• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अभिनयमा ‘डार्लिङ एक्टर’ बन्ने कि आफूलाई अभिव्यक्त गर्ने?

64x64
नेपाल लाइभ शनिबार, असोज ७, २०७४  १४:१७
1140x725

पाँच वर्षअघि झम्सिखेलको अभिनय प्रशिक्षण थलो एक्टर्स स्टुडियो पुग्दा सूचनापाटीमा एउटा लेखको पेपर कटिङ टाँसिएको थियो। जसको शीर्षक थियो- ‘अभिनय सिक्नुपर्ने विधा हो’।

यद्यपि अभिनेता, निर्देशक अनुप बरालको लेखको यो शीर्ष-विषयमाथि अहिले पनि बहस र विमर्श उस्तै छ।

एउटा सूचनापाटी, पेपर कटिङ र एउटा शीर्षकले नै हो मलाई भड्काएको। अनि भड्केको आत्माले एउटा बाटो समातेको। तर म यहाँ भड्केको आत्मा र त्यसको सन्तुलनको अनूभूति होइन अभिनय इतिहासलाई सम्झन खोजेको छु।

अभिनय कक्षामा विद्यार्थीको चाप बढ्दो छ। ‘अभिनय सिकिने सिप हो या जन्मजात लिएर आउने गुण हो, जो सिकिरहनु जरुरी छैन’ भन्नेमा सार्वजनिक बहस नदेखिए पनि कलाकार र कला पारखीबीच भने छलफल भइरहेको हुन्छ। 

फर्केर हेर्दा
ईसापूर्व ४५० तिरको ग्रिस (जहाँबा नाट्य परम्पराको विकास भएको मानिन्छ) मा ग्रिक सरकारले अभिनेतामा हुनुपर्ने क्षमता तय गरेको थियो। गाउन र नाच्न सक्नुपर्ने, दरिलो आवाजसहित त्यसलाई खेलाउन जान्नुपर्ने, भावस्थिति (मुड) मा बस्न सक्नुपर्ने र चरित्र निर्माण गर्न सक्नुपर्ने थिए मापदण्ड थिए त्यहाँ। यी सक्षमताले भरिएका कलाकारहरु नाटकका लागि शासक वा सरकारद्वारा नै छानिने नियम थियो। 

यता पूर्वीय इतिहासमा ईसापूर्व २०० तिर भरतमुनि ऋषिले नाट्य भाव र तत्वहरु प्रस्ट उल्लेख गरी ‘भरत नाट्यम’ शास्त्रीय किताब लेखेको पाइन्छ। जसमा आङ्गीक (शरीर), वाचिक (आवाज), सात्विक (भावना) र आहार्य (शृंगार) लाई आधारभूत आवश्यकताका रुपमा उल्लेख गरिएको छ। यिनै भरतमुनिले ‘नवरस’ अर्थात् ९ वटा भावको उल्लेख गरेका छन्। नवरस हाम्रोमा प्रशिक्षण कक्षामा सिकाइने महत्वपूर्ण पाठमध्ये एक हो। यद्यपि पश्चिमी अभ्यासमा ६ वटा मात्र भावको चर्चा हुने गरेको छ।

नाटकको विकास र अभ्यासका विशेष इतिहास बोकेको रोममा नाटकले यति व्यापकता र सफलता पायो कि जसबाट राज्य सत्ता नै अत्तालिएको इतिहास छ। सन् ७०० तिर आइपुग्दा क्रिश्चियन धर्मगुरुहरुले नाटक र अभिनयलाई पापको संज्ञा दिए। फलस्वरुप उनीहरुले नाट्यशालाहरु बन्द गरे र नाट्य गतिविधिलाई प्रतिबन्ध लगाए। जसकारण छैटौं शताब्दीदेखि १५ औं शताब्दीसम्मको कालखण्डलाई रंगमञ्चको कालो समय मानिन्छ। यकिन समय नभए पनि १६ औं शताब्दीको अन्ततिर भने अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयले रंगमञ्चको अध्यापन नै गराउन थालेको भन्ने विश्वास छ।

मैले यहाँ रंगमञ्च भन्नुको कारण, अभिनयबाट नै नाटक र रंगमञ्चको विकास भएकोमा सन्देह छैन। रंगमञ्चमा अभिनय एक अकाट्य विधा र पाटो हो। अभिनय र रंगमञ्च आफैमा सापेक्ष छन्।

Ncell 2
Ncell 2
nimb
nimb

१७ औं शताब्दीमा शेक्सपियरको मेलोड्रामा नयाँ आयाम थप्दै लोकप्रिय भएको थियो। नाट्य विकासको कालखण्ड अनुसार पूर्वकाल (सोफोक्लेस) देखि नै नाटक काव्यिक शैलीमा लेखिन्थ्यो। त्यतिबेला नाटक घामको उज्यालोमा अर्थात् दिनमा खुला मञ्चमा मञ्चन हुने गर्थ्यो। परपरका मानिसहरुले पनि देखून्, सुनून् र बुझून् भनेर अभिनयको शैली ‘लार्जर देन लाइफ’ हुने गर्थ्यो। ताकि नाटक लेखनको शैलीले पनि अभिनयको शैलीको निर्माण गर्छ। त्यही लेखनको शैलीले र परिस्थितिले पनि अभिनय यथार्थभन्दा ठूलो हुने गर्थ्यो।

स्लावस्की र यथार्थवादी आधुनिक शैली
इमिटेसन अर्थात् नक्कल गर्ने परम्पराबाट सुरु भएको हो अभिनय परम्परा। नाटक लेखन हुँदै खुला रंगमञ्चदेखि बन्द रंगमञ्चसम्म र घामको उज्यालोमा मात्र देखाइने नाटक अँध्यारोमा अनेकौं प्रकाशको प्रयोगसम्म आइपुगेको छ। हजारौं दर्शकबाट अहिले सयभन्दा कममा पनि देखाइने भएको छ। सयौं कलाकारले देखाउने नाटक अहिले एक कलाकारसम्म झरेको छ। यसरी नै अभिनयको शैलीमा पनि धेरै परिवर्तन र अभ्यासहरु भई नै रहेका छन्।

पछिल्लो समय १९औँ शताब्दीको अन्त्यतिरबाट उदाएका रुसी अभिनेता/निर्देशक तथा आधुनिक अभिनयका पिता मानिने कोन्सटेनटिन स्टानिस स्लावस्की (सन् १८६३–१९३८) ले आविष्कार गरेका अभिनयको शैलीलाई पछ्याउनेहरु लगभग विश्वभरि नै अत्यन्त धेरै छन्। जीवनको उत्तरार्द्धमा उनले अभिनयको तत्व र प्रक्रियाबारे विस्तृतमा किताब लेखेका थिए। सायद उनी नै अभिनयको तौरतरिकाबारे लिपिबद्ध गर्ने पहिलो लेखक, निर्देशक थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रुसी क्रान्तिपश्चात् सन् १९१७ मा रिचार्ड बोलेस्लविस्की देश छाडेर अमेरिका पुगेपछि उनले अमेरिकामै अभिनय सिकाउन थाले। सन् १९२० मा स्लावस्कीका विद्यार्थी उनले अमेरिकन ल्याब्रोटरी थिएटर स्कुल खोले जहाँबाट लि स्टार्सबर्ग, स्टेला एडलर, स्यानफर्ड माइजनरहरुले आफ्नो यात्रा सुरु गरेका थिए। 

खुलाबाट बन्द अनि धेरै दर्शकबाट कम दर्शक सम्म रंगमञ्चले गरेको यात्राले पनि आधुनिक शैलीलाई सिक्नु र अभ्यास गर्नुपर्ने परिस्थितिको जन्म लिएको हनुपर्छ। यो शैली जीवन र यथार्थसँग नजिक रहेर अभ्यास गरिन्छ।

बढी नाटकीय हुने मेलोड्रामाभन्दा फरक आएको यो आधुनिक शैली बढि यथार्थपरक हुने भएकोले सिनेमाका कलाकारहरुले ज्यादा प्रयोग गर्न थाले। समयक्रममा जीवनसँग नजिक हुने अभिनय आवश्यकता हँदा रंगमञ्च हुँदै सिनेमामा यस शैलीमा अभिनेताहरुले आफूलाई प्रस्तुत गर्दै आएका छन्। सिनेमाको विकास र स्लावस्कीको अभिनय शैली लगभग एकै समयमा भएको देखिन्छ।

यही शैलीबाट चर्चित अभिनेताहरु धेरैका रोलमोडेल हुन्। मार्लोन ब्रान्डो, रोबोर्ट डिनेरियो, अल्पाचिनोदेखि नासुरुद्दिन शाह, सुनिल पोखरेल अनि अनुप बराल र उनका चेलासम्म। 

अध्ययनको विषय
अहिलेको विश्वमा अभिनय एक महँगो विषयका रुपमा स्थापित हुँदै एक उत्कृष्ट पेसाका रुपमा दरिएको छ। अभिनय कलालाई धेरै विश्वविद्यालयहरुले अध्ययन–अध्यापन गराउँछन्। तर नेपालमा अझै पनि यसलाई पढिनुपर्ने र पढाइनुपर्ने नजरले हेरेको पाइन्न। त्यसैले पनि मनिसहरुले अभिनयलाई पृथक् र स्वतन्त्र व्यावसायिक कामको रुपमा हेर्न सकिरहेको अवस्था छैन।

हाम्रोमा अभिनयमा रम्नेलाई ‘अभिनय त गर्छस्, काम चाहिँ के गर्छस् ?’ भनेर सोधिन्छ। कसैले अभिनेता बन्ने सपना खुलेर देख्नसक्ने वातावरण हाम्रो समाजमा अझै छैन। यद्यपि लालितकला, संगीत, र नृत्य विधामा भने केही हदसम्म औपचारिक शिक्षाको विकास र अभ्यास नेपालमै पनि भइरहेका छन्। 

ओस्कार कलेज अफ फिल्म स्टडिजको स्थापनासँगै स्नातक तहमा अभिनय पढाइको सुरुवात भएको केही वर्ष भए पनि उत्कृष्ट अभिनेता आजसम्म ननिस्कनु तितो यथार्थ हो। कलेज स्थापित भए पनि अभिनय मेहनती र अनुभवी शिक्षकद्वारा पढाइनुपर्ने संवेदनशील विषय हो भन्ने अझै पनि स्थापित हुन सकेको छैन।

एक-दुई नाटकमा काम गरेर वा केही सामान्य प्रशिक्षणको आधारमा अभिनयको गुरु बन्ने परम्पराले पनि यस क्षेत्रमा नकारात्मक असर गरेको छ। केही वर्षअघि नसुरुद्दिन शाहसँगको ‘अभिनयमा सत्यता’ प्रशिक्षण कर्यशालामा उनले भनेको सम्झन्छु, ‘खासमा स्कुल स्तरमा अभिनय पढाइरहेका काँचा शिक्षकहरुले पनि यो विषयमा राम्रो भन्दा नराम्रो असर गरेको छ।’ 

यस्तो कुराले नेपाल मात्र नभई अन्यत्र पनि उही समस्या रहेको प्रमाणित गर्छ। अभिनय पढिरहेका विद्यार्थीहरु अभिनय नै सिक्न भौंतारिइरहेको तथ्यले यो पुष्टि गर्छ। गणतन्त्र स्थापनासँगै अस्तित्वसहित विभाजित भएका प्रज्ञा प्रतिष्ठानहरुको पहल र प्रयास पनि उल्लेखनीय देखिँदैन। 

बढ्दो लहर
अभिनय सजिलो विधा हो भन्ने सोचको प्रतिकार गर्दै अभिनेता तथा निर्देशक अनुप बरालको भनाइ छ- ‘केही गर्न सकेन। यो कामचाहिँ गर्छ कि भनेर अभिभावकहरु आफ्ना सन्तान बोकेर आउँछन्। सबै क्षेत्रका कलाकारहरु मेहनत गर्छन्। गायक, वाद्यवादक, चित्रकार, मूर्तिकार, नृत्यकार,  हरेक दिन अभ्यास गर्छन्, आफूलाई घोटाइरहन्छन् तर अभिनेताहरुमा त्यस्तो छैन। केही समय सिक्न आउँछन् र पुगेको ठान्छन्। अभिनेताले पनि हरेक दिन आफूलाई प्रयोग गरिरहनुपर्छ। सबै सफल अभिनेताहरु सधैं सिकिरहन्छन्।’

पछिल्लो समय काठमाडौंमा अभिनय सिक्न नाटकघर जाने युवाहरु बढिरहेका छन्। तर यो राम्रो अभिनेता बन्ने इच्छाभन्दा पनि सिनेमामा छिर्ने बाटोमात्र भइदिएको छ। पछिल्लो समय नाटकबाट गएका कलाकारले सिनेमामा प्रभाव देखाएका छन्। उनीहरुले केकति मेहनत गरेर यो स्थानसम्म पुगे? यसबारे ख्याल नगर्नु अभिनयमा हुर्केका युवाहरुको मुर्खतासिवाय केही होइन। 

सिनेमामा अभिनय गर्नु र अभिनेता हुने इच्छा राख्नु आफैमा नराम्रो होइन तर यसलाई बुझ्ने इच्छा नराख्नु, यसको पछाडि आफूले गर्नुपर्ने अभ्यास र मेहनतको मूल्यांकन नगर्नु र सस्तो लोकप्रियताको पछि लाग्नु अभिनय इच्छा राख्नेहरुको खतराजन्य प्रवृति हो। 

मान्छेले कि पढेर, कि परेर सिक्छन्। पढ्नु या पर्नु मात्र पनि नभएर सिकेको र भोगेको कुरालाई जीवनमा कति प्रयोग गर्न सकेको छ भन्नेले भोलिको कामको निर्धारण गर्छ। अभिनयमा पनि देखाउने जीवनकै पाटाहरु हुन्। 

बुझ्ने जीवन नै हो, नबुझी सिक्न सकिँदैन।

‘डार्लिङ एक्टर’
अभिनय कुनै सूत्रबद्ध प्राविधिक शिक्षा होइन। अमेरिकी अभिनेत्री तथा प्रसिद्ध अभिनय शिक्षिका स्टला एडलरको भनाइ छ- ‘राम्रो मानव बन्ने प्रक्रिया र राम्रो अभिनेता बन्ने प्रक्रिया उस्तै हो। राम्रो अभिनेता बन्ने अभिलाषाभन्दा पहिले राम्रो मानिस बन्ने अभिलाषा हुनुपर्छ। कलाकारहरु प्रगतिशील सोच राख्ने भएकाले आफूलाई परिवर्तन र प्रयोग गरिरहनुपर्छ। म यो गर्दिनँ, यस्तो काम मैले गेरेकै छैन, मलाई यो सुहाउँदैन, मलाई यो मन पर्दैन, म यस्तो खालको मान्छे हो, यस्तो होइन भन्ने भ्रम पालेर आफूलाई एउटा परिधिभित्र राख्नेले अभिनय गर्न सक्दैन।’

निर्देशक बराल यसलाई प्रस्ट्याउँदै भन्नुहुन्छ- ‘त्यस्तो आफ्नो राम्रो चिज मात्र देखाउन खोज्नेलाई ‘डार्लिङ एक्टर’ भनिन्छ।’ 

के देखाउने, के नदेखाउने वैयत्तिक स्वतन्त्रता हो। तर जानेर बुझेर गरिने अभिनयले पार्ने प्रभाव अवश्य फरक हुन्छ। 

अन्त्यमा,
भारतका चर्चित अभिनेता नवाजुद्दिन सिद्दिकी भन्नुहुन्छ- ‘संसारमा तीन किसिमका अभिनेता हुन्छन्- राम्रा अभिनेता, नराम्रा अभिनेता र सलमान खान।’ 

(लेखक रंगमञ्चका अभिनेता/निर्देशक हुन्।) 

प्रकाशित मिति: शनिबार, असोज ७, २०७४  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्