्रो बनाउनु थियो। त्यसैले ब्याटिङ पहिले गरेर राम्रो रन जोड्नुको विकल्प थिएन। त्यसैले टस जितेर पहिले ब्याटिङ नै रोज्यौँ। दुई सय रन बनाउने सोचका साथ खेलेका थियौँ। तर सजिलो भएन, विकेटहरु छिटो छिटो नै गयो’ खेलपछि शरदले भने। 

यसपटक आफूहरु कमजोर भए पनि अर्को पटक सुधार गरेर राम्रो गर्ने योजना सुनाइरहँदा शरदले नेपाली फेन्चाइज क्रिकेट प्रतियोगिता हुनुपर्ने शैलीमा नभएको तर्फ पनि संकेत गरे। 

‘पहिले पनि हामीले नेपाली क्रिकेटमा व्यवस्थापन राम्रो नुहँदा टिमको खेलमा असर पर्न सक्छ भनिरहेका हौं, सबै कुरा जोडिएर नै आउँछ। आउने दिनहरुमा राम्रो होस् भन्ने आश राखौँ’ उनले भने, ‘गल्तीहरुलाई स्वीकार गरेर सबै मिलेर सुधार गर्दै जानुको विकल्प छैन। टी ट्वान्टीले मात्र हाम्रो देशको क्रिकेट चाहिँ सुध्रदैँन। अझ लामो फम्र्याटका खेलहरु हुन जरुरी नै छ।’

क्रिकेट जस्तो अनिश्चितताको खेलमा सधैँ फाइनलसम्म पुग्न नसके पनि हारबाट सिक्नुपर्ने कुरा यसपटक सिक्न पाएको शरदको भनाइ छ। 

अन्तिम खेलपछि शरदले अरु के भने?
आजको खेलमा हामीले रन रेट राम्रो बनाउनु थियो। त्यसैले ब्याटिङ पहिले गरेर राम्रो रन जोड्नुको विकल्प थिएन। त्यसैले टस जितेर पहिले ब्याटिङ नै रोज्यौँ। दुई सय रन बनाउने सोचका साथ खेलेका थियौँ। तर सजिलो भएन, विकेटहरु छिटो छिटो नै गयो। 

पहिलो खेल जितेपछि जसरी अरु खेल खेल्यौँ हामी प्ले अफमा पुग्नका लागि योग्य नै थिएनौँ। यो एउटा मात्र त्यस्तो प्रतियोगिता हो जहाँ हाम्रो ब्याटिङ, फिल्डिङ केही पनि चलेन। मेहनत गरेर अर्को वर्ष चाहिँ राम्रो टिम बनाएर आउनुपर्छ।

यो प्रतियोगिता मेरो लागि सिक्ने मौका हो। के नराम्रो भएको छ त्यो कुराहरुमा सुधार गर्नुपर्छ। अफ द फिल्ड पनि धेरै इस्युहरु भयो यसपटक त्यही कुरा मैदानमा पनि देखियो। सबैको लागि केही सिक्ने अवसर हो।

हरेक प्रतियोगिताको फाइनलमा पुग्न पनि सकिँदैन। टी ट्वान्टी खेल नै अनुमान भन्दा बाहिर भइदिने प्रतियोगिता हो, त्यसैले म केही कुरा सिक्न पाएकोमा नै सकारात्मक छु। हार्दा कस्तो हुने रहेछ, के के कुरा बुझिने रहेछ भन्ने मैले सिक्न पाएको छु। 

पहिलो सिजनको विजेता भनेर त्यस्तो दबाब त थिएन। हरेक खेल नै जित्नका लागि खेल्ने हो। त्यो प्रेसर सोचेर भन्दा पनि खेलाडी भएपछि हरेक खेललाई शतप्रतिशत मेहनत गरेर नै खेल्ने हो। यो प्रतियोगितामा जसरी खेल्यौँ हामी अगाडि बढ्न योग्य भएनौँ। 

सुरुदेखि योजनाहरु राम्रो भएन। हामीले जो विदेशी खेलाडीहरु खोजेका थियौँ उनीहरु अन्तिम समयमा आउन सकेनन्। त्यसैले अरु खेलाडीहरु बोलाउन पर्ने भयो। त्यसले अन्तिम समयमा राम्रो खेलाडी ल्याउन पनि सकेनौँ। टिम पनि सन्तुलित हुन सकेन। 

टिम ब्यबस्थापनमा व्यावसायिकता देखिएन। खेलाडीलाई हुनुपर्ने व्यवस्थाहरु राम्रो भएन। खेलाडीहरुसँग कुनै सम्झौता पनि भएको थिएन। पहिलेको विजेता टिम हामी प्रतियोगिता अघि ब्यवस्थापनले राम्ररी कुराकानी पनि गरेको थिएन। विजेता टिमका लागि त्यस्तो वातावरण चित्तबुझ्ने कुरा नै होइन। 

खेलाडीलाई खेलिराख्न सहज वातावरण बनाउने यस्तै खाले प्रतियोगिताले हो। जे कमि कमजोरी भए पनि प्रतियोगिता भइरहेका छन्। खेलाडीले खेल्न पाइरहेका छन्, त्यो महत्वपूर्ण नै छ। गल्तीहरुलाई स्वीकार गरेर सबै मिलेर सुधार गर्दै जानुको विकल्प छैन। टी ट्वान्टीले मात्र हाम्रो देशको क्रिकेट चाहिँ सुध्रदैँन। अझ लामो फम्र्याटका खेलहरु हुन जरुरी नै छ। 

सबै कुरा एकअर्कासँग सम्बन्धित हुन्छन् नै। पहिले पनि हामीले नेपाली क्रिकेटमा व्यवस्थापन राम्रो नुहँदा टिमको खेलमा असर पर्न सक्छ भनिरहेका हौं, सबै कुरा जोडिएर नै आउँछ। आउने दिनहरुमा राम्रो होस् भन्ने आश राखौँ। 

प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्