नयाँ दिल्ली– बलिउडका कलाकार प्रेम चोपडा आज ८२ वर्ष पुगे । ५० वर्षभन्दा बढी फिल्मी करिअरमा व्यस्त रहेका चोपडाले ४ सयको हाराहारीमा काम गरेका छन् । हिन्दी फिल्ममा भिलेनको भूमिकामा स्थापित थोरै नाममध्ये चोपडा पनि पर्छन्।
उनले अभिनय गरेको फिल्म रिलिज हुनुभन्दा अगाडि नै दर्शकहरुको प्रतिक्रिया हुन्थ्यो- उनले अरुको घर बिगार्ने चेष्टा गर्नेछन् वा महिलासँग दुर्व्यहार गर्नेछन्।
पर्दाभित्र प्रेम चोपडाको इमेज त्यति राम्रो छैन । तर, निजी जीवनमा उनी फिल्मको पात्रभन्दा ३ सय ६० डिग्री फरक छन् । अर्थात् उनी शान्त स्वभावका छन्।
निजी जीवनमा कुनै पार्टी वा समारोहमा चोपडालाई देख्नेबित्तिकै धेरै मानिस आतंकित बन्ने गर्थे । र, आफ्नो श्रीमतीको विषयलाई लिएर सतर्कता अपनाउँथे । एकपल्ट चोपडाले अन्तर्वार्तामा भनेका थिए- ‘एकदिन म बुवासँग पार्कमा टहलिन गएको थिए । त्यतिबेला पार्कमा ठूलो हल्ला खल्ला भयो । मानिसहरु कराउन थाले र कतिले आफ्नी श्रीमतीलाई लुकाएका आग्रह गर्दै कराएका थिए– प्रेम चोपडा आए।’
चोपडा बलिउडमा सबैभन्दा बढी बलात्कारको सिन दिने भिलेन हुन् । एकपल्ट त एउटी हिरोइनले बलात्कारको सिन गरेपछि चोपडालाई झापड नै हानेकी थिइन।
हिन्दी फिलममा प्रेम चोपडाको सम्झनायोग्य थुप्रै संवाद छन् । छोटो संवाद हुने हुँदा धेरैलाई उनको संवाद याद हुने गर्छ । कल भला तो हो भला (राजाबाबु), नंगा नहाएगा क्या और निचोडेगा क्या (दुल्हे राजा), मै वो बला हुँ, जो शीशे से पत्थरको तोडता हुँ (सैतान), प्रेम नाम हे मेरा..प्रेम चोपडा (बबी) र मै जो आग लगाता हुँ उसे बुझाना भी जानता हुँ –कटी पतंग) जस्ता संवाद अहिले पनि धेरैको मुखमा बसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।